सम्बन्धित निकायको ध्यान नपुग्दा जिर्ण बन्दै कालीगण्डकी पुल

माघ ६, बेनि: म्याग्दी र पर्वत जोड्ने प्रमुख सडक र त्यसैमा बनेको कालीपुल, सम्बन्धित निकायको ध्यान नपुग्दा जिर्ण बन्दै गएको छ। कालीगण्डकी नदिमा बनेको उक्त पुल कोराला नाकासम्म पुग्ने राष्ट्रिय राजमार्गको प्रमुख द्वार पनि हो। 

दैनिक हजारौं सवारी आवत-जावत गर्ने उक्त पुलको पिल्लर बिगत  बर्षदेखि जिर्ण बनेको छ। नियमित मर्मत नहुदा पानीको बहाव ले भित्र प्रयोग भएका फलामे डन्डी देखिने गरि पिल्लर भत्किएको छ। दैनिक हिड्नुपर्ने उक्त ठाउँ पक्कैपनी स्थानिय प्रतिनिधिको नजरदेखि टाढा छैन। 

बजार संरक्षणका नाममा अरबौ बजेट सखाप पारेपनी अत्यावश्यक कुरामा कसैले चासो नदेखाएको प्रस्ट देखिन्छ। बिगत २-३ बर्षदेखि यो कुरा सामाजिक संजालमा छलफलको विषय बनेपनी मर्मत सम्भारका लागि आवस्यक पहल कसैले गरेका छैन्।

सम्बन्धित निकायको ध्यान नपुग्दा कालीगण्डकी पुल जिर्ण बन्दै

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url