नेपाल बुद्धिजीवी परिषद म्याग्दीको अध्यक्षमा सुवेदी

म्याग्दी,

नेपाल बुद्धिजीवी परिषद म्याग्दीको अध्यक्ष गोरखनाथ सुवेदीक
गोरखनाथ सुवेदी

नेपाल बुद्धिजीवी परिषद जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनले गोरखनाथ सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । परिषदको उपाध्यक्षमा श्रीधर सुवेदी, सचिवमा नारायण पौडेल, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सहसचिवमा हिराबहादुर बरुवाल र कृष्णकला सुवेदी चयन हुनुभएको छ ।

यसैगरी परिषदको कार्यसमिति सदस्यहरुमा किसन पुन, भगवान कार्की, भगवान ढुङ्गाना, दिर्घबहादुर खड्का, विनोद केसी, बिमल बरुवाल, खगेश्वर रिजाल, टेकप्रसाद सुवेदी, कर्णबहादुर खत्री र श्यामबाबु सिंह चयन हुनुभएको बुद्धिजीवी परिषद नेपाल म्याग्दीले जनाएको छ ।

अधिवेशनको बुद्धिजीवी परिषदका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज विधान आचार्य र प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । अधिवेशनको उद्घाटन गर्दै परिषदका केन्द्रीय उपाध्यक्ष आचार्यले पार्टीले नीति निर्माण, योजना तर्जुमा र अध्ययन तथा विश्लेषण जस्ता काममा बुद्धिजीवीहरुलाई परिचालन गर्नुपर्ने बताउनुभयो ।

एमाले केन्द्रीय सदस्य थापाले बुद्धिजीवीहरुले यसअघि एमालेको नेतृत्वमा बनेको ओली सरकारले गरेका राम्रा कामको व्याख्यात्मक विश्लेषण गरेर जनतालाई सुसूचित गराउनुपर्ने र विपक्षीले फैलाएको भ्रमलाई चिर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य एवं एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसी, नेपाल बुद्धिजीवी परिषद्का पूर्व केन्द्रीय सदस्य तारानाथ शर्मा र परिषद् म्याग्दीका संस्थापक अध्यक्ष गोपाल रिजालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटनसत्रमा परिषदका कार्यवाहक अध्यक्ष गोरखनाथ सुवेदीले साङ्गठनिक र कोषाध्यक्ष विष्णुकुमारी रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उद्घाटनसत्र कार्यवाहक अध्यक्ष सुवेदीको अध्यक्षता, कोषाध्यक्ष रोकाको स्वागत र नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url