नेपाली भाषा शिक्षणमा सुनाइ सीपको आवश्यकता र प्राथमिक तहमा सुनाइ सीप शिक्षण

भाषाका चार वटा सीप मध्ये सुनाइ पहिलो सीप हो । अरु द्धारा व्यक्त गरिएका अभिव्यक्तिहरुलाई सुन्ने काम नै सुनाइ हो । यदि कसैको विचारहरुलाई सही रुपमा सुन्न सकिएन भने बुझ्न र भाषिक व्यवहार गर्न सकिदैन ।वालवालिकाहरुले सर्वप्रथम अरुले भनेका कुराहरु सुन्छन त्यसवाट नै उनिहरुले भाषा सिक्न सुरु गर्दछन् । त्यसैले नेपाली भाषा शिक्षणमा सुनाइ सीपको आवश्यकता निम्न अनुसार रहेको छ ।

- अरुले भनेका कुरा स्पष्टसंग सुनेर बुझ्न र ग्रहण गर्न ।

- बोध क्षमताको विकास गर्न ।

- ध्वनिहरुको पहिचान र श्रुति विभेदीकरण गर्न ।

- विषयवस्तुको ज्ञान प्राप्त गर्न ।

- शब्द भण्डारको विकास गर्न ।

- सुनेका आधारमा आफ्ना विचार व्यक्त गर्न ।

- वैयक्तिक, सामाजिक तथा व्यावहारिक आवश्यकता पुरा गर्न ।

प्राथमिक तहमा सुनाइ शिक्षण क्रियाकलाप गराउँदा ध्यान दिनु पर्ने कुराहरु

- शिक्षण गर्नु पूर्व राम्ररी योजना तयार गर्नु पर्छ ।

- कक्षाकोठाको वातावरण, विद्यार्थीको उमेर, क्षमतार विद्यार्थी संख्या समेतलाइ ध्यान दिइ क्रियाकलाप गर्नु पर्छ ।

- शिक्षण क्रियाकलाप रोचक तथा चाखलाग्दो हुन पर्छ ।

- सुन र गर, सुन र भन, सुन र उत्तर देउ, सुन र लेख जस्ता सुनाइ सीपको विकाससंग सम्बन्धित प्रमुख उपायका माध्याम प्रयोग गर्न सकिन्छ ।

- स्तरीय, शुद्ध र वालवालिकाहरुको स्तर अनुसारका छोटा र स्पष्ट भाषाको प्रयोग गर्नुपर्छ ।

२. नेपाली भाषा शिक्षणमा बोलाइ सीपको आवश्यकता उल्लेख गर्दै प्राथमिक तहमा बोलाइ सीप शिक्षण गराउँदा शिक्षकले के कस्ता क्रियाकलापहरु गराउन सकिन्छ ? उल्लेख गर्नुहोस ।

बोलाइ भाषाको दोस्रो आधारभूत सीप हो । आफ्ना आवश्कता पुरा गर्न, इच्छा र जिज्ञासा व्यक्त गर्न, निर्देशन दिन तथा मौखिक रपमा व्यक्त गर्नु बोलाइ हो । कार्यालय संचालन र सामाजिक सम्पर्क लेन देन घर व्यवहार छलफल आदि कुराकानीमा भाषिक सीपहरु मध्ये बोलाइ सीमको आवश्कता पर्दछ । औपचारिक रुपमा सभा समारोहमा भाषण गर्नु, वादविवाद तथा प्रवचन जस्ता प्रतियोगितामा सहभागी हुनु तथा साथी भाईसंग अनौपचारिक रुपमा छलफल गर्न बोलाइ सीपको आवश्यकता पर्दछ ।

बोलाइ सीप शिक्षणको आवश्यकताहरु निम्न छन् ।

- स्तरीय भाषा प्रयोग गर्न ।

- सामाजिक, सांस्कृतिक तथा वैयक्तिक सम्बुन्ध स्थापित गर्न ।

- सभा, सम्मेलन, छलफल, गोष्ठी, प्रवचन, वादविवाद शिक्षण आदि जस्ता क्रियाकलापमा स्तरीय सहभागिता प्रर्दशन गर्न ।

- उच्चारण सम्बन्धी समस्याहरुलाई सुधार गर्दै जान ।

- शिष्ट, स्तरीय र स्पष्ट अभिव्यक्ति क्षमता विकास गर्न ।

- कुशल वक्ता हुन ।

- भाषाको प्रदानात्मक तथा अभिव्यक्तिको सरल उपाय भएकाले ।

बोलााइ सीप शिक्षणको लागि निम्न क्रियाकलापहरु संचालन गर्न सकिन्छ ।

- सम्वाद कुराकानी

- चित्र वर्णन

- घटना अनुभव वर्णन

- कथा कथन

- वाद विवाद

- ध्वनी पहिचान

- शब्द वाक्य विवेदिकरण

३. नेपाली भाषा शिक्षणमा पढाइ सीपको आवश्यकता उल्लेख गर्दै प्राथमिक तहमा पढाइ सीप शिक्षण गराउँदा शिक्षकले के कस्ता क्रियाकलापहरु गराउन सकिन्छ ? उल्लेख गर्नुहोस ।

पढाइ बोध पक्षसँग सम्बन्धित हुन्छ । बोध विनाको पढाइ निरर्थक हुन्छ । पढाइ भनेको लिपिबद्ध सामग्रीलाई आँखा र मस्तिष्कका माध्यामद्धारा अर्थ ग्रहण गर्दै पढ्नु हो । पढाइ त्यस्तो गतिशिल सीप हो जसमा पाठक सुचना प्राप्त गर्नका लागि सदैव क्रियाशिल हुनु पर्दछ । लेखिएको सामग्रीलाई सस्वर र मौन पठन गरी दुई तरिका अपनाउन सकिन्छ । प्राथमिक तहमा पढाइ सीप शिक्षण गर्न निम्न क्रियाकलापहरु संचालन गराउन सकिन्छ ।

- गतियति मिलायर वाचन गराउने,

- शुद्ध र स्पष्ट उच्चारण गराउने,

- शव्द वाक्य गठन र अनुच्छेद पढ्न लगाउने,

- विभिन्न विद्यागत रचनाहरु (कथा, कविता, निवन्ध, जीवनी, चिठी, सम्वाद) पाठ गर्न लगाउने ।

- हाउभाउ मिलाएर अभिनयान्मक ढंगले पढ्नलगाउने ।

- गोजी तालिका प्रयोग गरी शब्दपत्तीहरुको माध्यामवाट शब्द पढ्न लगाउने ।

- वस्तु र अक्षर सम्बन्धित गराएर अक्षर चिन्न अभ्यास गराउने ।

- पढेका कुराको अर्थ र आशय भन्न लगाउने ।

माथि उल्लेखित क्रियाकलापहरु अवलम्बन गरी बोलाइ सीप शिक्षण क्रियाकलाप संचालन गर्यो भने विद्यार्थीहरुमा बोलाइ सीप दिगो र प्रभावकारी हुन्छ ।

४. नेपाली भाषा शिक्षणमा लेखाइ सीपको आवश्यकता उल्लेख गर्दै प्राथमिक तहमा लेखाइ सीप शिक्षण गराउँदा शिक्षकले के कस्ता क्रियाकलापहरु गराउन सकिन्छ ? उल्लेख गर्नुहोस ।

भाषाका चारवटा सीपहरुको लेखाइ प्रदानात्मक सीप हो । सुनेका, देखेका, पढेका, कुराहरुलाई सिलसिला मिलाएर प्रस्तुत गरिने कार्य लेखाइवाट हुन्छ । लेखाइको प्रयोगवाट कार्यालय, विद्यालयमा मात्र उपयोगी नभएर घरायसी काम काजमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । लेखाइ एक चिरस्थायी सीप हो जुन आफुले अनुभव गरेका तथा ज्ञान आर्जन गरेका कुरालाई संचित गरेर भविश्यका लागि समेत उपयोग गर्न सकिन्छ । प्राथमिक तहका लागि लेखाइ केवल अभ्यासिक क्रियाकलाप मात्र हुन सक्छ । कक्षा कोठामा लेखाइ सीपको विकास गर्न निम्न लिखित क्रियाकलापहरु संचालन गराउन सकिन्छ ।

- हस्त लेखन,

- अनु लेखन,

- श्रुती लेखन,

- चित्र वा वस्तु वर्णन,

- अनुभव तथा घटना वर्णन,

- सांराश लेखन,

- अनुच्छेद लेखन,

- आफ्नो इच्छा अनुसारको लेखन ।

यसरी उपयुक्त क्रियाकलापवाट बालबालिकामा अक्षर लेखाउने सीप विकास गराउन सकिन्छ ।

५. दोस्रो भाषाका रुपमा नेपाली सिक्ने विद्यार्थीहरुमा देखिने मुख्य समस्या उल्लेख गरी समाधानका उपयुक्त उपायहरु लेख्नुहोस ।

कुनै पनि व्यक्तिको आफ्नो मातृभाषा बाहेक सिकेको अर्को भाषालाई दोस्रो भाषा भनिन्छ । जुन भाषा विद्यार्थीहरुले विद्यालयमा आएर सिक्ने वातावरण सिर्जना हुन्छ ।नेपाल बहुभाषिक मुलुक हो । यहाँ १२५ जातजाती र १२३ भाषाभाषिका मानिसहरु वसोवास गर्छन । सबै जातजातीका मानिसहरु छरिएर बसेका कारणले हाम्रो कक्षाकोठा बहुभाषिक हुन्छ । यसर्थ पहिलो भाषाको तुलनामा दोस्रो भाषाको रुपमा नेपाली भाषा शिक्षण गर्न विद्यार्थीहरुमा  समस्याहरु हने हुँदा विभेदरहित, फरक रणनीति र विभिन्न विधिहरु अपनाई शिक्षण गर्नु पर्दछ ।

दोस्रो भाषा रुपमा नेपाली सिक्ने विद्यार्थीहरुमा  देखिने समस्याहरु ः

- उच्चारण सम्बन्धीकठिनाइ ।

- शब्द भण्डारण सम्बन्धी समस्या ।

- मातृभाषा बोलिरहने बानीको समस्या ।

- घर परिवार र छरछिमेकको बोलिरहने भाषिक वातावरणले ।

- व्याकरण सम्बन्धि समस्या ।

- मातृभाषाका शिक्षकको अभाव ।

- शिक्षकले त्रुटी विश्लेषण र व्यतिरेकी विश्लेषण जस्ता सिद्धान्तलाई अवलम्वन नगरी शिक्षण गर्नाले ।

दोस्रो भाषा रुपमा नेपाली शिक्षण गर्न उपयुक्त समाधानका उपायहरु ः

नेपाली भाषा र विद्यार्थीहरुले बोल्ने मातृभाषाका शब्द, वाक्य, ध्वनी र उच्चारण गर्न अभ्यास गराउने ।

ड्ड शब्दलाई सही ढंगवाट उच्चारण गर्न सस्वर तथा मौन पाठ वाचन गर्न लगाउने ।

- उच्चारण गर्न कठिनाई भएका शब्दहरुलाई बढि प्रयोग गर्ने ।

- शब्दपत्ती, चित्र, तालिका प्रस्तुत गरी पठनपाठन गराउने ।

- कक्षा कार्य, गृहकार्यमा वढि जोड दिने ।

- अभ्यास र पुनरावृतिलाई बढि जोड दिने ।

- मिश्रित समूह बनाई सहपाठी शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराउने ।

- भाषा शिक्षण सिद्धान्त प्रयोग गरी शिक्षण सिकाई क्रियाकलाप गराउने ।

माथि उल्लेखित क्रियाकलापहरु अवलम्बन गरी दोस्रो भाषाको रुपमा नेपाली शिक्षण क्रियाकलाप गर्यो भने दोस्रो भाषा प्रयोग गर्ने विद्यार्थीहरुको  शिक्षण सिकाइ दिगो र प्रभावकारी हुन्छ ।

६. पुरक सामग्री भनेको के हो? भाषा शिक्षणमा यसको महत्वको बारेमा चर्चा गर्नुहोस ।

- शिक्षण सिकाइ कार्य सम्पन्न गर्न ।

- पाठ्यक्रमले निर्दिष्ट गरेको उदेश्यहरु हासिल गर्न ।

- सिकाइ रमाइलो वातावरण र रुचिका साथ अध्ययन गर्न ।

- शब्दकोष, वालगीत, कविता, वालसन्दर्भ, समचारपत्र आदि पुरक सामग्री हुन ।

भाषा शिक्षणमा यसको महत्व निम्न छन् ।

- शिक्षण सिकाइ क्रियाकलाप प्रति ध्यान केन्द्रित गर्न ।

- शव्द भण्डार विकास गर्न ।

- पढाइ सीपको विकास गर्न ।

- शिक्षण सिकाइ प्रभावकारी बनाउन ।

- सरल ढंगवाट विषयवस्तु बुझाउन ।

- सिकेको ज्ञान सीपलाई दिगो पार्न ।

- वालमैत्री वातावरणको सिर्जना गर्न ।

- मौलिक रुपमा रचनाहरु तयार गर्न ।

७. कविता विद्याको परिचय दिई यसको प्रयोजन सहित शिक्षण क्रियाकलाप लेख्नुहोस ।

कविता लयात्मक, भावमय र सांगेतिक विद्या हो । यस वाट वाल ह्रदयलाई आनन्दित तुल्याउने हुनाले वालवालिकाहरुले रोचक मानी पढ्छन । यसमा वाल मष्तिकलाई उत्प्रेरणा दिने सामाथ्र्य लुकेको हुन्छ । शुरु तहका वालवालिकाहरु लयवद्ध रुपमा कविता सुन्न र पढ्न रुचाउने हुन्छन् । यसर्थ कविताका माध्याम वाट सिकाइएका कुराहरु वालवालिकाले पछि सम्म सम्झीरहन्छन ।

प्राथमिक तह देखि नै कविता विद्या राख्नुको मुख्य प्रयोजन यस प्रकार छ ।

- गतियति मिलाई लय बद्ध पठन अभ्यासको विकास गर्न ।

- शब्द भण्डारको विकास गर्न ।

- शुद्ध उच्चाहरण क्षमताको विकास गर्न ।

- कविता प्रति रुचि र सृजनात्मक प्रवृतिको विकास गर्न ।

- कल्पना शक्तिको विकास गर्न ।

कविता गद्य र पद्य दुई प्रकारका भए पनि प्राथमिक तहमा पद्यात्मक कविता नै राखिएका छन् । यि कविताहरुलाई शिक्षण गर्न निम्न क्रियाकलापहरु संचालन गर्न बढि व्याहारिक र सान्र्दभिक देखिन्छ ।

- लयबोध

- शब्दार्थ शिक्षण

- भाव बोध

- प्रश्नोत्तर

- सांराश

- स–साना कविता लेखनको अभ्यास ।

माथि उल्लेख गरिएका क्रियाकलापहरुलाई योजना सहित विद्यार्थी केन्द्रित विधि अपनाएर शिक्षण गरियो भने अझ बढि प्रभावकारी र दिगो हुन्छ ।

आधारभूत तहमा व्याकरण शिक्षण गर्न पाठ्यक्रमले सिफारिस गरेका विधिहरु कुन कुन हुन ? ती विधि मध्ये यस तहमा व्याकरण शिक्षण गर्न उपयुक्त हुने विधिको कारण सहित वर्णन गर्नुहोस ।

लिखित अभिव्यक्तिलाई व्यवस्थित बनाउन भाषा शिक्षण कै क्रममा व्याकरणको शिक्षण गरिन्छ । व्याकरणले भाषालाई व्यवस्थित र अर्थपूर्ण बनाउने काम गर्दछ । व्याकरणमा अनुवन्धित भाषा पछि सम्म जीवित रहन्छ ।

आधारभूत तहमा व्याकरण शिक्षण गर्नका लागि हाम्रो पाठ्यक्रमले निम्न विधिहरु सिफारिस गरेको छ ।

क. निगमन विधि (नियमवाट सिकाउने)

नियम अथवा सुत्रवाट सिकाउने विधि निगमन विधि हो यो व्याकरण शिक्षणको पुरानो विधि हो । यस विधिमा विद्यार्थीहरुलाई पूर्व निश्चित नियम दिइन्छ र नियम कै आधारमा विद्यार्थीले उदाहरण प्रस्तुत गर्नपर्दछ । यो नियम वा सुत्रमा शुरु हुन्छ र उदाहरणमा अन्त्य हुन्छ । यो शिक्षक केन्द्रित र सैद्धान्तिक विधि हो । यस विधिमा विद्यार्थी क्रियाकलाप कम हुनाले प्रा.वि. तहमा व्याकरण शिक्षणको लागि उपयोगी मानिन्छ ।

ख. आगमन विधि (उदाहरणवाट सिकाउने)

यो निगमन विधिको ठिक विपरित विधि हो । यसमा पहिले भाषाका विविध संरचनाका अनेकौ उदाहरण दिइन्छ र तिनै उदाहरणवाट अन्त्यमा नियम परिभाषा वा सिद्धान्त बनाउन अभिप्रेरित गरिन्छ । यो विद्यार्थी केन्द्रित विधि हो । यो विधिमा उदाहरण र अभ्यासवाट सिकिने भएकालृे विद्यार्थीले रोचक ढंगले व्याकरण बुझ्दछन् तर अभ्यासका निम्ती यथेष्ट सामग्री नहुनाले निगमनको तुलनामा बढि तथा पाठ्यपुस्तक विधिको तुलनामा कम प्रवाभकारी हुन्छ ।

ग. भाषा पाठ्यपुस्तक विधि

भाषा पाठ्यपुस्तकका मूल अंशवाट व्याकरण सिकाउने तरिका पाठ्य पुस्तक विधि हो । भाषा व्याकरण वद्ध छ । र व्याकरण भाषा भित्रै समाहित हुन्छ । यस धारणा अनुसाार भाषाको व्याकरण पनि पाठ्य पुस्तक कै पाठहरु वाट नै सिकााइन्छ । यो व्याकरण शिक्षणका लागि सर्वाधिक प्रचलित विधि हो । आधारभूत तह (प्राथमित तह) का उपयुक्त हुने व्याकरण शिक्षणको विधि भाषा पाठ्य पुस्तक विधि हो । यसका कारणहरु निम्न छन् ।

- यस विधिले भाषा र व्याकरणलाई अलग अलग मान्दैन ।

- व्याकरण शिक्षणको मुख्य प्रयोग सम्बन्धित पाठकै मूल अंशवाट सिकाइन्छ ।

- यसमा वालवालिकाहरुले प्रशस्त प्रयोग र अभ्यास गर्ने अवसर पाउँछन ।

- यो विधि अनुसार शिक्षण गर्दा विद्यार्थीको क्रियाशिलता बढेर सिकाइ दिगो हुन्छ ।

- यस विधि अनुसार शिक्षण गर्दा शिक्षकले केवल पथ पर्दशकको मात्र भूमिका निर्वाह गर्दछ ।

निष्कर्षमा के भन्न सकिन्छ भने यस विधि अनुसार व्यकारण शिक्षण गर्दा व्याकरण शिक्षणको आधुनिक अवधारणा, प्रस्तुतीकरण, अभ्यास र उत्पादनको प्रक्रियालाई समेत अवलम्बन गर्ने हुदाँ आधारभूत तहमा व्याकरण शिक्षणका लागि यो विधि उपयुक्त हुन्छ ।

> प्राथमिक तहमा गणितका यस्ता प्रश्नहरु सोध्न सक्छन् । के तपाईं उत्तर लेख्न तयार हुनुहुन्छ?

क) कक्षा ३ का विद्यार्थीलाई गुणन शिक्षण गर्न के कस्तो शैक्षिक सामाग्री र विधिको प्रयोग गर्न सकियो भने शिक्षण प्रभावकारी हुन्छ?

ख) प्राथमिक तहको पाठ्यक्रममा गणित विषयलाई किन अनिवार्य विषयका रुपमा समावेश गरिएको हो? उदाहरणसहित स्पष्ट पार्नुहोस्।

ग) तपाईले भिन्न शिक्षण गर्दाका कक्षा क्रियाकलाप केकस्ता हुन्छन्? उदाहरणसहित लेख्नुहोस्।

घ) संख्या भनेको के हो? संख्या र अङ्कमा के फरक छ? प्राथमिक तहका प्रारम्भिक कक्षामा संख्याहरुको धारणा शिक्षण कसरी गर्न सकिन्छ? उदाहरणसहित उल्लेख गर्नुहोस्।

१. सर्वप्रथम व्यवसायिक शिक्षाको शुरुवात कसले गरेका थिए ?

-जयस्थिति मल्ल

2. बर्तमान शिक्षाको राष्ट्रिय उद्देश्य कति सालबाट कार्यान्वयनमा आएको हो ?

-विसं २०६४

३. कुन दिनलाई तथ्यांक दिवसको रूपमा मनाइन्छ ?

-जेठ 7

४. सबैका लागि शिक्षा कार्यक्रमअन्तर्गत साक्षरता लैङ्गिक समानता सूचक सन् २०१५ सम्म कति पुगेको छ ?

५. विद्यालय क्षेत्र सुधार योजना कहिले स्वीकृत भएको हो?

-२०६६६ भाद्र ४

६. राष्ट्रिय विकास समस्या समाधान समितिको अध्यक्ष को रहन्छ?

-प्रधानमन्त्री

७. सहस्राब्दी विकास लक्ष्यमा शिक्षासम्बन्धी लक्ष्य कति नम्बरमा रहेको छ ?

-लक्ष्य नम्बर २

८. नेपालमा शिक्षण आमा प्रतिवेदनले प्रत्येक जिल्लामा कस्तो विद्यालय वृद्धि गर्ने सिफारिस गरेको छ ?

-बहुउदेश्य विद्यालय

९. सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन कहिले पेश गरिएको थियो ?

-२०१८/०३/५

१०. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2049 ले उच्च शिक्षालाई कति तहमा परिवर्तन गरिएको छ ?

-४ तह

११. नेपालको शिक्षा नीति प्रकाशनमा कस्तो व्यवस्था रहेको देखिन्छ ?

-बहु द्वार

१२. ओडियल पद्धतिलाई संस्थागत गर्न कस्तो अर्थशास्त्र स्थायित्व संस्था निर्माण को नीति रहेको छ ?

-Highlevel council

१३. कति वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा रहेको छ ?

-७३

१४. नेपालको संविधानको कति धारामा शिक्षासम्बन्धी हकको व्यक्त गरिएको छ?

-धारा 31

१५. बालअधिकारसम्बन्धी महासन्धि मा शिक्षासम्बन्धी अधिकार कुन कुन धारामा रहेका छन् ?

-धारा 28 र २९

१६. शिक्षा जीवन हो तर जीवनको तयारी होइन यो भनाइ कसको हो ?

-जोन डीबे

१७. जान्ने मान्छे सँग सम्पर्कमा रहेर सीपमा दक्षता हासिल गर्नु कुन धारणा हो ?

-परम्परागत धारणा

१८. सिकारूको अनुभवमा आधारित हुने पाठ्यक्रम लाई कस्तो पाठ्यक्रम भनिन्छ ?

-क्रियाकलाप केन्द्रित पाठ्यक्रम

१९. पाठ्यक्रम सिकाईको योजना हो यो भनाइ कसको हो?

-हिल्डा टावा

२०. प्राथमिक शिक्षा पाठ्यक्रम अन्तर्गत कक्षा १-३ को वार्षिक कक्षा कति घण्टा हो ?

-८१६

२१. सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकार कति अनुसूचिमा रहेको छ

-अनुसूची 9

२२. शिक्षक लाई नपरी बाट हटाउने वा बर्खास्त गर्ने अधिकारि को हुने व्यवस्था छ?

-सम्बन्धित क्षेत्रीय शिक्षा निर्देशक

23. विद्यालय विकास प्रस्तावको प्रस्तुतिकरण वापत कति अङ्क प्रदान गरिन्छ?

४ अङ्क

24. विकासमा पठारको स्थिति देखा पर्ने मानव विकासकुन हो ?

-नवजात अवस्था

25. नेपालको आयोजनामा कुन योजनाबाट लैङ्गिक मुद्दा समावेश गरिएको हो?

-छैटौं योजना

१. शिक्षा ऐन २०२८ किन जारी गरिएको हो ?

-राष्ट्रिय शिक्षा पद्दतिको योजना अनुरुप बिद्यालयहरुमा दिइने शिक्षाको व्यवस्था गर्न ।

२. हालसम्म शिक्षा ऐन २०२८ मा कति पटक संशोधन भएको छ  ?

-नवौं पटक २०७४र०७र०६

३. शिक्षा ऐन २०२८ लागू भएको मिति र जिल्ला  ?

-२०२८/०७/१५ २ जिल्ला

२०२९/०६/१५ १३ जिल्ला

२०३०/०७/०१ १६ जिल्ला

२०३१/०६/२१ २० जिल्ला

२०३२/०६/२० २४ जिल्ला

४. प्रारम्भिक बाल शिक्षा भन्नाले के बुझिन्छ ?

-चार बर्ष उमेर पुरा गरेका बालबालिकालाई एक बर्षको प्रारम्भिक बाल शिक्षा दिने विद्यालय सम्झनु पर्दछ ।

५. अनुमति भन्नाले के बुझिन्छ ?

-अस्थायी स्वीकृतिलाई जनाउछ ।

६. स्वीकृति भन्नाले के बुझिन्छ  ?

-स्थायी स्वीकृतिलाई जनाउछ ।

७. शैक्षिक गुठी कति प्रकारको हुन्छ ?

-दुई प्रकारको ।

८. कसले बिद्यालय खोल्न अनुमति लिनु पर्दैन ?

-नेपाल सरकारले ।

९. शैक्षिक गुठीमा  कति जना सदस्य हुन्छन ?

-सार्वजनिक गुठीमा ५ जना र निजी गुठीमा ३ जना ।

१०. राष्ट्रिय परीक्षा बोर्डको व्यवस्था शिक्षा ऐन २०२८ को कुन दफामा राखिएको छ ?

-दफा ४ क ।

११. राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष को हुने व्यवस्था छ ?

-मन्त्रालयको सचिव ।

१२. राष्ट्रिय परीक्षा बोर्डले प्रतिवेदन कहाँ पेश गर्दछ ?

-शिक्षा मन्त्रालयमा ।

१३. बोर्डको लेखा परीक्षण कहाबाट हुने व्यवस्था छ ?

महालेखापरीक्षकबाट ।

१४. राष्ट्रिय परीक्षा बोर्डको कार्यालय कहा रहने व्यवस्था छ ?

-काठमाडौं उपत्यका भित्र ।

१५. माध्यमिक शिक्षाका प्रकार कति छन् ?

-तीन प्रकार ।

१६. दुर शिक्षा विशेष शिक्षा र समावेशी शिक्षाको संचालन कसरी गर्ने व्यवस्था छ ?

– साधारण शिक्षा सरह ।

१७. विद्यालय शिक्षाको माध्यम के हुने  व्यवस्था छ ?

-विद्यालय शिक्षाको माध्यम नेपाली भाषा अंग्रेजी भाषा वा दुवै भाषा हुनेछ ।

१८. राष्ट्रिय शिक्षा परिषदको व्यवस्था किन गरियको हो ?

-शिक्षा सम्वन्धी नीति निर्धारण गर्नेसम्बन्धमा नेपाल सरकारलाई सल्लाह तथा सुझाव दिन ।

१९. राष्ट्रिय शिक्षा परिषदमा कति जना सदस्य हुन्छन ?

-२३ जना

२०. विद्यालयले कहाबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्नु पर्दछ ?

-विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्नु पर्दछ  ।

थप जानकारी

नेपालमा विद्यालय शिक्षाको संरचना

शिक्षाको इस्तिहार १९९६ अनुसार   ३+४+३

राष्ट्रिय शिक्षा आयोग २०११ भन्दा पहिले   ३+२+३+२

राष्ट्रिय शिक्षाआयोग २०११ अनुसार   ५+५

सर्वाङिगण राष्ट्रिय शिक्षा समिति २०१८ अनुसार   ५+६

राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ पूर्व   ५+३+२

राष्ट्रिय शिक्षा पद्दतिको योजना २०२८ अनुसार   ३+ ४+३

पाठ्यक्रम कार्यान्वन योजना २०३८ अनुसार   ५+२+३

राष्ट्रिय शिक्षाआयोगको प्रतिवेदन  २०४९ अनुसार   ५+३+२+२

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३  ८+४

विद्यालय क्षेत्र सूधार कार्यक्रम २०६६-७२ अनुसार ८+४

शिक्षा ऐन २०२८ को आठौं संशोधन अनुसार ९+४

आधार स्कुल ३+२+३

१. शैक्षिक शत्र बैशाखमा शुरु कहिले बाट भएको हो??

# बि स २०५९

२. कक्षा ९ र १० मा बिज्ञान विषय अनिवार्य : #बि स २०२८ (सो भन्दा अगाडी ऎच्छिक)

३. रेडियो तालिम शुरु :

# बि स २०३७ भाद्र २

४. नि मा बि बाट संस्कृत हटि नागरिक शिक्षा वा नैतिक शिक्षा शुरु :

# बि स २०६०

५. स्वा ज वा विषय नि मा बि मा अनिवार्य गरिएको :

# बि स २०५२

६. स्वा ज वा विषय मा बि मा अनिवार्य गरिएको :

#बि स २०५६ मा कक्षा ९ बाट शुरु

७. पाठ्यक्रम बिकास केन्द्रले मातृभाषामा पाठ्यसामग्री बनाउन शुरु :

# बि स २०५४

८. राष्ट्रिय शिक्षक सेवा आयोगको नाम परिबर्तन गरि शिक्षक सेवा आयोग :

#बि स २०५८ माघ २५

९. राष्ट्रिय शिक्षक सेवा आयोग शुरूवात २०५५/१०/०१ हुदा सदस्य संख्या :

#५ (पछि ३)

१०. शिक्षा र खेलकुद मन्त्रालय अलग बनाईएको :

#बि स २०६५ भाद्र १५

११. जिल्ला शिक्षा योजनाको शुरूवात :

#बि स २०४९ को आधार्भुत तथा प्राथमिक शिक्षा परियोजना देखि

१२. जिल्ला शिक्षा योजना तयार गर्ने :

# जिल्ला शिक्षा कार्यालय

१२. शिक्षा बिभागमा महानिर्देशक रहने ब्यबस्था :

#बि स २०२४

१३. बिद्यालय सुधार योजना बनाउने : # बिद्यालय (पेश गर्ने श्रोत केन्द्र)

१४. बिद्यालय सुधार योजना देशैभरी कार्यान्वयन :

# आ ब २०५८/५९

१५. शिक्षक शिक्षा तालिम कार्यक्रम २०२६ कसको सहयोगमा :

# सयुक्त रास्ट्र संघ

१६. टि पि डि को नितिगत ब्यबस्था गर्ने : #बिद्यालय  क्षेत्र सुधार कार्यक्रम

१७. शिक्षक हुनका लागि तालिम अनिवार्य :

# रा शि प योजना २०२८

१८. नेपालमा ईन्टरनेट सेवा शुरु : #

ई स १९९४

१९. नेपालमा दुर शिक्षाको शुरूवात :

बि स २०१४

२१) चौधौं योजनाले योजनाको अन्त्य मा माध्यामिक तहको खुद भर्नादर कति पुर्याउने लक्ष्य लिएको छ?

#४५

२२) कक्षा ५ कोपाठमा कुनै सात वाटा पाठमा जम्मा १९ रेजा पायो भने उसको श्रेणी कुन हुन्छ?

# क

२३)शिक्षकको सेवाको सुरक्षा र संबर्धन गर्ने कार्यको उत्तरदायी को हुन्छ?

# प्र अ

२४)वि.सं. २०२८ सालमा नेपालमा कतिवाटा क्षेत्रीय शिक्षा निरिक्षणालय स्थापना भएका थिए?

#४

२५) SEE को परीक्षा केन्द्र तोक्ने काम काअको हो?

# माध्यमिक शिक्षा परीक्षा समन्वय समिती

२६)उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ले शिक्षामा बजेट को हिस्सा कति पुराउन सिफारिस गरेको थियो?

#१७%

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url