बलिउड डेब्युको अन्तिम तयारीमा 'नेसनल क्रस' अभिनेत्री रश्मिकाको उत्साह

'मित्रहरु, मैले भर्खरै यसबारे थाहा पाएँ कि तपाईहरुमध्ये कोही धेरै टाढाबाट यात्रा गरेर मलाई भेट्न मेरो घरमा आउनुभएको थियो। तपाईंलाई अनुरोध छ कि यस्तो नगर्नुस्। मलाई नराम्रो लागिरहेछ कि मैले तपाईंलाई भेट्न पाइनँ। म आशा गर्छु कुनै दिन तपाईंसँग भेट्ने अवसर मिल्नेछ। तर अहिलेका लागि तपाईंको माया यहाँ सोसल मिडियामा देखानुस्। मलाई खुसी लाग्नेछ।'

यो केही दिनअघि अभिनेत्री रश्मिका मंदानाले गरेको ट्विट हो। रश्मिकाले यो ट्विट आफूलाई भेट्न भनेर ९०० किलोमिटर टाढाबाट भेट्न आएका आकाश त्रिपाठी नाम गरेका प्रशंसकप्रति समर्पित थियो। यो ट्विट रश्मिकाको लोकप्रियताको प्रमाण पनि हो। मोडलिङ हुँदै सिनेमामा प्रवेश गरेकी रश्मिका छोटो समयमा यति चर्चित भइसकिन् कि 'कर्नाटक क्रस' भनेर चिनिने उनलाई अचेल भारतको 'नेसनल क्रस' भन्न थालिएको छ। 

पहिलो कन्नड फिल्म ‘किरिक पार्टी’बाट सन् २०१६ मा डेब्यु गरेकी उनको यो फिल्म वर्षकै सफल साबित भयो। ‘किरक पार्टी' हिट भएसँगै दर्शकको रोजाइमा परेकी रश्मिकालाई बाँकी दुई फिल्म ‘डियर कमरेड’ र ‘गीता गोविन्दम्’ले स्टार बनाइदियो। पहिलो फिल्मबाट डेब्यु अभिनेत्रीको अवार्ड पाएकी  उनले उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत जितिन्। उनी महँगो पारिश्रमिक लिने अभिनेत्री पनि बनिन्।

कन्नड, तमिल र तेलगु भाषाका राम्रा ब्यानर र कहलिएका अभिनेताहरुसँग अभिनय रश्मिका यतिबेला उनी दुई बलिउड फिल्म  ‘मिसन मजनु’ र  ‘गुडबाई’मा व्यस्त छिन्। बलिउड फिल्म ‘मिसन मजनु’मा उनी सिद्धार्थ मल्होत्रा र  ‘गुडबाई’मा अमिताभ बच्चनसँग देखिने छिन्। आज आइतबार उनले ट्विटमार्फत बलिउड डेब्यु 'मिसन मजनु'को आफ्नो तर्फको छायांकन सकाएको बताएकी छन्। रश्मिकाको बलिउड डेब्युलाई लिएर भारतभर चर्चा चलिरहेको छ। फिल्मका निर्देशक तथा निर्मातासँगै रश्मिका पनि स्वभाविक रुपमा निकै उत्साहित छिन्।

बलिउड डेब्युका लागि तयार रश्मिकाले पछिल्लो ट्विटमा लेखेकी छन्, 'र यो र्याप हो। कस्तो प्यारो, सुन्दर समय थियो। मैले मेरो पहिलो हिन्दी फिल्मको काम सकिसकेँ भन्दा विश्वास नै लाग्दैन। मलाई याद छ। जब मैले पहिलो पटक स्क्रिप्ट सुनेको थिएँ र त्यहीबेला म यो यो सुन्दर फिल्मको एक हिस्सा बन्न चाहन्छु भन्ने भएको थियो।'

यसबाहेक उनले तेस्रो बलिउड फिल्म साइन गर्न लागेको संकेतसमेत गरिसकेकी छन्। ​‘पुष्पा’ उनको दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनसँग दुई भागमा एक साथ बनिरहेको महत्वपूर्ण प्रोजेक्ट हो।  फिल्ममा जस्तै रश्मिकाको सामाजिक सञ्जालमा पनि ठूलो क्रेज छ।  २५  वर्षकी रश्मिकाको इन्स्टाग्राममा १ करोड बढी फलोअर्स छन्। टिकटक भाइरल उनी फेसबुक र सामाजिक सञ्जालमा पनि सक्रिय छिन्।  उनलाई २०२० मा बैंगलोर टाइम्सले ‘मोस्ट डिजाइरेबल वुमन’को उपाधि दिएको थियो।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url