मैले बा को मुख हेरिन्

 मैले बा को मुख हेरिन्।


मेरो लागि संघर्श गर्दागर्दै `चाउरी´ परेका
`बा´को अनुहार कसरी हेरौं ?

मेरो मुहारमा `मुस्कान´ ल्याउन परिस्थिति संग लडाइँ गर्दागर्दै `मुस्कुराउन भुलेका बा´का ओठ म कसरी हेरौ?

सफलताको बाटो खोज्दा खोज्दै
फुटेका ती पैताला कसरी हेरौं ?

काम गर्दा गर्दै फुटेका ती हातका
ठेलाहरु म कसरी हेरौ?

उम्हुम अब त भएन ।

केहि गर्नु छ, मुस्कुराउन भुलेका `बा ´
को ओठ मा मुस्कान भर्नु छ।
फुटेका ती हत्केला मा लगाउने मलम बन्नु छ।
पैताला को सुरक्षा गर्ने जुत्ता बन्नु छ।
`बा´ ले देखेका सपनाको शिखर चुम्नु छ।
`बा´ले समाउने त्यो हातको लौरो बन्नु छ।
सबैभन्दा सुरुमा त म `बा´ भन्न लायक
को एउटा सुपुत्र बन्नु छ।

मैले बा को मुख हेरिन्।
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url