नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबारमा संलग्न भए सजाय हुने

नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबारमा संलग्न भए सजाय हुने

काठमाडौं,

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी रहेको बताएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै राष्ट्र बैंकले सम्बन्धित व्यक्तिहरुलाई सचेत गराएको छ । बिहीवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले त्यस्ता कारोबारबाट सर्वसाधारण ठगिन सक्ने भएकाले कसैले त्यस्तो कार्य गरेको पाइएमा कानून बमोजिम सजाय हुने जनाएको छ ।

सूचनामा भनिएको छ, ‘हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’




यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url