देशको खराब नागरीक बन्नु छैन - Tilu Sharma

"परिवार र परिवारको खुशी भन्दा ठुलो मा होइन"

एक सालको कमाईले घरको रिण तिर्छु एक सालको कमाई दिदिलाई एक सालको मलाई भयो भने १२ पास गर्न पैसा पुग्छ । १२ पास गरे अस्थाई जागीर जति पनी पाईन्छन । त्यती भए एउटा भाई र २ वटा बहिनी पढाउन सजिलै सकिन्छ । आज भन्दा ठिक १८ बर्ष पहिले म कतार जॉदाको दिन त्रिभुवन बिमानस्थलको एक कक्षमा यही सपना देखेको थिए ।

जनयुद्घको बर्बर्ता, गरीबीको अचाक्ली न्यानोपन, बढ्दै गरेका भाई बहिनी र जिम्मेवारीलाई १२ पढन कलेज जादै गरेको त्यो अबोध दिमागमा यिनै कुराले बेस्सरी हिर्काउथें । मेरा बाबा संग नगद पैसा सायद थिएन, पैतालामा चप्पल थिएन, पाईन्ट लगाउन सक्ने सम्मको हैसियत सायदै थियो, मेरा आमैलाई खत्तरकै गुन्यु किनेदिने सामर्थ्य सायदै बाबाको थियो तर सबै सन्तानलाई शिक्षा दिन्छु भन्ने सकारात्मक सोच थियो र रिण गरेर मलाई र दिदिलाई पोखरा कलेज पढन पठाउनु भएको थियो ।

पढाईमा झुरै चै म थिएन तर जिम्मेवारी र बिदेसको लहडले किताव भन्दा पासपोर्ट प्रिय लागी सकेको थियो । साना सपना बोकेर कतार पसेको म, आज सम्म सपना किन पुरा भएन ?  म को हु चिन्न र उत्तर दिन सकेको छैन । परिवारको महत्व मैले कयौ महिना सेलरी नपाएर कतारका नज्माका गल्लीमा तप्प चुहिन ऑखाको डिलमा आएको आशु लुकॉउदा बुझेको हुँ । सन्तान संग बाउआमा खुसी छन भने परिवार र घर स्वर्ग बन्छ तर खराब सन्तानका कारण घर नर्क बन्छ भन्ने कुरा धेरैका घर परिवार हेरेर बुझेको छु । यसकारण मलाई खराब सन्तान र यो

देशको खराब नागरीक बन्नु थिएन र मरणोपरान्त छैन पनी

परिश्रम पुगेको छैन यसैले आज पनी खाडीले मलाई आईजा भन्दा म भिजेको बिरालु झै लुरुलुरु बिदेस जानलाइ श्रम थप्दैछु । १८ बर्षमा के कमाईएन र के कमाईयो को बिचमा म आफैलाई राखेर यो मध्यरात सम्म सोच्दा हुर्केका २ वटा सन्तानको भविष्य र कमजोर हुदै गएको माता पिताको शरिर, उहॉहरुमा झन बढेको दुखले नज्माको गल्लिमा २००५ तिर लुकाएको आशु झै आज पनी लुकाउन  बाध्य पार्यो । मलाई जिवनमा माता पिता बाहेक यो संसारमा अर्को कोही ठुलो छ जस्तो लागेकै छैन ।

आजपनी म संग कतार कहिले सम्म बस्ने ? कति कमाईस ? कहॉ राखेको छस पैसा ? निकै राम्रो छ रे त्यरो कमाई कति हो तनाखा ? यि सबै प्रश्नको उत्तर छैन । सायदै मैले यि प्रश्नको उत्तर यति छिटो दिन सकुलॉ झै लागेको पनी छैन । १८ बर्ष सम्म कतारमा रहन धेरै मानिसले प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु भएको छ । सबै प्रति आभारी छु । मेरो जिवनको यो पलसम्न ऑउदा मेरो साथ छाड्नेहरु सबैलाई सम्झना र साथ दिने सबैबाट निरन्तरताको अपेक्षा गर्दछु । मेरो जिवनलाई यत्तिको बनाउन जहॉजहॉबाट गुन लगाउनु भएको छ सबैको प्रगती र भलो होस ।

✍तिलु शर्मा

Oct-19-2004

Oct-19-2022

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url