रेलै सलल: मौलिक संगीतमा उत्कृष्ट लोक दोहोरी

रेलै सलल: मौलिक संगीतमा उत्कृष्ट लोक दोहोरी


रेलै सलल: मौलिक संगीतमा उत्कृष्ट लोक दोहोरी

भर्खर मात्र सार्वजनिक भएको रेलै सलल गीत परम्परागत संस्कृति झल्काउने भिडियो सहित बजारमा आएको छ। लाइभ दोहोरीमा चर्चित भइसकेको रेलै सलल बोलको गीत अहिले म्युजिक भिडियोको रुपमा सार्वजनिक भएपछि त्यसले सामाजिक सञ्जालमा निकै चर्चा कमाई रहेको छ । 

बालकुमार श्रेष्ठलेद्वारा शब्द संकलन गरिएको उक्त गीतमा रामेश्वर ढकालले संगीत संकलन गरेका छन् । माया गुरुङ, जमुना राना, सिता श्रेष्ठ, रबी कार्की, श्याम राना र स्वयं श्रेष्ठले स्वर दिएको गीतको संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । 

केसीले सिर्जना गरेको संगीत अहिले टिकटकमा सर्वाधिक रुचाइएको छ । घुम्ती घुम्ती रोड गीतमा जँडियाको आवाजमा गीत गाउँदै अभिनय गरेर ह्वात चर्चामा आएका म्याग्देली कमेडीयन तथा गायक कार्कीले यस गीतमा आवाजसहित डबल रोलमा अभिनय गरेका छन् । उनको अभिनयले यस गीतमा पनि विशेष आकर्षण पाएको छ भने गीतको म्युजिक भिडियो विष्णु शर्माको निर्देशन रहेको सो गीत इनेपाल रोधिघरले बजार व्यवस्थापन गरेको हो ।

कस्तो छ रेलै सलल ?

मौलिक संकृतिको झल्को दिने लोक दोहोरीमा परदेशी लाहुरेलाइ गाउमा गरिने स्वागत र बिदाइलाइ प्रमुख बिसयबस्तुको रुपमा प्रस्तुत गरिएको छ। लोकप्रिय लयमा मर्मस्पर्शी शब्द र बिसयाबस्तु लाइ लोक-दोहोरीको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा मगर तथा गुरुङ्ग पोशाक लगाएका महिलाहरुको अभिनय देख्न पाइन्छ। परदेशीको पीडालाई समेट्न खोजिएको उक्त भिडियोमा गाउबेशिका दैनिकीलाइ पनि प्रस्तुत गर्ने प्रयास गरिएको छ। सुरेश श्रेष्ठ र सञ्जीव खनालले खिचेको भिडियोमा दर्जनौं स्थानीयहरूलाई समेत देख्न सकिन्छ । गीतको भिडियोको कथाले गाउँ छोडेर कहीँ जान नसक्ने र लाहुरे पनी गाउँमै बस्नुपर्ने सन्देश दिएको छ । विष्णु शर्माको निर्देशन तथा सम्पादनमा तयार भएको भिडियोको कोरीयोग्राफी प्रवीन थापाले गरेका हुन् । गायक गायिकाका अलावा भिडियोमा सुमन परियार विशेष आकर्षणको रूपमा फिचर्ड छन् ।

रेलै सललको भिडियो हेर्नुहोस्

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url