छोरा मान्छेहरुको फेसनमा यति कुरा याद गरे बबाल ह्यान्डसम

छोरा मान्छेहरुको फेसनमा यति कुरा याद गरे बबाल ह्यान्डसम

फर्मल वेयरको रुपमा सुट सहि छनौट हुनसक्छ। यसले स्मार्ट र पर्फेक्ट लुक्स दिन्छ। यद्यपी कतिपय अवस्थामा सानो कमजोरीले पनि हाम्रो व्यक्तित्वलाई असर पार्छ। त्यसैले सुट लगाउँदा केहि कुरा ध्यान दिनैपर्छ। सुट मात्र होइन यो संग मिल्ने खालका अन्य कुराहरुपनि ध्यान पुर्याउनु आवस्यक देखिन्छ। तल दिइएका मध्य केहि कुराहरुमा ध्यान दिन सकियो भने ब्यक्तित्व मा सकारात्मक परिवर्तन देखा पर्न थाल्दछ।

गलत मोजाको कम्बिनेसन

संभव भएसम्म पाइन्टको रंगसँग मिल्ने मोजा लगाउनुपर्छ। सुटसँग ह्वाइट र प्रिन्टेट मोजा लगाउँदा सुहाउदैन। मोजाको साइज भने आफ्नो इक्षा अनुसार लामो या छोटो लगाउन सकिन्छ तर अचेल लामो भन्दा छोटो मजा लागउने चलन बढ्दो छ र आकर्षक पनि देखिन्छ।

जुत्ता र बेल्टको रंग

जुत्ता र बेल्टको रंग आपसमा अमिल्दो हुनुहुँदैन । ब्राउन जुत्ता लगाइएको छ भने, त्यही रंगको बेल्ट लगाउनुपर्छ । साथै कालो रंगको बेल्टमा, कालै रंगको जुत्ता बढी खुल्छ ।

उस्तै पकेट स्क्वायर र टाई

पकेट स्क्वायर पनि लगाउने सोंचमा हुनुहुन्छ भने टाईसँग त्यसको कलर एकनासे हुनुहुँदैन । दुबै अलग-अलग डिजाइनको हुनुपर्छ । ब्लेजरको सबै बटन लगाएर राख्नु – ब्लेजरको पुच्छरको बटन जहिलेपनि खुलै राख्नुपर्छ । नभए सुट कसिलो देखिन्छ ।

सुट र जुत्ताको गलत म्याचिङ

कालो जुत्ता हरेक किसिमको सुटसँग मिल्दो देखिन्छ । यद्यपी ब्राउन कलरको जुत्तासँग ब्लु, नेवी ब्लू, ग्रे, ब्राउन आदि कलरको सुटसँग मात्र कम्बिनेसन मिल्छ । सुटसँग ब्याप्याक बोक्नु- यदि अफिसमा सुट लगाएर जाँदै हुनुहुन्छ भने, ल्यापटपका लागि ब्याकप्याक नबोक्नुहोस् । बरु त्यसको बदलामा ह्यान्ड व्याग बोक्नुपर्छ ।

बिना बटन खोलेर बस्नु

सुट लगाएर बस्दा अक्सर कोटको बटन खोल्नुपर्छ । कोटभन्दा बाहिर सर्टको कलर राख्नु– शटको कलर ब्लेजरको माथिबाट राख्नु हुँदैन, यो गुजि्रसकेको फेसन हो । सर्टको कलर जहिलेपनि ब्लेजरको कलरभन्दा तल हुनुपर्छ ।

फर्मल सुटसँग क्याजुअल बेल्ट

सुट फर्मल वेयर हो। अतः यसका लागि सोहि किसिमको बेल्ट लगाउनु पर्छ । क्याजुअल बेल्ट लगाइयो भने त्यसले तपाईको व्यक्तित्वमै असर पार्छ । त्यसैले जहिलेपनि सुटसँग क्लासिक लेदर बेल्ट लगाउनुपर्छ ।

साइजभन्दा लामो सर्ट

आफ्नो सर्टको कफ्स हातभन्दा माथि आउनु हुँदैन । ध्यान राखौं कि, शर्टको स्लीव्स, ब्लेजको स्लीव्सभन्दा लामो नहोस् ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url