कर्णप्रिय लोकधुनमा आधारित गीत 'चरी बाँसैमा' बजारमा

कर्णप्रिय लोकधुनमा आधारित गीत 'चरी बाँसैमा': रबि कार्की र प्रविन खत्री
म्याग्दी,

म्याग्देली गायक तथा सर्जक रबी कार्की को ‘चरी बाँसैमा’ बोलको गीत सार्वजनिक भएको छ । कार्कीलाई गित गायनमा गायिका कमला पोख्रेलले साथ दिनुभएको छ । गितमा ग्रामिण परिवेशको कथावस्तुलाई समेटिएको छ । प्रेम बिवाह गरेकी युवतिका श्रीमान जड्या भएर दुख पाएको, समाजले हेयको व्यवहार गरेको, परिवारबाट संरक्षण नभएको तथा श्रीमानले सम्झाउन खोजेको कथा व्यक्त गरिएको छ ।

गीतमा म्याग्दी भिरमुनीका प्रविन खत्रीको शब्द र संगित रबी कार्कीको रहेको छ । उक्त भिडीयोमा कृष्ण केसी ले संगित संयोजन गर्नुभएको छ । गीतको म्युजिक भिडियोमा रवी कार्की र इस्मारीका ढकालको अभिनय रहेको छ । गीतमा प्रयोग भएको परम्परागत कर्णप्रिय लोकधुन सबै संगीतप्रेमीहरुको मन जित्न सफल देखिन्छ। अत्याधुनिक साधन र परम्परागत लोकधुनको समीश्रण बाट अत्यन्त कर्णप्रिय धुनमा उत्तिकै उत्क्रिस्ट स्वरमा चरी बाँसैमा बजारमा आएको छ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको भिडियोलाई क्रियटिभ मिडियाका भुपेन बानियाँले निर्देशन गर्नुभएको हो । मौलिक शैलिको गितको भिडियोको छायांकन र दृष्य सम्पादनमा बानियाले सिर्जनशिलताको प्रयोग गर्नुभएको छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url