शिक्षक सेवा आयोगको परीक्षामा कसरी राम्रो अंक ल्याउने

शिक्षक सेवा आयोगको परीक्षाको लागि केही सहयोगी उपायहरु

सर्वप्रथम परिमार्जित पाठ्यक्रमको परीक्षा योजना (प्रश्न ढाँचा) सम्बन्धमा स्पष्ट हुनुहोस् :

परिमार्जित पाठ्यक्रमअनुसार परीक्षाजम्मा १०० पूर्णाङ्कको हुनेछ जसमा ३ खण्डबाट प्रश्न सोधिनेछ । पहिलो खण्ड शिक्षा सम्बन्धी आधारभूत ज्ञान अन्तरगत प्रति प्रश्न १ अङ्कका दरले २० प्रश्नको अङ्कभार २० रहेको छ भने उक्त प्रश्नका लागि २० मिनेटकै समय छुट्याइएको छ । यो खण्ड सबै विषयका शिक्षक पदका लागि एउटै हुनेछ । त्यस्तै खण्ड ख सम्बन्धित विषयको माध्यमिक तहको पाठ्यक्रम, शिक्षण विधिएवम् प्रविधिसँग सम्बन्धित रहेको छ भने खण्ड ग सम्बन्धित विषयको विषयवस्तु सम्बन्धी ज्ञान रहेको छ । यीदुवै खण्डबाट प्रतिप्रश्न ५ अङ्कका दरले ६÷६ वटा छोटा र प्रतिप्रश्न १० अङ्कका दरले १÷१ वटा लामो उत्तर आउने प्रश्नहरु सोधिनेछन् । दुवै खण्डको अङ्कभार ४०÷४० रहेको छ भने समयावधि २ घण्टा ४० मिनेटको रहेको छ ।

माथि उल्लेखित प्रश्नयोजना अनुसार शिक्षक सेवा आयोगले सार्वजनिक गरेको पाठ्यक्रमलाई शूक्ष्म रुपमा गहिरिएर अध्ययन

गर्नहोस् । पाठ्यक्रम आयोगको वेभसाइट www. tsc.gov.np बाट डाउनलोड गर्न सक्नुहुनेछ ।

पहिलो खण्ड शिक्षा सम्बन्धी आधारभूत ज्ञानको तयारीकालागि

यस खण्डबाट वस्तुगत प्रश्नमात्र सोधिने भएकाले पाठ्यक्रमले निर्देश गरेका टपिकका बारेमा विभिन्न सामाग्रीहरु जुटाई मुख्यमुख्य कुरालाई टिपोट गरेर अध्ययन गर्नुहोस् ।

कतिपय प्रश्नको उत्तर पुस्तकअनुसार फरक फरक पाइने हुनाले आधिकारिक सामग्रीको अध्ययनगर्नुहोस् ।

वस्तुगत प्रश्नको तयारी गर्दा मूख्य शब्द वा बुँदालाई छोटकरीमा शुत्रबनाएर अध्ययनगर्दा सम्झन सजिलो हुन्छ ।

सम्बन्धित विषयको माध्यमिक तहको पाठ्यक्रम, शिक्षणविधि एवम् प्रविधि अन्र्तगतको

४० अङ्कभारको तयारीकालागि

तपाईंले छनोट गर्नुभएको विषयको माध्यमिक तहको पाठ्यक्रम र पाठ्यपुस्तकको गहन विश्लेषणात्मक अध्ययन गर्नुहोस् ।

सम्बन्धिततह र विषयको शिक्षक निर्देशिकाको अनिवार्य रुपमा अध्ययन गर्नुहोस्।

९ र १० कक्षाका शिक्षक निर्देशिका वजारमा उपलब्ध नभएकाले www.nepaknol.net/cdc/libray बाट डाउनलोड गरी हेर्न सक्नुहुनेछ ।

शिक्षाशास्त्र संकायका प्लस टु, स्नातकवा स्नातकोत्तर तहका सम्बन्धित विषयका मेथडसँग सम्बन्धित पुस्तकहरु जस्तैः भ्ीत्, नेपालीभाषा शिक्षण, गणित शिक्षण आदिको अध्ययन गर्नुहोस् ।

हालकक्षा ९ का अनिवार्य विषयहरु परिमार्जन भएकाले सम्बन्धित पुस्तकको पनि अध्ययन गर्नुहोस् ।

सम्वन्धितविषयको विषयवस्तुसम्बन्धी ज्ञानअन्र्तगतको ४० अङ्कभारको तयारीकालागि

  • पाठ्यक्रममा उल्लेख भए अनुसारका विषयवस्तु्सँग सम्बन्धित प्लस टु वा प्रमाणपत्र, स्नातकतथा स्नातकोत्तर तहका
  • (विशेषगरी स्नातकतह) पाठ्यपुस्तकको अध्ययन गर्नुहोस् ।
  • यी विषयवस्तुको अध्ययनगर्दा क्याम्पसमा जस्तो वृहत अध्ययन नगरी मूख्यमूख्य कुराको मात्र अध्ययन गर्नुहोस् किनकी
  • पढ्नुपर्ने टपिकहरु धेरै छन् तर अङ्कभार थोरै छुट्याइएको छ ।
  • बजारमा निस्केका सहयोगी पुस्तक, गाइड, गेसपेपरभन्दा आधिकारिक सामाग्रीहरुको अध्ययनगर्नुहोस् ।

केही आधिकारिक सामाग्रीहरु

  • कानुनी किताव विकास समितिद्धारा प्रकाशित संविधान तथा शिक्षासँग सम्वन्धित विभिन्न ऐननियम तथा नियमावलीहरु
  • शिक्षामन्त्रालय, शिक्षाविभाग जस्ता निकायद्धारा प्रकाशित विभिन्न पुस्तक, बुलेटिन, पत्रपत्रिका, लेख आदि,
  • प्लस टु वा प्रमाणपत्र तह, स्नातक तथा स्नातकोत्तर तहका विभिन्न पुस्तकहरु, आदि ।

बजारमा थुप्रै किसिमका सहयोगी पुस्तकहरु पाइने भएकाले लेखक, प्रकाशक, पुस्तकभित्र प्रस्तुत गरिएका विषयवस्तु र त्यसको प्रस्तति शैली, लेखन शैलीआदि हेरेर मात्र छनौट गर्नुहोस् । पाठ्यक्रमले तोकेको विषयका महत्वपूर्ण कुराहरुलाई बुँदामा टिपोट गरी नोट बनाएर पढ्नुहोस् ।

मन मिल्ने साथीहरुवीच छलफल तथा अन्र्तक्रिया गरी अध्ययन गर्नुहोस् ।

परीक्षामा सोध्न सक्ने सम्भावित प्रश्नहरु तयार पार्ने र त्यसको उत्तर लेख्ने वानी वसाल्नुहोस् ।

सके सम्म शूत्रवनाएर पढ्ने (छोटकरीमा वा सङ्केतमा) र बुँदागत वा चित्रात्मक रुपमाउत्तर लख्ने गर्नुहोस् ।

भनिन्छ, सफल हुनेहरु फरक काम गर्दैनन् सोही कामलाई फरक तरिकाले गर्छन । त्यसकारण तपाईले पनिप्रश्नको उत्तर कसरी हुन्छ,अरुले भन्दा फरक तथा आकर्षक बनाउने प्रयास गर्नुहोस् ।

उत्तरलाई फरक तथाआकर्षक बनाउने केही तरीकाहरु

प्रश्नको सुरुवातमै प्रश्नले मागेको उत्तरको मेन थीमवा साराशंलाई कोटेशनको रुपमा प्रस्तुतगर्ने, जस्तैः कार्यमूलक अनुसन्धानसँग सम्बन्धित प्रश्नमा “No Teacher Without CAR (Classroom Action Research)”, शिक्षकनिर्देशिकाः “शिक्षक निर्देशिका शिक्षकको एक असल साथी, गराउँछ पाठ्यक्रमको उद्देश्यपूर्ति र सिकाइमा प्रभावकारी।”

प्रश्नअनुसार थोरै पृष्ठभूमी लेखी बुँदागत रुपमाउत्तर प्रस्तुतगर्ने र अन्त्यमा सुझाबात्मक एवम् सकारात्मक निष्कर्षबाट उत्तर समापन गर्ने,

सकेसम्म उत्तरलाई चित्र, तालिका, रेखाचित्र, वृक्षचित्र, डायग्रामआदिमार्फत प्रस्तुतगर्ने,

आफुले जानेको होइनकि प्रश्नले मागेको उत्तर दिने,

उत्तर लेख्ने शैलीमा विविधता ल्याउने,

प्रश्नको अङ्कभारअनुसार समय व्यवस्थापन गरी उत्तर लेख्ने, आदि ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url