एसियन गेम्स पुरुष क्रिकेट:नेपाल क्वार्टरफाइनलमा भारतसँग भिड्ने

एसियन गेम्स पुरुष क्रिकेटनेपाल क्वार्टरफाइनलमा भारतसँग भिड्ने

एसियन गेम्सको पुरुष क्रिकेटमा नेपालले आफ्नो क्वार्टरफाइनल खेलमा भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ।

समूह चरणको दुवै खेलमा शानदार जितसहित क्वार्टरफाइनल पुगेको नेपालले आफ्नो क्वार्टरफाइनल प्रतिद्वन्द्वीको रुपमा भारतलाई पाएको हो।  

क्वार्टरफाइनलको ड्र अनुसार नेपालले भोलि भारतसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो क्वार्टरफाइनलको रुपमा भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल स्थानीय समय अनुसार बिहान ९ बजेबाट सुरु हुनेछ।

यस्तै क्वार्टरफाइनलको भोलि नै हुने अर्को खेलमा पाकिस्तान र हङकङबीच प्रतिस्पर्धा हुनेछ। पकिस्तान र हङकङबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।

यस्तै क्वार्टरफाइनलको अर्को खेलमा बङ्गलादेश र मलेसिया तथा श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। बङ्गलादेश र मलेसियाबीचको खेल पर्सि ९ बजे बिहान र श्रीलङ्का तथा अफगानिस्तानबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ।  

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url