रिजेन्ट स्कुलद्वारा शैक्षिक प्रदर्शनी तथा व्यापार सिकाइ मेलाको आयोजना

रिजेन्ट स्कुलद्वारा शैक्षिक प्रदर्शनी तथा व्यापार सिकाइ मेलाको आयोजना

पौष २३, ललितपुर

ललितपुर धापाखेलस्थित रिजेन्ट रिसिडेन्सियल स्कुलले बिद्यालयको वार्षिक कार्यतालिका अनुसार, विद्यार्थीले कक्षा कोठामा सिकेका कुराहरु परियोजनाकार्यको रुपमा प्रदर्शनी गर्ने 'बार्षिक शैक्षिक प्रदर्शनी तथा व्यापार सिकाइ मेला' को आयोजना गरेको थियो । नेपालका विभिन्न ठाउँहरु र जिल्लाहरुका नाममा राखिएका कक्षाकोठाका नाम र तिनै ठाउँका प्रचलित र प्रसिद्ध ठाउँ लगायत खानेकुरा, संस्कृति झल्काउने खालको प्रदर्शनीमा विद्यार्थीका सिर्जना र कलालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा विभिन्न संघसंस्था तथा बिद्यालयवाट पनि अवलोकन र भर्मण गरिएको थियो।

कला संस्कृति, बिज्ञान प्रबिधी, गणितीय परियोजना र भाषा साहित्य गरि प्रदर्शनी ५ ओटा क्षेत्रमा केन्दित रहेको बिद्यालय को-अर्डिनेटर रामजी आचार्यले जानकारी दिनुभयो। बिद्यालयमा संचालित रोबोटिक्स कक्षाबाट विद्यार्थीले विभिन्न विद्युतीय परियोजना तयार गरि प्रदर्शनीमा राखेका थिए ।

कार्यक्रममा कक्षा ३ का विद्यार्थीले कक्षाको बार्षिक परियोजना अन्तर्गतको ब्यापार मेला आयोजना गरेका थिए, जहाँ उनिहरुले विभिन्न फलफूल, तरकारी र कागजबाट निर्मित हस्तकलाका सजावट सामग्री बेचबिखन गरेका थिए। उक्त कर्यक्रमका लागि बिद्यार्थीले कक्षा भित्र र बहिर गरि लगभग १५ वटा कक्षामा सिकाइ, कृषि बजार तथा उत्पदन केन्द्र भ्रमण तथा अवलोकन गरेका थिए।

शिक्षकहरुको सहयोगमा बिद्यार्थीले, बिद्यालय लेखाशाखावाट आवश्यक बजेट लिएर उक्त मेला संचालन गरेका  थिए  भने उक्त मेलाको आय-व्यय विवरणसहित को बिग बुक तयार परिने जानाकारी मेलामा सहयोग गरिरहनुभएका एक शिक्षकले बताउनु भयो। उक्त मेलाबाट कक्षा ३ का विद्यार्थीले गणित , भाषा, सीप लगायत, अन्तर विषयक सिकाइमा सहयोग पुग्ने कुरा बिद्यालय शिक्षकहरुले बताउनुभयो।

बिद्यालयको उक्त कार्यक्रममा भुतपुर्व विद्यार्थी हरुको संस्था रिजेन्ट अलमुनाइका प्रतिनिधिहरुले विभिन्न खानेकुराहरुको स्टल संचालन गरेका थिए। उक्त स्टलबाट संकलित रकम छात्रवृत्ति प्रयोजनमा प्रयोग हुने कुरा संस्थाका सचिव, नियोन श्रेष्ठले बताइन् । यसैगरी रिजेन्ट स्कुलमा रहेको इन्ट्रयाक्ट क्लबले म:म को ब्यबस्थापन गरेको थियो, जहाँ  अभिभावक र विद्यार्थीले रमाउदै म:मको स्वाद लिएका थिए।

बिद्यालयको उक्त कार्यक्रममा विद्यार्थी र अभिभावक गरि लगभग १२०० जनाको उपस्थिति रहेको जानकारी बिद्यालय प्रशासनले दिएको छ। कार्यक्रममा उपस्थित अभिभावकले हरेक बर्ष आयोजना गर्ने उक्त कार्यक्रम एक उत्कृष्ट कार्यक्रम रहेको बताए । बिगतमा हुने स-साना कमीकमजोरीलाई सुधार गर्दै यसपटक बिद्यालयाले राम्रो ब्यबस्थापन सहित उत्कृष्ट कार्यक्रम गरेको, उक्त कार्यक्रममा उपस्थित एक अभिभावकले बताउँदै आफू सन्तुष्ट र खुसी भएको जानकारी दिनुभयो ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url