नेपाली ब्राण्ड: कोदोको रक्सी बेलायतमा

नेपाली ब्राण्ड: कोदोको रक्सि बेलायतमा

बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सी बजारमा बिक्री बितरण सुरु गरिने भएको छ । नेपालमा परम्परागत रूपमा पिउँदै आएको कोदोको रक्सी ब्रान्ड बनाउन शुरू गरिएको छ । बेलायतमा कोदो लिमिडेट कम्पनीको स्थापना गरी नेपालीहरुले कोदोको रक्सीको ब्राण्डिङ शुरू गरेका हुन् ।

उक्त रक्सीको यही अक्टोबर १० गते अल्डरशटमा एक औपचारिक रुपमा उदघाटन गर्न लागिएको कम्पनीका निर्देशक जनक राईले बताएको लण्डन नेपाल न्यूजले जनाएको छ ।उत्पादक कम्पनीका अनुसार ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरी विक्री शुरु गर्न लागिएको छ ।

लोकप्रिय कोदोको रक्सीलाई कम्पनीले ‘प्योर कोदोको रक्सी’ र ‘तीनपाने कोदोको रक्सी’ गरी दुई प्रकारको रक्सी उत्पादन गरेको छ । तीनपाने कोदोको रक्सीको २० सी एल बोटलमा २०० एमएल रक्सी राखिएको छ भने ६० प्रतिशत अल्कोहल रहेको छ,यस्तै ‘प्योर कोदोको रक्सी’मा ७० सी एल बोटलमा ४० प्रतिशत अल्कोहल रहेको बताइएको छ ।

कम्पनीले ‘प्योर कोदोको रक्सी’ प्रतिबोतल २५ पाउण्ड ९९ पेन्स र ‘तीनपाने कोदोको रक्सी’को १२ पाउण्ड ९९ पेन्स मूल्य तोकिएको प्रबन्ध निर्देशक राइले जानकारी दिए।उक्त कम्पनीमा राई प्रबन्ध निर्देशक सहित जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता रहेका छन् । विशेषगरी राई, गुरुङ, लिम्बु, मगर, तामाङ, शेर्पा लगायत जनजातीहरू माझ कोदोको रक्सी निकै लोकप्रिय रहेको छ । उक्त रक्सीलाई बेलायतमा व्यवस्थित तरिकाले बेच्न लागिएको राईले बताए ।

कम्पनीले यो रक्सी भिन्न स्वादको रहेको र यसले पिउने मान्छेलाई सहज र न्यानो महशुस गराउँने बताएको छ । निर्देशक राईले भने, ‘यो रक्सीले नेपाल र नेपालीहरुको पनि झल्को दिनेछ, वेलायतमा नेपालीत्व प्रर्वद्धन समेत हुने विश्वास छ ।’

१० गते अल्डरशटमा विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा रक्सीको औपचारिक रुपमा उदघाटन गर्न लागिएको हो । हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको मार्केट अनुसार अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्नेबारे सोँच बनाएको कम्पनी स्रोतको भनाई छ । कम्पनीमा आवद्ध युवाहरु बेलायतमा यसअघि नै ग्लोबल बुलियन भल्ट नामक लकर सुविधा तथा अन्य व्यावसायहरुमा पनि उनीहरुको आवद्धता रहेको छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url