प्रकाश पौडेलको समर्थनमा उत्साहित युवाहरु

म्याग्दि,

२०७९ मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा दलहरुले आफ्नो पार्टीका दाबेदार उमेदवार हरु सिफारिस गर्ने क्रम जारी छ म्याग्दिमा पनि विभिन्न दलले आफ्ना उमेदवार हरु सिफारिस गरिरहेका छन। म्याग्दिमा नेकपा एमालेले प्रदेश सभा क तर्फ अनेरास्ववियु गण्डकी प्रदेशका अध्यक्ष प्रकाश पौडेललाई सिफारिस गरेको छ । 

देशको राजनीति बदलिन खोजिरहेको छ त्यसैले युवाको उम्मेद्बारी मा मतदाता  हरु उत्साहित भैरहेको छन।  देश तथा विदेशबाट प्रकाशको उम्मेदवारीलाई ऐक्यबद्दता जनाउने जनाताहरुको उत्साहा देख्दा उहाको नेतृत्वमा म्याग्दी एमाले ले आफ्नो विरासत कायम राख्ने सफल हुने देखिन्छ।

बाल्यकाल देखैनै राजनीतिमा सक्रिय प्रकाश पौडेलको उम्मेद्बारीले म्याग्दी उत्साहित भएको छ ।  धेरै युवा हरुले प्रकाश पौडेलको उम्मेद्बारी लाई समर्थन गर्दै नेकपा एमाले लाई युवा उमेदवार लाई चुनाबी मैदानमा उत्र्याउन अनुरोध गरिरहेको सामाजिक संजालमा छ्याप्छ्याप्ती देखिएको छ ।  मुद्दा उठान गरेपछी सडक वाट यत्तिकै न फर्किने स्वभाव र स्वयंसेवक कृयाकलापले प्रकाश पौडेल चर्चित छन ।

२०७२ सालमा भारतले नाकाबन्दी गर्दा नेपालमा पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला म्याग्दी बेनिको क्याम्पस चोकमा जलेको थियो जसको अगुवाइ अनेरास्ववियु म्याग्दीले गरेको थियो र अध्यक्ष थिए प्रकाश पौडेलनाकाबन्दीमा कालोबजारी लाई सार्बजनिक गर्ने र कारबाही गर्ने कार्य भुकम्प र बाढिपहिरोमा स्वयंसेवक को रुपमा प्रकाश पौडेल सकृय छन

मणिपाल मेडिकल कलेजको आन्दोलन पछि प्रकाश पौडेलको राजनीतिक उचाइ थप बढ्यो उक्त आन्दोलन सम्झदै उनी भन्छन गोजिमा ताला किन्ने पैशा थिएन आन्दोलन अगाडि बढ्यो ३१ दिनमा विद्यार्थी बाट अबैध असुलिएको ६ करोड भन्दा धेरै रकम फिर्ता गर्न कलेज सहमत भयो

लकडाउनले विभिन्न स्थानमा रोकिएका १० हजार भन्दा धेरै म्याग्दीका नागरिकलाई सवारी हरु ब्यबस्थापन गर्व्र उनले गन्तव्य सम्म पुर्याएका थिए हेल्प लाइननै संचालन गरेर ३ हजार भन्दा धेरै बिरामिलाइ अस्पताल मा बेड ब्यबस्थापन को कार्य भएको थियोकोरोनाको बिपत्तिमा उद्दार अस्पताल ब्यबस्थापनमा उनको योगदान महत्त्वपूर्ण छ। 

Dinesh Jung Katuwal लेख्नुहुन्छ:

यो पटक युवा नेतृत्व!!

प्रकाश पौडेलको उमेर ११/१२ बर्ष जस्तो हुदो हो । मंगलाघाट आमा समुहको भवन निर्माणको लागी आर्थिक संकलन गर्न भैली खेल्ने भइयो । त्यो बेलामा भैलो भट्टाउने र गित गाउने उनैले गरेका थिए ।

सानैदेखि समाज र दिन दुखिको सहयोग गर्नुपर्छ भन्ने सोच उनमा हो । प्रकाश कै नेतृत्वमा हो बौद्ध युवा क्लबले पहिलोपटक धौलागिरी मै सर्वाधिक पुरस्कार रासीको फूटबल खेल भव्य र सभ्य रूपमा सफल पारेका थियौं ।

मलाई कुनै पनि राजनैतिक दल सँग केहि पुर्वाग्रह छैन । राम्रो क्षमतावान नेतृत्व जिल्लाले पाओस् भन्ने मात्रै स्वार्थ हो । क्षेत्र क बाट निर्वाचन जित्ने आशा राख्ने हो भने नेकपा एमाले म्याग्दी क्षेत्र क बाट यो पाली दायाँबायाँ नसोची प्रकाश पौडेललाई पार्टीले मनोनीत गर्दा हुन्छ ।

  • करिब १९ महिना गण्डकी प्रदेश सामाजिक विकास मन्त्रीको PA भएर काम गरेको अनुभव ।

  • भाइको नेतृत्वमा मणिपाल शिक्षण हस्पिटलमा MBBS पढने १०० जना विद्यार्थी बाट सरकारले तोकिएको भन्दा एक जना विद्यार्थी बाट ६ लाख ३३ हजार का दरले ६ करोड ३३ लाख रकम फिर्ता गराउन सफल ।

  • जिल्लामा विपद पर्दा, कोहि दिन दुखीलाई समस्या पर्दा, जस्ता सामाजिक काममा अग्रसर भएर काम गर्ने ।

  • राज्यको संयन्त्रलाई ध्यानाकर्षण गराउने कुरामा अग्रसर रहेर खबरदारी गर्ने ।

  • समाज जिल्लाको लागि केही गर्पुपर्छ भन्ने सोच भएको । अहोरात्र खटिएर काम गर्न सक्ने ।

नोट : युवालाई जुनसुकै दलले मनोनीत गरे पनि पुर्ण समर्थन हुनेछ ।



Bhim Sunar


Prakash Sharma Subedi



Dinesh Jung Katuwal


नेता प्रकाश पौडेलको समर्थनमा उत्साहित युवाहरु


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url