मेरो बुझाइमा माघे सङ्क्रान्ति: बालापनदेखि अहिलेसम्म

मेरो बुझाइमा माघे सङ्क्रान्ति: बालापनदेखि अहिलेसम्म
तिलु शर्मा

मेरो बुझाइमा माघे सङ्क्रान्ति

म विदेश आउनु धेरै नै पूर्व माघे सक्रान्ति भनेको बेनीमा मेला लाग्ने चाड भनेर बुझेको थिए। माघे सक्रान्तिमा बेनी गएर खुल्ला मञ्चका दोकानबाट घरायसी समान सस्तोमा पाए लिनी भन्ने चाड पनि थ्यो। अनि हाम्रा गाउँमा तरुल खनेर भात तरुल, कसैले खिर्चो पकाएर खाने गरिन्थ्यो। यति नै हो मैले जानेको खासमा त्यो बेला !! यी शब्दले कसैको अपमान गरेको होइन वालापान याद गरेको मात्र। 

माघे सङ्क्रान्तिमकर सङ्क्रान्ति तथा माघी नामले चिनिने नेपालको एक प्रमुख चाड हो। यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर सङ्क्रान्ति' पनि भनिएको हो।सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ। यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोलि पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।

समय क्रम, अध्ययन अनुभवले यो मगरहरूको राष्ट्रिय पर्व हो भनेर बुझायो। प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति हो भनेर बुझायो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भन्ने बुझायो। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने बुझायो।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् भन्ने बुझायो । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा समेत प्रयोग गरिने रहेछ l

आजकै दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेछ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको रहेछ । उत्तरायण भएपछि शुभ कर्म गर्न उत्तम मानिने रहेछ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास गरिँदो रहेछ।

विभिन्न कोणबाट महत्व बोकेको मगर समुदायको सबैभन्दा ठुलो चाड, मौलिक ,सांस्कृतिक , र पारम्परिक चाड " माघ्या सकराटी " / "मिनाम ल्हेस ५०१७ " साथै अन्य जाति जनजातिहरूको चाड कक्फेवा तङ्नाम, यले तङ्वे, माघी, मकर सक्रान्तीको शुभ अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url