'प्रेमगीत ३' अब तिन देशमा रिलिज हुने

प्रेमगीत ३ अब तिन अन्तरास्ट्रिय भाषा र देशमा रिलिज हुने
प्रेमगीत ३ अब तिन अन्तरास्ट्रिय भाषा र देशमा रिलिज हुने

प्रेमगीत ३ अब तिन अन्तरास्ट्रिय भाषामा रिलिज हुने

काठमाडौं । 

दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरि तिन अन्तरास्ट्रिय भाषामा तिन देशमा रिलिज गर्ने तयारि गरेको छ ।  विभिन्न मिति र समय तय गरेर पनि बिबिध कारणले रिलिज हुन नसकेको चलचित्र अब भने एकैपटक तिन देशमा तिन अन्तरास्ट्रिय भाषामा रिलिज हुने भएको छ। स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।

असोज ७ गतेलाई नेपाल रिलिज तय गरेको चलचित्र ‘प्रेमगीत ३’ दर्शकका लागी प्रतिक्षित रहेको छ। प्रदिप खड्का स्टारर चलचित्र रिलिजको प्रखाईमा रहेको ३ बर्ष हुन लागि सक्यो। २०७६ को अन्त्यमा रिलिज हुने भनेर तयारी गरेको चलचित्र कोरोनाका कारण पटकपटक सर्यो। कोरोनाले चलचित्र नगरी नै ठप्प भएको बेला धेरै अव के गर्ने भनेर सोचिरहेका थिए। तर यहि बीचमा हो निर्माता सन्तोष शेनले भारत पुगेर हिन्दि भाषामा ‘प्रेमगीत ३’ लाई भारतीय हलमा रिलिज गर्ने सपना देखेको। उनले त्यो सपना सकार बनाएका छन्।

हिन्दि भाषामा प्रेमगीत ३ 

हिन्दि भाषामा डव गरेर, हिन्दि भाषामा नै रेकर्ड गरेर चलचित्र भारतीय सिनेमा हलमा रिलिज हुने भएको छ। करिव १ बर्षको समय मुम्बईमा खर्चेर हिन्दि डवमा सन्तोषले चलचित्र निर्माण सम्पन्न गरेका छन्। इम्पोसिबल फिल्मस्ले भारतको प्रदर्शन अधिकार समेत लिएको छ। चलचित्रलाई ‘विश्वजीतम्’ नाममा भारतमा प्रदर्शन गरिनेछ। नेपाली चलचित्रलाई हिन्दि भाषामा डव गरेर रिलिज सम्मको तयारीमा पुगेका सन्तोषले चाडै नै हिन्दि पोष्टर रिलिज गर्ने तयारीमा रहेका छन्। 

अब प्रेमगीत ३ चिनिया भाषामा पनि

‘प्रेमगीत ३’ लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट, निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । उनका अनुसार यूएफओले चिनियाँ हलहरुमा फिल्म प्रदर्शन गर्नेछ । ‘प्रेमगीत ३’ को समुद्रपार वितरण अधिकार यूएफओ र मधु इन्टरटेनमेन्टले लिएका छन् । चीनमा हिन्दी र अंगे्रेजी भाषा प्रयोगमा नआउने भएकाले चिनियाँ मन्डारियन भाषामै डब गर्नुपर्ने बाध्यता छ ।

‘फिल्मको कथावस्तु र हिमाली क्षेत्रको लोकेसन सेटअपले चिनियाँ दर्शकलाई पनि आकर्षित गर्न सक्ने देखिएकाले चिनियाँ पक्षले फिल्म प्रदर्शनको लागि आग्रह गरेपछि बैठक बसेको हो,’ सेनले भने । चिनियाँ भाषामा डब गर्न केही समय लाग्ने भएकाले एक-दुई महिना ढिलो गरेर प्रदर्शन गर्ने तयारी भएको सेनले बताए । चीन रिलिजबारेको दोस्रो बैठक दुई-तीन दिनमै पुनः बस्ने भएको छ ।

चीन विश्वको सबैभन्दा ठूलो फिल्म बजार हो । सन् २०२१ को आँकडाअनुसार चीनमा फिल्मको कुल बजार ७.३ बिलियन अमेरिकी डलर छ । भारत चाहिं ०.५ बिलियन डलरसहित विश्वको आठौं ठूलो फिल्म बजार हो । दोस्रो ठूलो फिल्म बजार अमेरिकी फिल्म बजारको आकार सन् २०२१ मा ४.५ बिलियन डलर छ । ‘प्रेमगीत ३’ले नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा सघाउ पुर्‍याउने आशा निर्माता सेनले व्यक्त गरे ।

Prem Geet 3 Information

Movie 🎥

Prem Geet 3

Language

Nepali & Hindi

Country

Nepal

Release Date

23th, September 2022 Ashoj 07, 2079

Production Controller

Biplov Shrestha

Production Manager

Nabin Puri

Art Director

Binod Kadayat

Post Production

Kindle Cine Studio

Writers

Chhetan Gurung / Mandip Gautam

Directors

Chhetan Gurung & Santosh Sen

Total Budget

3 crore (Nepali Rupees)

Assistant Directors

Aaryan Adhikari, Rakesh Dahal, Sudip Poudel, Jeevan Swar

Action

Himal KC

Poster Design

Rakesh Dahal (Novice ART)

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url