खाली पेटमा कालाे चिया पिउनुका यस्ता छन् फाइदा

{tocify} $title={Table of Contents}

खाली पेटमा कालाे चिया पिउनुका यस्ता छन् फाइदा 



खाली पेटमा कालाे चिया पिउनुका यस्ता छन् फाइदा



चियाका किसिममा हरेक व्यक्तिको आ–आफ्नै रुची हुन्छन् , कसैले दूध राखेको चिया पिउन रुचाउँछन् भने कतिपयले कालो चिया । तर बिहान खाली पेटमा दूध राखेको चिया पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । यद्यपी कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन् । बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य हामी सार्वजनिक गर्नेछौँ ।

१. रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ:

कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ । जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु उपयुक्त हुन्छ ।

२.क्यान्सर हुनबाट बचाउँछ:

नियमित बिहान एक कप कालो चिया पिउनु गर्ने हो भने क्यान्सर जस्तो भयानक रोगबाट बच्न सकिन्छ ।

३. मुटुजन्य समस्याबाट खतरा हुँदैन:

एक अध्ययन अनुसार दिनहुँ तीन कप कालो चिया पिउँदा मुटुजन्य समस्याको खतरा हुँदैन ।

४. छिट्टै बुढोपन देखिँदैन:

कालो चियामा पाईने एन्टी अक्सिडेन्टले शरीरमा भएको टाक्सिन्सलाई बाहिर निकाल्छ । यसले कारण उमेर बढेको लक्षण छिटै देखिँदैन ।

५. पसिना गन्हाउने समस्याबाट छुटकारा मिल्छ:

कतिपयको समस्याको जड बनेको हुन्छ पसिना । कसै कसैको पसिना निकै गन्हाउने हुन्छ । यो सामान्य नभई एक समस्या नै हो । त्यसैले पसिनाको दुर्गन्धबाट छुटकारा पाउनको लागि कालो चिया पिउनु उपयुक्त मानिन्छ ।

जाडोमा कालो चिया ?

यस्ता छन् फाइदा ! हाम्रो लागि जाडोको समय, चिया त अनिवार्य नै जस्तो भइसकेको छ । तर, चियामा सबैको रोजाई एकै नहुनपनि सक्छ । कसैले कालो चिया मन पराउछन् त कसैले दुध चिया मनपराउँछन् । अझ भन्नुपर्दा स्वादका कारण निकै कमले मात्र कालो चियाको प्रयोग गर्छन् । तर, दूध चिया भन्दा कालो चिया स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।

तर, चियामा राखेको दूधले भने ‘एन्टिअक्सिडेन्ट्स’को मात्रालाई घटाउने काम गर्छ । कालो चियाको प्रयोगले छिटो भोक लाग्ने समस्यबाट मुक्ति दिलाउनुका साथै शरीरमा शक्तिसमेत पैदा गर्छ । जसले मानिसलाई लामो समय क्रियाशील रहनका लागि सहयोग पुर्‍याउँछ । नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ । अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानअनुसार कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

नियमित रूपमा कालो चिया पिउनाले विभिन्न समस्याहरू हुनबाट बच्न सकिन्छः मधुमेह, उच्च कोलेस्ट्रोल, मृगौलाको पत्थरी, फोक्सोको क्यान्सर । दूध चिया ठीक कि कालो चिया ? चिया कत्तिको पिउनुहुन्छ? अलिअलि की अत्याधिक? यदि तपाईँलाई चिया मनपर्छ भने स्वास्थ्यको लागि भन्दा पनि मज्जाको लागि पिउनुहुन्छ भन्ने अनुमान लगाउन सकिन्छ।

विश्वभरी लगभग २५ करोड मानिसहरूले चिया पिउने गर्छन्। तीमध्ये कतिपय यस्ता पनि हुन्छन्, जसलाई चिया नभई हुँदैन, जसलाई छिनछिनमै चिया वा कफी पिउनैपर्ने हुन्छ। अधिकांश नेपालीहरूलाई कालो चिया भन्दा पनि दूध चिया बढि मन पर्छ। तर वैज्ञानिकहरू भन्छन् दूधको एक थोपाले चियाको पुरै फाइदालाई शून्य बनाइदिन्छ। त्यस्तो कसरी हुन्छ?

के हुन्छ चियामा?

अधिकांशले आनन्दको लागि, न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो चियाको) स्वास्थ्यमा फाइदाहरू पनि टन्नै छन्। प्राचीन समयमा चीन, भारत र नेपाल लगायत एसियाली भू-भागहरूमा कालो चियालाई औषधीको रूपमा पनि प्रयोग गर्ने गर्दथे।

चियामा हाम्रो स्वास्थ्यलाई प्रभाव पार्ने खालका धेरै तत्वहरू पाइन्छन्। विशेष गरी कालो चियामा प्रशस्तै एण्टिअक्सिडेन्ट र भिटामिन पाइन्छन्। यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउनुको साथै, रगतमा सुगरको मात्रालाई नियन्त्रण गर्ने, कोषका हुने क्षयलाई रोक्ने, मधुमेहबाट बचाउने साथै मुटुसम्बन्धी रोगबाट पनि बचाउँदछ। तथापी, त्यस चियामा अलिकति पनि दूध मिस्सियो भने, अब त्यसले फाइदाभन्दा बढि बेफाइदा गर्दछ। तर कसरी?

दूधले चियालाई कसरी प्रभाव पार्दछ?

चियामा दूध मिसाएर पिउँदा स्वास्थ्यमा कस्तो प्रभाव पर्दछ भनेर अमेरिकाका वैज्ञानिकहरूले एक खोज गरेका थिए। उनीहरूले १६ जना स्वस्थ स्वयंसेवीकाहरूमा चियाको प्रभावको परीक्षण गरेका थिए। अनुसन्धानकर्ताहरूले ती महिलाहरूलाई एक दिन तातो पानी, अर्को दिन कालो चिया अनि अर्को दिन दूध चिया पिउन दिएर उनीहरूको मुटुमा भैरहेको गतिविधिलाई निरीक्षण गरेका थिए। नतिजा अचम्मको निस्किएको थियो। तातो पानीमात्रै पिउँदा मुटुमा खासै त्यस्तो फरक परेन। कालो चिया पिउँदा मुटुको धमनी र रक्तनशालाई राहत पुग्यो भने दूध चिया पिउँदा ती महिलाहरूको मुटुको धमनी र रक्तनशामा हुने रगतको सञ्चारमा बाधा पुगेको थियो । यसको एउटै मात्र कारण भनेको, दूधमा पाइने प्रोटिन ‘क्यासिन’ले गर्दा चियामा पैदा हुने ‘क्याटेचिन’को मात्रामा कमि हुने गर्दछ, जसले रक्त धमनीमा राहत पुर्याउन महत्वपूर्ण भूमीका खेल्ने गर्दछ।

अब के गर्ने त?

दिनमा २ कप सम्म दूध चिया पिउनु खासै खतरनाक हुँदैन। तर यदि २ कपभन्दा बढि दूध चिया पिउने बानी छ भने त्यसलाई तुरुन्तै हटाउनु उचित हुन्छ। साथै, विहानको खाली पेटमा दूध चिया पिउँदा ग्यास्ट्रिकको समस्या देखा पर्दछ भनेर त सायद अधिकांशलाई थाहा नै छ होला। बरु, कालो चिया पिउनुहोस्। कालो चियाका अनगिन्ती फाइदाहरू छन्। यसले मधुमेहलाई समेत ठीक गर्छ, त्यति मात्र कहाँ हो र? मृगौलाको कार्य शक्तिमा समेत कालो चियाले धेरै राहत पुर्याउने वैज्ञानिकहरूको अनुसन्धानबाट पत्ता लागिसकेको छ ।

बिहान खाली पेटमा दूध चिया की कालो चिया ?

बिहान उठ्ने वित्तिकै नेपालीहरुको चिया पिउने बानी छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ। चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ।

चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन। खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ। यसले पेटको अल्सर पनि हुनसक्छ। दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले देखाएका छन्।

ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ । ‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ ।

दूध चियाले मोटोपन बढाउछ। चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।


यस पछि यस अघि
1 Comments
प्रतिक्रिया दिनुहोस्
comment url