असल मान्छे बन्न मद्दत गर्ने २० सुझावहरु

  • असल मान्छे बन्न मद्दत गर्ने २० सुझावहरु

    • लगातार दुई पटक भन्दा बढि कसैलाई कल नगर्नुहोस् । यदि उनीहरूले तपाईंको कल उठाएनन् भने सोच्नुस्, उनीहरू व्यस्त छन् ।

    • तपाईंलाई सापटी दिने व्यक्तिले सम्झाउनु अगाबै उसँग लिएको पैसा फिर्ता गर्नुहोस् वा फिर्ता गर्न समय लाग्ने जानकारी गराउनुहोस् । यसले तपाईंको निष्ठा र चरित्र देखाउँदछ । यो कुरा छाता, कलम र पुस्तक जस्ता वस्तुमा पनि लागू हुन्छ।

    • यदि कसैले तपाईंलाई लन्च वा डिनर खुवाउँदै  छ भने कहिल्यै मेनुमा भएको महङ्गो खाना अडर नगर्नुहोस् ।

    • "ओह, त्यसोभए तपाईंको बिहे भएको छैन..?" वा "तपाईंका बच्चाहरु छैनन्..?" वा "तपाईंले किन घर नबनाउनु भएको..?" जस्ता अप्ठ्यारो प्रश्नहरु नसोध्नुहोस् । किनकी यी तपाईंका समस्याका विषय हैनन् ।

    • सधैं तपाईंको पछाडि आउँदै गरेको व्यक्तिको लागि ढोका खोल्नुहोस् । त्यो केटा वा केटी, वरिष्ठ वा कनिष्ठ हुनुले फरक पर्दैन । तपाईं कसैलाई सार्वजनिक रूपमा राम्रो व्यवहार गरेर सानो हुनुहुन्न ।

    • साथीसँग ट्याक्सी चढ्दा पुरै भाडा उहाँले तिर्नुभयो भने अर्को पटक आफूले तिर्ने प्रयास गर्नुहोस्

    • फरक-फरक विचार र धारणाहरूको सम्मान गर्नुहोस् । तपाईंले 6 देखेको चिजलाई तपाईंको अगाडि बस्नेले 9 देखिरहेको हुन सक्छ । दोस्रो विचार विकल्पको लागी राम्रो पनि मानिन्छ ।

    • कोही मानिस् बोलिरहेको बेला कहिल्यै बाधा नपुर्‍याउनुहोस् वा हस्तक्षप नगर्नुहोस् । उनीहरूलाई आफ्नो कुरा पूरा गर्न दिनुहोस् । उनीहरूले भनेका सबै कुरा सुन्नुहोस् र फिल्टर गरेर बुझ्नुहोस् ।

    • यदि तपाईं कसैलाई जिस्काउनु हुन्छ र तिनीहरूलाई त्यो कुरा मन पर्दैन भने त्यसलाई रोक्नुहोस् र फेरि कहिल्यै नदोहोर्याउनुहोस् । यसले तपाइँ कत्तिको संवेदनशिल हुनुहुन्छ भन्ने कुरा देखाउँदछ ।

    • कसैले तपाईंलाई मद्दत गर्दा "धन्यवाद" भन्न नबिर्सिनुहोस् ।

    • सार्वजनिक रूपमा प्रशंसा गर्नुहोस्, अनि कमजोरी  सम्बन्धित व्यक्तिलाई नै भन्नुहोस् ।

    • कसैको तौल, उचाईं र छालाको रङमा टिप्पणी नगर्नुहोस्  । त्यो उनीहरूको नितान्त व्यक्तिगत कुरा हो ।

    • जब कसैले आफ्नो फोनमा तपाईंलाई फोटो देखाउँदछ, बायाँ वा दायाँ swipe नगर्नुहोस् ।

    • कसैले अस्पताल जानुछ भन्दा के को लागि हो..? भनेर नसोध्नुहोस् । "मलाई आशा छ तपाईं ठीक हुनुहुन्छ" भनेर सुभेक्षा जनाउनुहोस् ।  उनीहरूलाई आफ्नो व्यक्तिगत स्वास्थ्य अवस्थाको बारे बताउनु पर्ने असजिलो स्थितिमा नराख्नुहोस् । यदि उनीहरू तपाईंलाई बताउन चाहन्छन् भने  तपाईंको जिज्ञासा बिना नै बताउनेछन् ।

    • कार्यालय सहयोगी र हाकिमलाई  समान सम्मानको साथ व्यवहार गर्नुहोस्। तपाईंको रुखो र अभद्र व्यवहारले कोही पनि प्रभावित हुँदैनन् । कसैप्रति गरिने राम्रो व्यवहारको लागि तपाईं कहिल्यै पछुताउनु पर्दैन ।

    • यदि कोही तपाईंसँग प्रत्यक्ष रुपमा कुरा गर्दैछन् भने उहाँलाई सुन्नुहोस् । यस्तो बेला मोबाइलमा घोरिनू असभ्य व्यवहार मानिन्छ ।

    • तपाईंलाई कसैले नसोधेसम्म सल्लाह नदिनुहोस् ।

    • कसैको उमेर र तलबका बारे नसोध्नुहोस् ।

    • आफ्नो कामसँग मतलब राख्नुहोस् । आफू सम्बद्ध कुरामा मात्र चासो राख्नुस् । बाँकी कुरामा फाल्तु समय बर्वाद नगर्नुस् ।

    • राम्रो सन्देश पढेपछि "सन्देशको लागी धन्यवाद" भन्न कोशिस गर्नुहोस् ।       

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url