रिजेन्ट स्कुलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

रिजेन्ट रेसिडेन्सियल स्कुलमा तेश्रो  अभिभावक शिक्षा कार्यक्रम सम्पन्न


ललितपुर, पौष १४

ललितपुर २३, धापाखेल स्थित रिजेन्ट रेसिडेन्सियल स्कुलले बालबालिकाका  विविध बिसयाबस्तुसंग सम्बन्धित रहेर यो बर्षको तेश्रो अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। माध्यमिक र प्राथमिक तहकालागि छुट्टा छुट्टै हालमा सञ्चालित कार्यक्रममा सुशील उप्रेती र प्रतीक्षा गौतमले सहजीकरण गर्नुभएको थियो।  समसामयिक चासो र समस्याहरूलाई मध्यनजर गर्दै बल बिकाश र सिकाइमा प्राथमिक तहका अभिभावकका लागि माया र सकारात्मक रणनीतिका बारेमा अन्तरक्रियात्मक कार्यक्रम गौतमद्वारा सञ्चालन गरिएको थियो भने, इन्टरनेटको प्रयोगलाइ कसरी व्यवस्थित गर्ने भन्ने  बिसयाबस्तुमा माध्यमिक तहका अभिभावकका लागि अन्तरक्रियात्मक सत्र सुशील उप्रेतीद्वारा चलाइएको थियो।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url