ब्राह्मण को हुन? के बाहुन नै ब्राह्मण हुन त?

के हो ब्राह्मण ?

ब्राह्मण भनेको बाहुन होइन ! बाहुन त केवल एउटा नश्ल मात्रै हो ! तर ब्राम्हाण भनेको त ब्रह्माण्डको बारेमा उच्च जानकारी भएको एउटा महान व्यक्तित्व सहितको उच्चस्तरीय पदवी हो ! ब्राह्मणको अर्थ हो ब्रह्मज्ञान भएको अर्थात ब्रह्माण्डको बारेमा जानकारी राख्न सक्ने खुवी भएको ज्ञानी ब्यक्तित्त्व !

त्यसैले संस्कृतमा ब्राह्मणको बारेमा भनिएको छ; "ब्रह्म जानती ब्राह्मण" अर्थात ब्राह्मण भनेको त्यो हो जसलाई ब्रह्माण्डको बारेमा जानकारी हुन्छ ! कोहिँ पनि मान्छे जन्मदै ब्राह्मण भएर आउदैन, कठिन कर्मको माध्यमबाट अनन्त ज्ञान आर्जन गरेको मान्छे जुनसुकै कुलमा जन्मेको भए पनि ऊ ब्राह्मण कहलिन सक्छ !

त्यसको ज्वलन्त उदाहरण हुन, काले राई अर्थात डा. स्वामी प्रपन्नाचार्य ! बिक्रम सम्बत १९८० साल कात्तिक ३ गते पाँचथर जिल्लाको लालीखर्क बरडाँडाको राई परिवारमा जन्मिएका काले राई ३० बर्षको उमेरसम्म अशिक्षित नै थिए ! ३० वर्षको उमेरमा उनी अध्ययनका लागि भारतको बनारस गएका थिए ! बनारस संस्कृत विश्वविद्यालयबाट वेदान्त शास्त्र विषयमा आचार्य र विद्यावारिधि गरेका उनी त्यसपछि सन्यास ग्रहण गरी स्वामी प्रपन्नाचार्यको नामले चिनिन थाले !

शारीरिक रुपमा बलियो छँदै घरवार छाडेर तपस्वी जीवन बिताउने प्रपन्नाचार्यले वेदमा विद्यावारिधि गरेर वेद बाहुनले मात्रै पढ्नुपर्छ भन्ने कुरालाई असत्य सावित गरिदिएका थिए ! जुन कुरा त्यसबेला त्यति सजिलो चुनौती थिएन ! तर उनले यसरी ज्ञान आर्जन गरि उनी ब्राह्मणका पनि ब्राह्मण हुनपुगे ! उनिद्वारा लिखित "वेदमा के छ ?" भन्ने पुस्तक निकै प्रसिद्ध पुस्तक हो ! वेदलाई सहजै ब्याख्या गर्नसक्ने उनि संस्कृत भाषाका प्रकाण्ड विद्वान समेत थिए !

भारतका कतिपय धार्मिक र बौद्धिक मंचहरुमा उनलाई बेदको बारेमा ब्याख्या गर्न बोलाईन्थ्यो जहाँ उनले संस्कृतमै धारा प्रवाह प्रवचन दिने गर्थे ! त्यसैले गर्दा आफुलाई उच्च स्तरको ब्राह्मण हुँ भन्नेहरुले पनि स्वामी प्रपन्न्नचार्यलाई भेट्दा सगौरव उनको खुट्टा छुने गर्दथे !

त्यसैले ब्राह्मण जन्मले हुने होइन, कर्मले हुने हो ! कठिन कर्मयोगी कार्य नगरी कोहि पनि व्यक्ति ब्राह्मण हुन सक्दैन ! र उचित कर्म गर्न सके जातको पर्खाल पनि सहजै तोड्न सकिदो रहेछ भन्ने कुराको उनि सवभन्दा ठुलो उदाहरण हुन !

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url