बालबालिका जन्मँदै जन्मकैद

बालबालिका जन्मँदै जन्मकैद


- रामजी आचार्य

बच्चा जन्मेको २ वर्ष जतिमा आमाबुवालाई कुन विद्यालयमा पढाउनुहोला भन्ने चिन्ता लाग्न थाल्छ। अझ १८ महिना जतिमै मण्टेस्वरि भन्दै विद्यालय पठाएपछि आमाबुवा ढुक्क। व्यस्त र आधुनिक जीवनशैलीले गर्दा यो पनि सामान्य नै भइसक्यो। झट्ट हेर्दा गजबको जिन्दगीका लागि बालबालिकामा लगानी गरेजस्तो देखिने विद्यालय परम्परा के बालमैत्री छ ? सिकाइका लागि उपयुक्त छ त? 

बिहान ८ बजेतिर झोला बोकेर हिँडेको बच्चा बेलुका ५ बजेतिर तैपनि आमाबुवा नभाको घर फर्किन्छन्, कुन खानेकुरा खान्छन् होला ? कति समय सिक्छन् होला ? सिकाइका लागि कत्तिको मानसिक तयारी हुन्छ होला ? शारीरिक ब्यायम त झोलाको भारीले पुगेकै हुन्छ होला। 

विद्यालय शिक्षा पुरा गर्दा लगभग १५ वर्ष जति जेल जीवन र मानसिक यातना भोगेको विद्यार्थी +२ सकेपछि स्वतन्त्रता खोज्दै विदेश पलायन नभएर के गरोस्? नेपालको पाठ्यक्रममा जे लेखिए पनि कुनै शिक्षकले निर्धक्क सँग नेपालमा भविष्य देखाउन सक्ने वातावरण छैन, छदै छैन।  +२ पढ्ने बालबालिकालाई सोध्यो भने ९८ % बालबालिकाको लक्ष्य देश छोड्ने हुन्छ। यसलाई कसरी बुझ्ने.... तपाईंको हातमा। १४ वर्ष जति बालबालिका सँग रहेर काम गर्दा, पढ्न भन्दा अन्य कुरामा खुसी हुने बालबालिकाको सङ्ख्या शतप्रतिशत जस्तै देखियो।  

यो तथ्याङ्कले मनमनै नेपालमा विद्यालय शिक्षामा  बालबालिका रमाइरहेका छैनन् भन्ने लगभग ५ बर्ष जतिको दुबिधा दूर भयो, तत्पस्यात कक्षाकोठामा अध्ययन अध्यापन सँगै मनोरंजनलाइ पनि सँगै लाग्ने प्रयास व्यक्तिगत तवरमा गरिरहेको छु।  के सबै शिक्षकले यो गर्न सम्भव छैन त ? सम्भव नेपालमा चैँ छैन, किन? ७ विषयमा सात हजार थरी कुरा सिकाउँदै घोक्रेठ्याक लगाइएका विषयवस्तु जो सकाउनु पर्छ। बालबालिकाले सिकोस नसिकोस दिएको कुरा सकाउनु छ।  यसमा यो भन्दा बढी यदि शिक्षक हुनहुन्छ भने आफै सोच्नुस् र अरू साथीहरूले शिक्षकलाई सोध्न्नुहोस।  

पाठ्यपुस्तकको भारी, शिक्षकको दबाब, अभिभावकको दबाब, उमेरको उतारचढाव, समय व्यवस्थापन मनोरंजनको चिन्ता अनि शारीरिक मानसिक विकास  सँगै आउने विविध  सोचहरू। झन्डै कलिलो मानसिकताले सबै कुरा थामेको छ। मानौँ जन्मँदै कुनै ठुलो अपराध गरेर आएजस्तै २०औ वर्ष विद्यालय र विश्वविद्यालय को जेलमा थुनिनु पर्ने।  त्यसपछि पनि सुखको जिन्दगी नेपालमा नदेखेपछि गर्ने चाहिँ के त ?

यस्ता कुरा कति हो कति छन्.…। बस बालबालिकालाई सुख सँग बाच्न देऊ।  सिकाइको वातावरण तयार गर बालबालिका आफै अब्बल हुन्छन्, तनाव नदेऊ। 




यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url