बालबालिकाको संगतबारे अभिभावकले ध्यान दिनैपर्ने कुराहरु

बालबालिकाको संगतबारे अभिभावकले ध्यान दिनैपर्ने कुराहरु

बालबालिकाहरूले हरेक समय केही न केही सिकिरहेकै हुन्छन्। जब उनीहरू साना हुन्छन्, मातापिता तथा परिवारका सदस्यबाट विभिन्न कुरा सिक्ने गर्छन्। जब उनीहरू बाहिर निस्कन थाल्छन्, वरिपरिको वातावरणबाट कैयौं कुरा सिक्ने गर्छन्। अनि, जब स्कुल जान थाल्छन्, उनीहरूले साथीभाइबाट विभिन्न कुरा सिक्ने गर्छन्। स्कुले उमेर नै यस्तो उमेर हो, जतिबेला बालबालिकाहरू परिवारको तुलनामा साथीभाइसित बढी घुलमिल हुने गर्छन्। उनीहरूबाटै सही गलत सिक्ने गर्छन्। कलिला उमेरका बालबालिकाहरूलाई सही के हो र गलत के हो भन्ने कुरा थाहा हुँदैन।

धेरैजसो आमाबाबु आफ्ना बालबालिकाका गतिविधिलाई लिएर निकै चिन्तित हुने गर्छन्। उनीहरूलाई बालबालिकाहरूसित कसरी व्यवहार गर्ने भन्ने कुराको जानकारी हुँदैन। जब कि हरेक आमाबाबुले यस विषयमा चिन्ता लिनुको सट्टा समस्याको समाधान खोज्नतिर लाग्नुपर्छ। यसका लागि निम्न लिखित उपाय अवलम्बन गर्न सकिन्छ। घरमा बालबालिकालाई ध्यान दिन नसक्दा बालबालिकाहरू यस्ता साथीहरूको संगतमा पर्छन् जो भनेको मान्न्दैनन् र अरूलाई गाली गर्नुका साथै झैझगडा गर्न पनि पछि पर्दैनन् । बालबालिका त्यस्ता साथीहरूको संगतमा परेका छन् भने उनीहरूको व्यवहारमा समेत तुरुन्तै परिवर्तन देखा पर्न थाल्छ, जुन उनीहरूको व्यक्तित्व विकासको लागि हानिकारक छ ।

कतिपय बालबालिकाहरू सही र फरक बीचको गलत छुट्याउन सक्दैनन्। जसका कारण उनीहरूले अन्जानमै अरूको बानी अपनाउन थाल्छन् । परिणामस्वरूप उनीहरू गलत संगतमा पर्ने गर्छन् । -बालबालिकाले जे जस्ता कुरा सिक्छन्, घर वा वरिपरिको वातावरणबाटै सिक्ने गर्छन् । त्यसैले बालबालिकामा कुनै परिवर्तन देखेमा वा बालबालिकाले कुनै अभद्र व्यवहार गरेमा उनीहरूलाई तुरुन्तै रोक्नुपर्छ। उनीहरूलाई यसो गर्न रोक्नुको कारण बताउनु पर्छ ता कि उक्त व्यवहार बालबालिकाले पुनः नदोहोर्‍याऊन्। कयौँ पटक बालबालिका अभिभावकको ध्यान आफूतिर आकषिर्त गर्नका लागि समेत गलत काम गर्छन्। उक्त गल्तीलाई उनीहरूले तुरुन्तै सुधार्ने पनि गर्छन्। त्यसैले उनीहरूलाई मायाका साथमा हेरचाह गर्न पनि जरुरी छ।बालबालिकाहरूले टिभीमा कस्ता कार्यक्रम हेर्ने गर्छन्, उनीहरूले त्यस्ता कार्यक्रमबाट कुनै नराम्रो कुरा सिकिरहेका छ छैनन्, त्यसबारे पनि विशेष ध्यान दिनु जरुरी छ। बालबालिकाहरूले कस्ता साथी बनाएका छन् त्यसबारे जान्ने, उनीहरूसित कुरा गर्ने, घरमा बोलाउने तथा उनीहरूलाई चिनेर पनि बालबालिका कस्ता साथीको संगतमा छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

यी कुरामा पनि ध्यान दिने कि ?

त्यसरी बालबालिकाहरूको साथीलाई भेट्दा उसको गलत कामका लागि कहिल्यै गाली गर्नु हुँदैन। बरु उसको साथीहरू गइसकेपछि उसको गल्तीबारे सम्झाउन सकिन्छ। बालबालिकासित साथीको व्यवहार गर्न जरुरी छ ता कि आवश्यकता परेमा उनीहरूले आˆनो कुरा विना कुनै डर बताउन सकून् । बालबालिकाहरूसित बोल्दा आफ्नो भाषामा पनि ध्यान दिनुपर्छ। बालबालिकाहरू जति कुरा सिक्छन् त्यसमा अभिभावकको ठूलो भूमिका हुने गर्छ। कुनै कारणवश मुखबाट अपशब्द वा गलत शब्द निस्किहाल्यो भने पनि तुरुन्तै सरी भन्नुपर्छ ।

ठूलो परिवारमा बस्नाले पनि बालबालिका जिद्दी हुने गर्छन् । त्यसैले बालबालिकालाई मायाका साथै आवश्यक परेमा गाली गर्नु पनि आवश्यक छ । बालबालिकाहरूसित धेरै भन्दा धेरै समय विताउने कोसिस गर्नुपर्छ । उनीहरूसित धेरैभन्दा धेरै समय बिताएर उनीहरूलाई गलत संगतमा फस्नबाट बचाउन सकिन्छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url