माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन - २०८०

माध्यमिक तह, शिक्षक परीक्षाको विज्ञापन - २०८०

शिक्षक सेवा आयोगको मिति २०८०/०९/०५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट‚ स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट मिति २०८०/०९/०८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । 

उम्मेदवाहहरूले आयोगको अनलाइन दरखास्त प्रणाली www.online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ । 

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np/डाउनलोड/सूचना/विज्ञापन Tab बाट प्राप्त गर्न र हेर्न सकिनेछ । 

शिक्षक सेवा आयोग


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url