योद्धाहरु उत्पादन गर्ने थलो हो अनेरास्ववियु - प्रकाश पौडेल

योद्धाहरु उत्पादन गर्ने थलो हो अनेरास्ववियु  - प्रकाश पौडेल

म्याग्दी,

एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य एबं गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले अनेरास्ववियू योद्धाहरु निर्माण गर्ने थलो भएको बताउनु भएको छ । शुक्रबार एमाले पार्टी कार्यालय हाँडेभिरमा आयोजित अनेरास्ववियु म्याग्दीको ११ औँ पुर्ण कमिटि बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै संयोजक पौडेलले बिद्यार्थी आन्दोलनको नेतृत्व गर्ने संगठन अनेरास्ववियु नै भएको बताउनु भएको हो ।

अरु संगठन आस्थाको आधारमा चल्ने तर अनेरास्ववियु बिचार र सिद्धान्तका आधारमा चल्ने संगठन भएको भन्दै नेता पौडेलले अनियमितता, सामाजिक बिभेद, अन्याय, अत्याचार र अपारदर्शी गतिबिधिमा अनेरास्ववियूले सधैव खबरदारी गर्ने बताउनुभयो । शैक्षिक बेरोजगारको अबस्थालाई मध्यनजर गर्दै सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर रिण प्रवाह गर्नुपर्ने अबधारणा अनेरास्ववियुले लिएको बताउँदै आज बेनीकै जिबन कार्की लगाएत देशका धेरै ब्यक्तिहरुले यो ब्यबस्थाबाट लाभ लिएको उल्लेख गर्नुभयो। 

अर्को प्रसंगमा नेता पौडेलले राष्ट्रियताको पक्षमा बोल्ने र काम गर्ने पार्टी एमाले र नेता केपी ओली नै भएको दाबी गर्नुभयो । अहिलेको गठबन्धनको सरकारले देश बिकास र समृद्धीको सवालमा काम गर्न त के बोल्न सम्म पनि सकेको छैन नेता पौडेलले भन्नुभयो, “अस्थिरता र बिदेशी चलखेल गर्नु बाहेक यो सरकारको कुनै काम छैन” ।

त्यस्तै नेकपा एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठले अनेरास्ववियू एमालेको नर्सरी भएको बताउनुभयो । लोकतान्त्रिक, बर्गीय र मुक्तिका आन्दोलनमा संगठनको अग्रणी भुमिका रहको भन्दै हिजोको विरासतलाई जोगाउँदै संगठनलाई थप गतिशिल र मजबुत बनाउन आबश्यक रहको औंल्याउनुभयो ।

मंगला गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले बिद्यार्थीहरु राष्ट्र निर्माणका एक अभिन्न अंग भएकाले बिद्यार्थी नेताहरु अध्ययनशिल बन्नु पर्ने बिचार ब्यक्त गर्नुभयो । राजनिति संगै शिक्षालाई पनि अगाडि बढाउनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य एबँ प्रचार बिभाग प्रमुख सुरज केसी, अनेरास्ववियू जिल्ला कमिटिका पुर्व सचिव सुमन पौडेल, उपाध्यक्ष ईश्वर सुबेदी, कोषाध्यक्ष दर्पण रोकाले बोल्नु भएको थियो । दुई दिन सम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा देशको पछिल्लो राजनैतिक अबस्था, जिल्लाको अबस्था, अनेरास्ववियूको भुमिका, संगठन निर्माण र जिल्ला अधिवेशन लगाएतको बिषयमा प्रशिक्षण एबँ छलफल गरिने संगठनका केन्द्रिय सचिवालय सदस्य एबं जिल्ला अध्यक्ष सुवास बिश्वकर्माले बताउनुभयो ।

योद्धाहरु उत्पादन गर्ने थलो हो अनेरास्ववियु  - प्रकाश पौडेल

बन्दशत्रमा मदन भण्डारी फाउन्डेसन म्याग्दीका अध्यक्ष चन्द्र कुमार केसी, संगठनका प्रदेश संयोजक पौडेल र जिल्लाका शिर्ष नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहको बताईएको छ । उद्घाटन कार्यक्रम अध्यक्ष बिश्वकर्माको अध्यक्षता, सचिवालय सदस्य मिलन खत्रीको स्वागत र सचिव साबित्री केसीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम सुरु हुनु पूर्व प्रदेश संयोजक पौडेललाई जिल्ला कमिटि द्वारा भब्य स्वागत र सम्मान गरिएको थियो ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url