हो म एक शिक्षक बनें

हो म एक शिक्षक बनें ✍मोहन सिंग साउद  अन्त कतै बिक्न नसकेर म एक शिक्षक बनें  किनकि  म मा झूट बोलेर नेता हुने क्षमता थिएन

हो म एक शिक्षक बनें

अन्त कतै बिक्न नसकेर म एक शिक्षक बनें

किनकि

म मा झूट बोलेर नेता हुने क्षमता थिएन

टिकट अनि भोट किनेर सांसद हुने क्षमता थिएन

सेटिङ मिलाएर तस्कर बन्ने क्षमता थिएन

कागज मिलाएर भ्रष्टाचार गर्न सक्ने क्षमता थिएन

कानून हातमा लिएर न्याय किन्ने क्षमता थिएन

गुलाम गरेर नियुक्ति खाने क्षमता थिएन

नपढेको घोकेर निजामती खाने क्षमता थिएन

कर छलेर उद्योगी व्यापारी हुने क्षमता थिएन

किर्ते कागज बनाएर सरकारी जग्गा हडप्ने क्षमता थिएन

एरपोर्टबाट कुण्डलका कुण्डल सुन भित्र्याउने क्षमता थिएन

नक्कली भुटानी शरणार्थी बनाएर जनता बेच्ने क्षमता थिएन

जनता भुल्याएर नयाँ पाटी खोल्ने क्षमता थिएन

बालाई ऋणमा डुबाएर बिदेश जाने क्षमता थिएन

यस्ता अद्भूत क्षमता नभएको मान्छे

म अरु के नै बन्न सक्थे र

हो त्यसैले त म एक

शिक्षक बने!

सम्पूर्ण शिक्षक साथीहरूमा समर्पित❤️

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url