दाउ राजनितिको





















बुझ्नै गाह्रो हुँदाे रैछ दाउ राजनीतिको


कहिले तल कहिले माथी भाउ राजनीतिको !


आफ्नै मात्र स्वार्थ ठुलो,देशको चिन्ता कस्लाइ

हानाथाप छ को हुने हो माउ राजनीतिको !


जनतालाई आशा मात्रै शान्ति समृद्धि को

कुन दिन डुब्छ भर छैन नाउ राजनीतिको !


पिडामा छ देश सधैं रुन्छिन मातृभूमि

खिल बन्दै गयो कठै घाउ राजनीतिको !


कहिले सम्म हेरि बस्ने गाइजात्रा नेताको

निको पारौं दुखेका घाउ, आउ राजनीतिको !


✍✍    अर्जुन शर्मा 
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url