शिक्षक सेवा आयोगका लागि महत्वपुर्ण प्रश्नहरु र उत्तरहरु

शिक्षक सेवा आयोग, नि.मा.वि. परिक्षा विशेष महत्वपुर्ण प्रश्नहरु र उत्तरहरु

१) जिल्ला शिक्षा समितिमा कम्तीमा कति जना महिला सदस्य रहने प्रावधान छ ?

क) ३ जना

# ख) २ जना

ग) १ जना

घ) ४ जना

२) बिना सूचना लगातार १५ दिन भन्दा वढी विद्यालयमा अनुपस्थित रहने शिक्षकलाई कस्तो सजाय हुन्छ ?

क) बढुवा रोक्का गर्ने

ख) ग्रेड कट्टा गर्ने

ग) कार्यरत पदबाट घटुवा गर्ने

घ) पदबाट हटाउने

३) शिक्षक सेवा आयोगले आर्थिक वर्ष समाप्त भएको कति अवधि भित्र नेपाल सरकार समक्ष वार्षिक प्रतिवेदन पेश गरिसक्नुपर्दछ ?

क) १ महिना भित्र

ख) २ महिना भित्र

ग) ४ महिना भित्र

घ) ३ महिना भित्र

४) विद्यालय व्यवस्थापन समितिको अधिकार क्षेत्रमा निम्न मध्ये कुन पर्दैन ?

क) शिक्षकलाई तालिमको लागि छनौट गर्ने

#ख) शिक्षकलाई तालिमको लागि सिफारिस गर्ने

ग) विद्यालयको लागि चाहिने आर्थिक स्रोत जुटाउने

घ) शिक्षकहरुको सेवाको सुरक्षा र सम्वद्र्धन गर्ने

५) शुरु तलव स्केल रु. १६०००,अन्तिम तलवमान रु. १८००० र सेवा अवधि २० वर्ष भएको शिक्षकले निवृतिभरण वापत् मासिक कति रकम पाउँछ ?

क) ८०००

ख) ९०००

# ग ) ७२००

घ) १२०००

६) शिक्षकले आधा दिन पनि लिन सक्ने विदा कुन हो ?

# क) भैपरी र पर्व विदा

ख) विरामी विदा

ग) अध्ययन विदा

घ) असाधारण विदा

७) कुनै विद्यालयको प्रधानाध्यापकले आचार संहिता पालन गरे नगरेको अभिलेख कसले राख्नुपर्छ ?

क) शिक्षक अभिभावक संघले

ख) वि.व्य.स. अध्यक्षले

ग) शिक्षक स्टाफले

# घ ) विद्यालय व्यवस्थापन समितिले

८) स्थायी शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षकले दिन पाउने अधिकतम् अंक कति हो ?

क) २

ख) ५

#ग) ८

घ) १०

९) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भएको अन्तिम मौलिक हक कुन हो ?

#क) संवैधानिक उपचारको हक

ख) श्रम सम्बन्धी हक

ग) यातना विरुद्धको हक

घ) सुचनाको हक

१०) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भए अनुसार कुन तह सम्म मातृभाषामा शिक्षा पाउने हक छ ?

क) माध्यमिक तह

ख) निम्न माध्यमिक तह

#ग) आधारभूत तह

घ) प्राथमिक तह

११) विभिन्न जात,जाति,धर्म,भाषा,संस्कृति र क्षेत्र प्रति समभाव जगाई समावेशी समाज निर्माणमा सहयोग पु¥याउनु नेपालको कुन तहको शिक्षाको उद्देश्य हो ?

क) उच्च शिक्षा तह

ख) माध्यमिक तह

#ग) प्राथमिक तह

घ) निम्न माध्यमिक तह

१२) प्राथमिक तहको पाठ्यक्रम ढाँचा अनुसार स्थानीय विषयको पाठ्यभार कति तोकिएको छ ?

क) ३

ख) ४

ग) ५

घ) ६

१३) सन् १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्रसंघीय महासभाबाट पारित बाल अधिकार सम्बन्धी महासन्धीमा कति दफा छन् ?

#क) ५४

ख) ५८

ग) ५०

घ) ६४

१४) लैंगिक समानता भनेको कस्तो प्रक्रिया हो ?

क) पुरुष र महिला दुवै एक हुने

ख) पुरुषका हक कटौती गरी महिलालाई दिने

#ग) पुरुष महिला बीच गरिने समान व्यवहार

घ) माथिका सबै

१५) त्रिवर्षीय योजना २०६७—२०७० ले प्राथमिक शिक्षा सम्बन्धमा राखेको कार्यक्रम कुन हो ?

क) अनिवार्य आधारभूत शिक्षाको विस्तार

(ख) शिक्षाको गुणस्तरमा सुधार

#ग) बहुभाषिक र बहुकक्षा शिक्षा कार्यक्रम बिस्तार

(घ) माथिका सबै

१६) तलका मध्ये कुन शिक्षण विधिको प्रयोगले विद्यार्थी सहभागिता बढाउँछ ?

क) प्रवचन विधि

ख) छलफल विधि

ग) प्रदर्शन विधि

#घ) परियोजना विधि

१७) विद्यार्थीको सिकाई उपलब्धीको निरन्तर मूल्याङ्कन गरी कुनै औपचारिक परीक्षा बिना नै कक्षा चढाउनुलाई के भनिन्छ ?

क) सूचक कक्षोन्नति

ख) परीक्षा कक्षोन्नति

#ग) उदार कक्षोन्नति

घ) तहगत कक्षोन्नति

१८) पूर्व वाल्यावस्थामा देखा पर्ने शारीरिक संकटमा कुन पर्दैन ?

क) दुर्घटना

#ख) शारीरिक कमजोरी

ग) बिरामीपन

घ) मोटोपन

१९) बंशाणुगत सम्पति प्रस्फुटित हुन तलका मध्ये के चाहिन्छ ?

क) सिकाई

#ख) वातावरण

ग) परिपक्वता

घ) अभ्यास

२०) विद्यालय क्षेत्र सुधार योजनाको पूर्ण कार्यान्वयन पछि विद्यालय तहको संरचना कस्तो हुने नीति रहेको छ ?

क) ५+३+४

ख) ३+४+५

#(ग) ८+४

घ) २+६+४

1.शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो?

- २०६२

2. माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?

- २३ भाषाका विषय

3. अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?

- ६ बर्ष देखि ८ बर्ष सम्म

4. नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो?

- सन् १९८०

5. मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो?

- ३

6. निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?

- कक्षाकार्य

7. शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?

- २०५५/१०/०१

8. नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?

- प्रदेशको अधिकार को सुची

9. राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?

- उच्च माध्यमिक शिक्षा

10. गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?

- ३ महिना को एकपटक

11. शिक्षा दिवश 2072 नारा के रहेको थियो ....?

- "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था

12. नेपालको सबैभन्दा पुरानो मावि कुन हो...?

- भानु मावि

13. दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..?

- बि.स १९४८

14. त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...?

- बि.स १९७५ भाद्र, २७

15. शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...?

- ४२

16. बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ...?

- १० जना

17. बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...?

- २८०

18. त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...?

- गरूडध्वज राना

19. ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..?

- ४ घण्टा

20. गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...?

- राममणि आदी

21. संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...?

- हेमराज पाण्डे

22. आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो...?

- बि.स २००४~०२~१०

23. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो...?

- बि.स २०६६~०७~१३

24. कार्यान्वयन नभयको संबिधान कुन हो..?

- नेपाल सरकार वैधानिक कानुन -२००४

25. बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ...?

- ०.७%

26. राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...?

- निजामति प्रथमा

27. नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...?

- दरबार हाइस्कुल

28. विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो...?

- बि.स २०५४~१२~२६

29. स्वतन्त्र शिक्षा मन्त्रालयको पुनर्स्थापना कहिले भयको हो ?

- बि.सं. २०६५~०५~१५

30. NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...?

- बि.सं. २०५२

31. शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो.?

- बि.सं २०७२-१२-०३

32. सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...?

- सन 2015 May, 19-22

33. शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...?

- ८ वटा

34. A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..?

- ३.६

35. नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..?

- बि.सं २०५४

36. सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो...?

- ५ जिल्ला

37. UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ..?

- बि.सं २०१०

38. शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..?

- २९ वटा

39. अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ..?

- बि.सं २०५६

40. हाल शिक्षा मन्त्री को रहेका छन् ..?

- गिरीराजमणी पोखरेल

41. तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ..?

- ९५%

42. एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?

- ३ चरण

43. बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?

- ३.९%

44. शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन.?

- ११ जना

45. SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो .?

- ३ जिल्लामा

46. सेति परियोजना कहिले लागु गरियो.?

- बि.सं २०३८ [१९८१]

47. EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?

- १००%

48. EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?

- १८ वटा

49. NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन.?- १२ वटा

50. NEC -2049 को गठन कहिले भयो.?

- बि.सं २०४७-११-14

१. शिक्षा नियमावली अनुसार प्रधानाध्यापक छनोटका आधारहरू कति वटा रहेका छन …??

उत्तर :- ६ वटा

२. शिक्षा नियमावली अनुसार प्रधानाध्यापक छनोटका आधारहरू मध्ये शिक्षण अनुभव बापत कति अंक प्रदान गरिन्छ…??

उत्तर :- २५ अंक

३. शिक्षा नियमावलीमा आठौ संशोधन कहिले गरियो…??

उत्तर :- बि.सं २०७१-१-२९

४. शिक्षा नियमावलीको आठौ संशोधनले अस्थाई शिक्षकको पदावधि कहिलेसम्म तोकेको छ…???

उत्तर :- २०७५ चैत्र मसान्त

५. शिक्षक सेवा आयोगको नियमावलीमा नबौ संशोधन कहिले गरियो ….???

उत्तर :- बि.सं २०७१-११-२६

६. शिक्षक सेवा आयोगको नियमावली नबौ संशोधनले अध्यापन अनुमतिपत्रको परीक्षाको उर्तिणाङ्क कति तोकेको छ…??

उत्तर :- ५०

७. शिक्षा नियमावलीको आठौ संशोधनले कति समय पछि उत्तर पुस्तिका धुल्याउन सकिने व्यवस्था गरेको छ…???

उत्तर :- ६ महिना पछि

८. प्रावि+निमाबि सञ्चालित बिद्यालयमा कति महिला शिक्षक रहने व्यवस्था शिक्षा नियमावलीले गरेको छ…??

उत्तर :- २ जना

९. शिक्षकको कासमु अन्तर्गत सुपरीवेक्षकले अधिक्तम कति अंक दिने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ..??

उत्तर :- ८ अंक

१०. महिला शिक्षकले मात्र कति प्रकारका बिदा लिन पाउछन…???

उत्तर :- ८ प्रकारका

११. जिल्ला शिक्षा समितिको बैठकमा गणपूरक संख्या कति रहेको छ…??

उत्तर :-५०% भन्दा बढी

१२. गाउँ शिक्षा समितिको बैठक कति समयमा बस्छ…??

उत्तर :- ३ महिनाको एक पटक

१३. NCF 2063 अनुसार 9-12 को तहगत सक्षमता कति तोकेको छ…??

उत्तर :- १७ वटा

१४. हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षाको संरचना कुन हो…??

उत्तर :- ५+३+२+२

१५. NCF 2063 अनुसार आधारभूत शिक्षाको तहगत उमेर समुह कुन हो…??

उत्तर :- ५-१३ वर्ष

१६. स्वास्थ्य तथा जनसंख्या शिक्षाको साप्ताहिक पाठ्यभार कति रहेको छ …??

उत्तर :- ४

१७. NCF 2063 अनुसार कक्षा 6-8 को शैक्षिक धार कति रहेका छन..??

उत्तर :- ५ वटा

१८. कक्षा नौ को नया परिमार्जित पाठ्यक्रम कुन शैक्षिक सत्र देखि लागु गरिएको छ ..??

उत्तर :- २०७३ देखि

१९. NCF 2063 अनुसार आधारभूत तह 6-8 साप्ताहिक पाठ्यभार कति रहेको छ..??

उत्तर :- ४०

२०. NCF 2063 अनुसार आधारभूत शिक्षाको उद्देश्यहरू कति वटा रहेका छन..??

उत्तर :- १४ वटा

केही प्रश्नहरु र तिनका उत्तरहरु :::

१. नेपालको शैक्षिक इतिहासमा सुन्दरानन्द बाडाको त्रिरत्न सौन्दर्यगाथा को रचना पढ्न पाइन्छ | अव भन्नुस् , उक्त रचना कसको पालामा भएको थियो?

#क. राजेन्द्रविक्रम शाह

ख. सुरेन्द्रविक्रम शाह

ग. प्रतापसिंह शाह

घ. रणवहादुर शाह

2.राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन ,२०११ मा जम्मा ४ भाग थिए | सारॉश र सिफारिस कुन भागमा राखिएको थियो?

क. पहिलो भाग

ख. दोश्रो भाग

#ग. तेश्रो भाग

घ. चौंथो भाग

३.आन्तरिक परिक्षाको नम्वर S.L.C. जॉचमा पनि गणना हुनेछ भनेर कसले सिफारिस गरेको हो?

क. NNEPC,2011

ख. ARNEC,2018

#ग. NESP, 2028

HLNEC,2055

४. प्र.अ. लाई तलवको २५% भत्ताको रुपमा दिनुपर्छ | कसले सिफारिस गरेको?

क. NNEPC,2011

ख. ARNEC,2018

ग. NEC,2049

#घ. HLNEC,2055

५. एसियाली विकास वैंकको सहयोगमा विग्यान शिक्षा परियोजना कहिले शुरु भयो?

क. वि.सं. २०३७

ख. वि.सं. २०३८

#ग. वि.सं. २०३९

घ. वि.सं. २०४०

६. देहायका मध्ये कुन वर्ष शिक्षा दिवसको नारा तय गरिएन??

#क.२०६३

ख.२०६४

ग.२०६५

घ.२०६६

७.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तह अन्तर्गत दोश्रो चरण कक्षा ४-५ मा सिकाइका प्रमुख क्षेत्र कतिवटा तोकेको छ?

#क.४

ख.५

ग. ६

घ.७

८. "औपचारिक शिक्षाको ठिक उल्टो अनौपचारिक शिक्षा हो"

यो भनाई कसको हो?

क. पाउलो फ्रेरे

#ख. इलिच र फ्रेरे

ग. कुम्वस

घ. ला बेला

९. हाल नेपालमा प्रा.वि. कक्षा १-३ मा कति पूर्णाड्क कायम छ ?

#क. ६००

ख.६५०

ग.७००

घ.५५०

१०. हाल शिक्षा मन्त्रालय अन्तर्गत कति वटा केन्द्रिय निकायहरु रहेका छन्?

क. ६

#ख.७

ग. ८

घ.९

11. कक्षा १० वाट मात्र SLC मा प्रश्न सोध्ने निर्णय कहिले भएको हो?

क. २०६३/५/१४

ख. २०६३/६/१४

#ग. २०६३/७/१४

२०६३/८/१४

१२. शिक्षक शिक्षा परियोजनाले कस्तो सिपलाई जोडवदिएको थियो?

#क. Soft skills

ख. Hard skills

ग. Bothbof them

घ.None of them

13 . तेर्हौं योजनाले समेटेको शिक्षासम्वन्धि प्रमूख कार्यक्रममा तलको मध्ये कुन पर्दैन?

क. वालविकास कार्यक्रम

ख. आधारभूत शिक्षा

ग. अनौपचारिक शिक्षा

#घ. खुला तथा दूर शिक्षा

14. वि.सं. १९९१ मा स्थापित नेपाली आर्ट स्कुललाई कहिले देखी जुद्द कला पाठशाला वनाइयो?

क. १९९३

ख.१९९४

#ग. १९९५

घ.१९९६

१५. राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याकन परिषद्मा मनोनित सदस्य ......र मनोनितको पदावधि ...... वर्षको हुन्छ |

#क. ३,४

ख. ४,३

ग. ४.४

घ. २,३

16. पैतृक सम्पतिमा छोरा र छोरीलाई समान हक हुनेछ | यो नेपालको अन्तरिम संविधान,२०६३ अनुसार कुन हक अन्तर्गत पर्दछ?

#क. महिलाको हक

ख. समानताको हक

ग. सम्पत्तिको हक

घ. रोजगारीको हक

17. जिल्ला अनौपचारिक शिक्षा समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ?

क. प्.जि.अ

ख. जि.शि.अ.

ग. विद्यालय नीरिक्षक

#घ. जिविस सभापति

18. श्रोत केन्द्र कुन स्तरको शैक्षिक संस्था हो?

क. क्षेत्रीयस्तर

ख. जिल्लास्तरको

ग. श्रोतकेन्द्रस्तरको

#घ. विद्यालयस्तरको

19. गाउं शिक्षा समितीमा कतिजना पदाधिकारीहरु रहन्छन्?

#क.७

ख. ९

ग.११

घ.१३

20. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०५५ अघि कुल शिक्षा वजेटको कति % माध्यमिक शिक्षामा छुट्याइएको थियो?

क.२२

ख.२३

#ग.२४

घ.२५

21. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन , २०४९ वुझाउने समयमा अध्यक्ष को थियो?

क. केशरजंग रायमाझी

ख. रामहरी जोशी

ग. त्रैलोक्यनाथ उप्रेती

#घ. गोविन्दराज जोशी

22. प्राविको व्यवस्थापन अलग्गै हुनुपर्छ | कसले सिफारिस गर्यो?

#NEC 2049

ख. NESP, 2028

ग. ARNEC,2018

घ. NNEPC,2011

23. राष्ट्रिय शिक्षा आयोग को प्रतिवेदन, २०४९ ले मावि मा कति विषय पढाउन सिफारिस गरेको थियो?

क. ६

#ख.७

ग. ८

घ. ९

24. तेर्हौं त्रिवर्षीय योजना प्रारम्भ हुंदा कक्षा ५ पूरा गर्ने दर कति % थियो?

क. ७०

#ख.७५

ग.८०

घ.८५

25. सवैका लागी शिक्षा ले सन् २०१५ सम्म शिक्षक/विद्यार्थी अनुपात कति पुर्याउने लक्ष्य लिएको थियो?

क. २५

#ख.३०

ग.३५

घ.४०

26. प्राविधिक तथा व्यवसायिक तालिम परिषदमा ...... जनाको परिषद सभा र ......जनाको परिषद रहने व्यलस्था छ?

#क. २४,९

ख.९,२४

ग.२४,८

घ.२३,९

27. विद्यार्थीहरुले पालना गर्नुपर्ने आचारसंहिता वनाई

लागु गर्ने काम कसको हो?

क. प्र.अ.

#ख. विद्यालय व्यवस्थापन समिती

ग. जिल्ला शिक्षा अधिकारी

घ. वनाउने विद्यालय व्यवस्थापन समिती , लागु गर्ने

प्र.अ.

28.अध्यापन अनुमतिपत्र परिक्षा को उत्तिर्णाड्क ५०

हुनेछ भनी शिक्षक सेवा आयोग नियमावलीको

कति औं संशोधनले भनेको छ ?

क. सातौं

ख.आठौं

#ग. नवौं

घ. त्यस्तो व्यवस्था वनेकै छैन, उत्तीर्णाड्क ४०

29.विद्यालय संड्ख्याको आधारमा जिल्ला शिक्षा

कार्यालयलाई ४ वर्गमा विभाजन गरिएको छ | तल

दिईएका मध्ये "ख" वर्गमा पर्ने जिल्ला कुन होइन?

क. झापा

ख. स्याड्जा

ग. ललितपुर

#घ. इलाम

30.१९९० को एस.एल.सी.मा सहभागी एकमात्र महिला

को हुन्?

#क.सबिना कुमारी देबी

ख. सबिना राज भण्डारी

ग. पुष्पा कुमारी श्रेष्ठ

घ. पुष्पलता आचार्य

31. अंग्रेजी शिक्षा प्रदान गर्न खोलिएको

निर्देशनालय का प्रथम डाइरेक्टर को थिए?

#क. मृगेन्द्र शमशेर

ख. मिस्टर क्यानिंग

ग. रुद्रराज पाण्डे

घ. गरुडध्वज राना

32.एस.एल.सी. मा लेटर ग्रेडिंग प्रणालीको सुरुवात गर्ने

निर्णय कहिले भयो?

२०७१/८/२१

२०७१/८/२२

२०७१/८/२३

#२०७१/८/२४

33.बिद्यालयमा संचालक समितिको पदावधि ४

बर्षको बनाइ अध्यक्ष लाइ जिल्ला शिक्षा

समितिले मनोनित गर्नुपर्छ भनि कसले सिफारिस

गरेको थियो?

क.NNEPC,2011

ख.ARNEC, 2018

#ग.NEC, 2049

घ.HLNEC, 2055

34. त्रि चन्द्र कलेज का प्रथम प्रिन्सिपल को थिए?

#क. बटुकृष्ण मैत्रेय

ख. वासुदेव उप्रेती

ग. सोमनाथ सिग्देल

घ. रुद्रराज पाण्डे

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url