के  के  गरियो ?

छन्द  :  अनुष्टुप्


राजतन्त्र  हिजो  फाली , गणतन्त्र    पसालियो

शयौँ  राजा  अरू  पाली , अर्थतन्त्र खसालियो

देश मा   महँगा  गाडी , किनियो ॠणमा  डुबी

गहना - गुरिया  साडी , लिइयो भोग मा   भुली

देश को  अङ्ग नङ्ग्याई , आफ्नै अङ्ग सजाइयो

देश को  ढाड बङ्ग्याई , लाखे  नाच  नचाइयो

उद्योग  जे  थिए आफ्ना , सबै  डाँडा कटाइयो

सुखी  समृद्ध   नेपाल , भनी  नाङ्ला ठटाइयो

चर्को   कर   बढाएर  ,  चुसियो   जनता   यहाँ

युवा   अन्त    पठाएर  , गरियो   रमिता    यहाँ

गरिएन  यहाँ  के  के  , स्वप्न - साकार   पारियो

सबै ले  राजधानी मा , आ आफ्ना  घर सारियो

देश का  भव्य कुर्सी मा , आफन्त  जन राखियो

मान्छे  उल्लू  बनाएर , सत्ता को  स्वाद चाखियो

सत्ता मा  छिर्न का  लागि , पार्टी पार्टी  जुटाइयो

भागबन्डा    नमिल्दा मा , पुनः   पार्टी   फुटाइयो

इशारा अन्त को   हेरी  , हिँडियो  भालु   नाचियो

बेचियो अस्मिता आफ्नो, देश को  ढाड भाँचियो

जुनै  विभाग मा   गुण्डा , माफिया  डन  पालियो

कुलमानहरू    जस्ता  ,  साधु - सज्जन फालियो

कृष्ण शरणा उपाध्याय पौडेल

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url