सेनेटरी प्याडको कर तत्कालै खारेज गर्न अखिलको चेतावनी

सेनेटरी प्याडको कर तत्कालै खारेज गर्न अखिलको चेतावनी

काठमाडौं,

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले महिलाले महिनावारीका बेला प्रयोग गर्ने सेनेटरी प्याडको मूल्यवृद्धिप्रति नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले आपत्ति जनाएको छ । अनेरास्ववियु मुलुकभित्रका विकृति, विसंगति, अनियमितताको विरुद्ध एवम् जनजिविका, राष्ट्रियता र अधिकार प्राप्तिको आन्दोलनको पक्षमा सदैव लड्दै आइरहेको संगठन हो । अनेरास्ववियुले विगतमा गरिएका आन्दोलनको शैलीलाई परिवर्तन गरि अवका आन्दोलनहरुलाई प्राविधिक र रचनात्मक बनाउँदै हरेक क्षेत्र र पक्षहरुमा सरकारी र गैर सरकारी निकायहरुबाट हुने विभेद, अन्याय र अत्याचार, विकृती, विसंगतीको विरुद्ध निरन्तर खबरदारी गर्दै र सचेत गगाउँदै आइरहेको सर्वविदित नै छ ।

यसै सन्दर्भमा विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यार्थीलाई निशुल्क र अनिवार्य सेनेटरी प्याड उपलब्ध गराउन माग गर्दै अनेरास्ववियूले सेनेटरी प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट तत्काल खारेज गर्न सरकारसँग अनुरोध गरेको छ ।

अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले प्रेस विज्ञप्ति जारी गर्दै डेढलाई नेपाली महिलाले प्रयोग गर्ने प्याडको मूल्य वृद्धि फिर्ता लिन छात्रा लाई निशुल्क वितरण गर्न माग गरेकी हुन् ।

‘विश्वको करिब चार अर्व र नेपालका करिब एक करोड पचास लाख महिलाले प्रयोग गर्ने सेनेटरी प्याडमा वर्तमान सरकारले लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट प्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको छ’,विज्ञप्तिमा भनिएको छ,‘वर्तमान परिस्थितिमा सेनेटरी प्याड महिलाको विलासिता नभइ आवश्यकता हो । तसर्थ प्रत्येक महिलाले मासिक रुपमा प्रयोग गर्ने सेनेटरी प्याड सर्वसुुलभ र सुपथ मुल्यमा उपलब्ध गराउने राज्यको दायित्व हुनुपर्नेमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले प्याडमा समेत विलासिताको सामाग्रीमा झै उच्च कर लगाइ महिलाहरुको संवेदनशीलताप्रति गरेको बेवास्ता छ ।

केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष ०७६–०७७ देखि नै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निशुल्क रुपमा उपलब्ध गराउँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै विश्वविद्यालयमा अध्ययनरत छात्राहरुका लागि समेत निशुल्क र अनिवार्य सेनेटर प्याड उपलब्ध हुने व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसमक्ष अनेरास्ववियूले माग गरेको छ ।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url