अनेरास्ववियू गण्डकी प्रदेश संयोजकमा म्याग्दीका प्रकाश पौडेल

बेनी, असोज २

प्रकाश पौडेल
प्रकाश पौडेल

अनेरास्ववियू म्याग्दीका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य प्रकाश पौडेल अनेरास्ववियुको गण्डकी प्रदेश संयोजकमा छनोट भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय सचिवालय बैठकबाट पौडेल स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश संयोजकमा छनोट भएका हुन् ।

निर्धाििरत समयमा अनेरास्ववियूका महाधिवेशन सम्पन्न हुन नसकेपछि अनेरास्ववियूको पुनर्गगठन गरिएको थियो । सोही पुनर्गठनबाट म्याग्दीका पौडेलले स्थायी कमिटी एवं प्रदेश संयोजकको जिम्मेवारुी प्राप्त गरेका हुन् ।

आजको केन्द्रीय सचिवालयको बैठकले आगामी चैत २२ देखि २४ सम्म अनेरास्ववियूका महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ ।

महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

पाँच वर्षदेखि अनेरास्ववियूको महाधिवेशन भएको छैन । अनेरास्ववियू केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, विद्यार्थी इन्चार्ज खिमलाल भट्टराई, अनेरास्ववियूका पूर्वअध्यक्ष माधव ढुंगेल लगायतले सम्बोधन गरेका थिए ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url