दूरी - करुणा सुवेदी

दुरि
करुणा सुवेदी 

दुरि

थाहा छ, बटारिएपछि रुई, रुई रहन्न  !

तर पनि ज्याेति बन्ने
अभीप्सामा बाँचिरहन्छ ।
शिखामा पुतलीकाे जीवन समाप्त होओस्
तर पनि समर्पित हुने अभीप्सा जागिरहन्छ ।

होला सायद
तिमीलाई सम्झिइरहनु भनेकाे म सिद्धिइरहनु!
मलाई त रित्तिनु थियाे तिमीमा,
म न आधा रहेँ, न पूर्ण भएँ
न समाप्त भएँ, न म म रहेँ ।
अधकल्चाे घाउलाई त
एउटै आस हुँदाे रहेछ सधैँ
कि कसैले विषै सही
तर मल्हम हाे भनेर लगाइदेओस  ।

लाग्छ कि कहिले रोकिदिउँ सासका ढोकाहरू
तर पनि आसका हावाहरू
तिम्रो सुगन्ध बोकेर यसरी चलिदिन्छन् कि
म बाँचिरहेकि  हुन्छु केवल तिम्रा लागि ।
यर्थाथमा, एक्लो यादमा तिमी यसरी आउँछौ
जसरी आँपका फूलमा घुमिरहन्छन् भमराहरू
जसरी झुम्मिरहनछन् धानको खलोमा चराहरू
जसरी मडारिरहन्छन् वर्षातमा बादलहरु
तिम्रो यादको तातो लप्काले हानेर
बारम्बार पग्लिरहेछ कोमल मन ।

न पुग्छन् मेरा आवाज सुदूरसम्म
न पुग्छ मेरा आँखाको बाटो तिमीसम्म
न पुग्छन् पाउहरू तिम्रो पदचाप टेक्न
लाचार र विवश बनेर आफ्नै
परिचय भुलेको थकित यात्री झैँ
पल्टिरहेकी छु भयानक अन्धकारमा
के तिमी ज्योति बनेर आउँछौ?


करुणा सुवेदी ,
बेनी ८ जामुनाखर्क
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url