अरब देशको रमजानमा हामी नेपाली : रमेश अधिकारी

अरब देशको रमजानमा हामी नेपाली

मुस्लिम्हरुको पबित्र महान पर्व भोलि देखि सुरु हुने भयको छ । मुस्लिम समुदायमा यो पर्व भब्यका साथ मनाउने गर्दछन । मुसलमान समुदायले यो पर्व एक महिना सम्म भोकै व्रत बसेर मनाउने गर्दछन। 

अरु देशको तुलनामा खाडी मुलुकमा काम गर्ने हामी नेपाली धेरै छौ। नेपाली उखान 'देश अनुसारको भेष कपाल अनुसारको केश" भनेझै, नेपाली साथी भाईहरुले पनि आफ्ना टुइटर फेसबुकहरुमा पनि "रमदान करिम" लेखेर शुभकामना आदानप्रदान गरेको पाइन्छ । रमादानको समयमा हामी रोजगारीका लागि बसेका सम्पुर्ण गैर धर्मावलम्बीहरुले पनि यसलाई सामान्य रुपमा लियर सचेत हुनुपर्छ ।

रमदानको बेलामा कामदारलाई पनि केही सजिलो हुन्छ अरु बेला जस्तो दैनिक १०,१२ घन्टा काम गरिराख्नु पर्दैन । कंपनी अफिसहरुमा १० ,१२ घन्टा बजाय ४ घन्टा काम गर्ने नियम बनाएका हुन्छ्न । कामको बढी लोड हुने कम्पनीहरुमा यहाँको सरकार संग अनुमती लियर ८ घन्टा भन्दा बढी काम गर्ने माग गर्दछन ।

यो रमदानको समयमा काम गरे बापत एक टाईमको खाना र ओभरटाईमको पैसा पनि कामदारले दोब्बर पाउने गर्छन् । यो रमदानको समयमा अरु महिनाका तलब भन्दा दोब्बर तलब पनि नेपालिहरुले थाप्ने गर्छन् ।

यति बेला खाडीमा बाहिर को तापमान बढेर ४४/४५ डिग्री सेल्सियस पुगेको छ । रमदान र गर्मीको काँरण बिहान ५ या ६ बजे देखि अधिकांस कम्पनीहरु सुरु हुने गर्छन र १२ नबज्दै काम सकिने हुनाले काम गर्ने समय घटेपछी दिनभरिको तातो हावा र गर्मी देखि हामी पनि राहत पाँउछौ ।

साँझ परेपछि अर्थत सुर्यअस्त पछि,  दिन भरी भोकै व्रत बसेकाहरु नजिकैको मस्जिदमा प्रार्थना अर्थात सला पढ्न जाने गर्छन । त्यही समयमा हामी पनि बाहिर निस्कने हो भने खाना , फलफुल, जुस आदि परिकार हरु प्रसादको रुपमा सित्तैमा पाइन्छ । मुसलमान हरुले आफ्नो भगवान अर्थात अल्ला को नाममा छोडेका हुन्छन भने कोहि मुसलमानहरुले अलपत्र परेका ,बेसहारा ,रोगी दुखी लाई पनि लगेर उद्दार गरेको पाइन्छ ।

रमदानमा व्रत बसेकाहरुले बिहान सुर्य उदाय देखि बेलुकी सुर्य अस्त नहुन्जेल सम्म सार्बजनिक स्थलमा पानी , जुस ,तथा अन्य खानेकुरा खाना हुदैन । हामीहरुले यस्तो सर्बजनिक स्थलमा खाएमा मुसलमान हरुलाई जिस्काएको थहर्छ र कारबाहीमा पनि पर्न सकिन्छ यस्तो समयमा साबधानी अपनाउनु पर्छ । लुकेर या कसैले नदेख्ने ठाउँमा बसेर खायपनी कसैले देखेमा कारबाहीमा पर्न सकिन्छ । त्यसैले आफ्नो घर वा कोठामा बसेर खान उत्तम मानिन्छ् ।

मुसलमानहरुले दिन भरी लाई पुग्ने गरि एकै पटक बिहान सुर्य उदाउनु अघि खाना खाईसकेका हुन्छन् । दिनभरी लाई भोक प्यास नलागोस भनी हामी नेपालिहरुले पनि त्यसै गरि खान उपयुक्त मानिन्छ । अन्यथा दिनमा दुकान , पसल मार्केट बन्द हुने भएकोले चाहेर पनि नपाउन सकिन्छ ।

रमदानको व्रत बसेको समयमा मुसलमान संग झुक्कियर पनि बोल्न मजाग गर्न हुदैन, रमदानको समयमा कुनै पनि सार्बजनिक स्थलमा धूम्रपान ,मध्यपान गर्न पाइदैन यसो गरेमा ६ महिना जेल सजाँय सहित देशनिकाला पनि हुन सक्छ ।

त्यसैले धार्मिक शहिष्णुताको उदाहरणिय हाम्रो मुलुकबाट खाडी आयर बसेका हामी नेपाली पनि रमदानमा रमाइलो गरौँ , अरुको संकृतिको पनि सम्मान गरौँ ,

" रमदान करिम " 


Ramesh Adhikari 

Dammam, KSA

यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url