के के भन्छ मान्छे - राजेन्द्र दहाल

राजेन्द्र दहाल
राजेन्द्र दहाल

अरुको भन्दा आफनो ज्ञान, ठुलो भन्छ मान्छे ।

अरुले खोजेका कुरा बंगाएर, मेरै हो भन्छ मान्छे ।१।


अरुलाई दबाएर लुकि लुकि, माथि उठन खोज्छ मान्छे ।

मुल स्वभाब (स्वधर्म) नबुझेर, धेरैपटक चुक्छ मान्छे ।२।


अरुले तपाई नभने पनि, मपाइको बिगुल फुक्छ मान्छे ।

थोरै मात्र धन पायो भने आफनो, इमानमा लुक्छ मान्छे ।३।


समग्रता बुझ्दैन तर म धेरै जान्दछु, भन्छ मान्छे ।

सबैकुरा पैसानै त हो नि, योत मान्दछु भन्छ मान्छे ।४।


अरुलाई होइन सबैले मलाई सहयोग, गरुन भन्छ मान्छे ।

आफुले सहयोग गर्नुपर्यो भने, फाइदा पहिले गन्छ मान्छे ।५।


पायो भने जिवनभर, खेलाउन खोज्छ मान्छे ।

हानिभयो भने अरुकोनै, दोष देखाउछ मान्छे ।६।


तेरो र मेरोको दोषादमा निरन्तर लडाइ, गरिनै रहन्छ मान्छे ।

मै खाउ मै लाउ मोज मज्जा पनि मै, गरू भन्छ मान्छे ।७।


सके घाम पानि लगाएत पुरा पृथ्बिनै, मेरो भन्छ मान्छे ।

आफुनो मुल स्वभाब चिन्दैन बाहिर, खोज्दै हिडछ मान्छे ।८।


आफनो बितेका पुर्खा को फोटो हेरेर, सोच्दैन मान्छे ।

यिनले के पाए र म के पाउने दैडमा छु, खोज्दैन मान्छे ।९।


चेतनाको अन्तस्करण नजागेसम्म, के के गरिरहन्छ मान्छे ।

आफुलाई बुझ्ने  कोसिस गर्दैन तर सन्सार, बुझ्छु भन्छ मान्छे ।१०।

  

Rajendra Dahal


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url