अनेरास्ववियु गण्डकीमा प्रवीण श्रेष्ठ, अधिबेशनबाट प्रवक्ता पौडेल झनै शक्तिशाली

अनेरास्ववियु गण्डकीमा प्रवीण श्रेष्ठ, अधिबेशन बाट प्रवक्ता पौडेल झनै शक्तिशाली

अनेरास्ववियु गण्डकीमा प्रवीण श्रेष्ठ

पौष ७, पोखरा - अनेरास्ववियु गण्डकी प्रदेश अध्यक्षमा प्रवीण श्रेष्ठ निर्वाचित भएका छन् । पोखरामा आयोजित अधिवेशनबाट प्रवीण श्रेष्ठको अध्यक्षतामा ४८ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो। पृथ्वीनारायण क्याम्पसमा आयोजित अधिवेशनको शुक्रबार केन्द्रीय अध्यक्ष समिक बडालले उद्घाटन गरेका हुन्। अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट करिब ३ सय जना प्रतिनिधिले भाग लिएका थिए।

निर्वाचित प्रवीण श्रेष्ठ नेकपा एमालेको जनमत कमजोर भएको जिल्ला गोर्खा बाट उदाएका नेता हुन। उनि प्रकाश पौडेलका घनिष्ठ मित्र हुन भने सचिव सुरज सापकोटा उनका अत्यन्तै नजिकको बिश्वास पात्र मानिन्छन। यसबाट प्रकाश पौडेलको नेतृत्व अझै शक्तिशाली देखिएको छ। अनेरास्ववियु गोर्खा अध्यक्ष हुँदै अगाडि बडेका उनलाइ २०८४ को गोर्खा नगरपालिकाको मेयर को रुपमा चर्चा गर्ने गरिन्छ। सालिन स्वाभावका प्रबिण र आक्रामक प्रकाशको फ्युजननै शक्तिमा बदलिएको अनेरास्ववियु मुस्ताङका अध्यक्ष जीवन गोतामेले बताए

यस्तै, उपाध्यक्षमा विश्वदर्शन पराजुली (स्याङ्जा), सुसन घिमिरे (कास्की), सचिव सुरज सापकोटा  (नवलपुर), दुर्गानाथ लामिछाने (कास्की), कीर्ति भट्टारई (कास्क) अनिल कुवर , स्वीकार पोखरेल (स्याङ्जा) निर्वाचित भए । कोषाध्यक्षमा कास्कीका विक्रम क्षत्री निर्वाचित भएको अनेरास्ववियु केन्द्रीय कमिटी सचिव एवं प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

अनेरास्ववियु गण्डकी को अधिबेशन लाई नेकपा एमालेद्वारा सुस्म रुपबाट हेरिएको थियो। शक्ति संघर्षमा हिमाली जिल्ला म्याग्दी बाट उदाएका विद्यार्थी नेता, केन्द्रिय प्रबक्ता प्रकाश पौडेललाइ कमजोर देखाउन अनेक प्रयास भएको अधिबेशनमा सहभागी प्रतिनिधिले बताएका थिए। गण्डकी प्रदेशको केन्द्र कास्कीले बाहिरी जिल्ला बाट आउने नेतालाइ निषेध गर्ने पुरानो परम्परा जस्तै मानिन्छ।  गण्डकी बाट अर्का केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज आशिर्वाद सुबेदीले प्रकाश बिरोधि समुहको अगुवाई गरेका थिए। यस बारे हामिले पौडेललाई प्रश्न गर्दा सबै आफ्नै साथीहरू भएको र कसैको जित र हर नभएको प्रतिक्रिया दिए।

विद्यार्थी माझ लोकप्रिय प्रकाश गण्डकीमा एक्लै उभिदा पनि पार्टिमा नेताको नाममा बनेको गुटलाइ चुनौती दिने साहस राख्ने युवा नेताको रुपमा चिन्ने गरिन्छ। माधब नेपाल सहितको पार्टिमा दुई लाइन संघर्ष हुदा धौलागिरीमा केपी ओलिको समर्थनमा  विद्यार्थीको अवस्था शून्यजस्तै थियो। प्रकाशकै अगुवाईमा उक्त क्षेत्रमा यो समुह विद्यार्थीमा बिस्तार हुँदै शक्तिशाली बनेको थियो। २०६७ को जनपुरमा भएको अनेरास्ववियुको महाधिवेशनमा प्रकाश पौडेलले धौलागिरीको विद्यार्थी आन्दोलन जनताको बहुदलीय जनबादको दिशामा अगाडि बडेको भन्दै तत्कालीन शक्ति लाई चुनौती दिएका थिए। 

अनेरास्ववियु म्याग्दीको अध्यक्ष ,केन्द्रिय सदस्य ,प्रदेश संयोजक हुँदै केन्द्रिय सचिव बनेका प्रकाश आफुले पाएको जिम्मेवारी खरो रुपमा सफल बनाउन लाग्ने नेताको रुपमा चिनिन्छन। उनकै अगुवाइमा बिपत्तिमा सहरा विभेदमा बिद्रोह म अखिल कार्यक्रम देशब्यापी बिस्तार भएको छ। मणिपाल मेडिकल कलेजको आन्दोलन सफल भएसङ्गै माफियाहरुको भागाभाग भएको थियो प्रदेश सरकारको गलत कामको खबरदारी गर्ने कामको अगुवाईले उनको उचाई बढाएको थियो । 

अनेरास्ववियु गण्डकीमा प्रवीण श्रेष्ठ, अधिबेशन बाट प्रवक्ता पौडेल झनै शक्तिशाली

गण्डकी प्रदेशको प्रथम अधिबेशनले प्रकाशको आगामी महाधिवेशनमा  महासचिवको बाटो शक्तिशाली रुपमा खुल्ला गरेको गोर्खा अनेरास्ववियु अध्यक्ष प्रताप ढकालले बताउछन। पार्टी अध्यक्ष केपी ओलिको कडा समर्थन गर्ने पौडेलले ओलिबारे एक अन्तरबार्तामा केपी ओलि एक मानिस हुनुको साथै बिज्ञान भएको बताएका थिए।  उनि गण्डकी प्रदेश अनेरास्वविययूका सस्थापक संयोजक हुन उनको सुरुकै कार्यकाल अनेरास्ववियु गण्डकीको उत्कृष्ट कार्यकाल मानिन्छ अभियान र आन्दोलन सङ्गै सङ्ठन बिस्तारमा खेलेको भुमिका उत्कृष्ट हुँदै गएपछि प्रष्ट बक्ता प्रकाश पौडेल विद्यार्थी को प्रिय बनेको अनेरास्ववियु म्याग्दी अध्यक्ष मिलन खत्रीले बताए । 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url