कमरेड शब्दको खास अर्थ र उत्पत्ति

कमरेड शब्दको खास अर्थ र उत्पत्ति

कमरेड शब्दको खास अर्थ र उत्पत्ति 

कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो। जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ। कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो। समाजवादी र मजदुरहरूबीच सम्वोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड। युरोपमा कमरेड शब्द उन्नाइसौँ शताब्दीमा निकै चल्तीमा थियो। समाजवादी आन्दोलनसँगै कमरेड शब्दको प्रयोग राजनीतिक वृत्तमा व्यापक भएको हो। भारतका नेहरूदेखि नेपाली काँग्रेसका संस्थापक विपी कोइरालाका लागि कामरेड आफ्नै जातको शब्द थियो।

कमरेड शब्दको साइनो रुसी भाषासँग छैन। तर, यसको विश्वव्यापीकरण र कम्युनिस्टीकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ। सोभियत क्रान्तिकारीहरू एकअर्कालाई सम्वोधन गर्न तबारिस शब्दको प्रयोग गर्थे। छोटकरीमा टोभ भनिन्थ्यो। सोभियत क्रान्तिसम्बद्ध लेख, रचना, दस्ताबेज, भाषण आदिमा तबारिस शब्दको प्रयोग नभएको सायदै भेटिएला। कम्युनिस्टहरूको बन्न पुग्यो। आज विपीका अनुयायी कोही कँग्रेसजनलाई कमरेड भनियो भने उसको सामान्यतया जवाफ हुन्छ – म कमरेड होइन। अर्थात् म कम्युनिस्ट होइन ।

कमरेड शब्दको मूलमै फर्कौं। कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दापर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको। राज्यव्यवस्थाअनुसार सम्वोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ। राजा र रैतीलाई गर्ने सम्वोधनमा फरक, धनी र गरिबका लागि गरिने सम्वोधनमा फरक, लिंगअनुसार सम्वोधनमा फरक अर्थात् सम्वोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन्। समाजवादी हुन् कि कम्युनिस्टहरू सम्वोधनमै हुने विभेद रुचाउँदैनथे। त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए।

‘कमरेड’को सामान्य अर्थ साथी, दाँैतरी वा मित्र हो। विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकेर हिडेका र कम्युनिस्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गर्न थालियो। कम्युनिस्ट पार्टीमा लागेका सबै सदस्य समान मानिने हुँदा एक अर्कालाई सम्बोधन गर्दा समानता बोधक शब्द कमरेड (साथी) को प्रयोग गरिएको हो।

कम्युनिस्ट पार्टीमा केन्द्रीय कमिटीका अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्मका सबै सदस्यलाई कमरेड भनेर सम्बोधन गरिन्छ। ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ। कम्युनिस्ट कम्युनिज्मको अनुयायीलाई कम्युनिस्ट भनिन्छ। ‘कम्युन’ बाट कम्युनिज्म र कम्युनिस्ट बनेको हो। ‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो। यस्तो समुदाय वा जनपद भएको सामाजिक विकासको उच्चतम अवस्था कम्युनिजम हो। उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकता अनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ।

कम्युनिज्ममा सर्वहारा वर्गको अधिनायकत्व, वर्गविहीन सामाजिक व्यवस्था, शारीरिक र बौद्धिक श्रमका बीच समानता एवं राष्ट्र–राष्ट्रका बीच बन्धुत्वको भावना रहन्छ। कम्युनिज्मलाई समाजमा स्थापित गर्न चाहने, शोषण, दमन र अन्याय–अत्याचार एवं निजी सम्पत्तिको विरोध गर्ने, सामूहिक उत्पादन पद्धति, सामूहिक जीवन र समानतामा विश्वास गर्ने, मार्क्सवादी लेनिनवादी वैज्ञानिक विचार धारामा दृढ रहेको, सर्वहारावर्गको पार्टीको सामूहिक अनुशासनमा रहने क्रान्तिकारीलाई कम्युनिस्ट भनिन्छ।

कमरेड शब्दको मूलमै फर्कौं । कोठामा सँगै बस्ने साथी अर्थात् आफ्नो सुख–दुःख निर्वस्त्र रूपमा देखेको मर्दापर्दा सबैभन्दा बढी काम लाग्ने मित्र भन्ने अर्थ थियो कमरेडको । राज्यव्यवस्थाअनुसार संबोधनका लागि विभिन्न शब्दको प्रयोग हुन्थ्यो वा हुने गर्छ । राजा र रैतीलाई गर्ने संबोधनमा फरक, धनी र गरिबका लागि गरिने संबोधनमा फरक, लिंगअनुसार संबोधनमा फरक अर्थात् संबोधनमै मान्छेको औकात झल्काउने शब्दको प्रयोग समाजमा थिए वा छन् । समाजवादी हुन् कि कम्युनिष्टहरू संबोधनमै हुने विभेद रुचाउँदैनथे । त्यसैले वर्ग, जात, औकात, लिंग केही नछुटाउने कमरेड शब्दलाई प्रगतिशीलले पछ्याए । अहिले कमरेडहरू कमरेड भन्दैनन् । न त कमरेडहरू मर्दा र पर्दाका भएका छन् । बरु निर्वस्त्र एकअर्कालाई सिध्याउने अर्जुनदृष्टिमा छन् ।

कमरेडहरू दस्ताबेजमा वैज्ञानिक समाजवादको कुरा गर्छन् । सरल भाषामा भन्दा विज्ञान र प्रमाणलाई विश्वास गर्ने र समाजको हितमा आफूलाई समर्पित गर्ने वाद नै वैज्ञानिक समाजवाद हो । तर, कमरेडहरूका दस्ताबेजमा वैज्ञानिक समाजवाद शब्दावली भेटिए पनि वैज्ञानिक समाजवादको अभ्यास भेटिन छाडेको छ । मन पर्दा अलकत्रा भए पनि चाट्ने र रिस उठ्दा मुलाझैँ काट्ने प्रवृत्ति कमरेडहरूमा झ्यांगिएको छ । आम मानिसले समेत झ्याप्प भन्न डराउने आरोप प्रचण्डले ओलीलाई र ओलीले प्रचण्डलाई औपचारिक रूपमै लगाएका छन् । भोलि मिल्ने परिस्थिति देखिए शब्दको प्रयोगमा आकाश जमिनको फरक पर्नेछ । र, भनिनेछ–देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट…हरू एक हुनु आजको आवश्यकता हो । अरे बाबा, आजको भ्रष्टाचारी, देशद्रोही, प्रतिगामी….आदि रातारात कसरी देशभक्त, क्रान्तिकारी, कम्युनिष्ट हुन सक्छ ? विज्ञानमा विश्वास गर्ने र समाजमा समर्पित हुने वैज्ञानिक समाजवादका अनुयायीसँग यसको उत्तर छ ?

आफू मरेर पनि सहयोद्धालाई बचाउने सिद्धान्त बोकेका कमरेडहरू एकअर्कालाई सिध्याउन विभिन्न हतियार प्रयोग गर्दै छन् । त्यसमध्येको एउटा हतियार हो–कम्प्रोम्याट । भौतिक कुरासँग सम्झौता अर्थात कम्प्रोमाइज गरेको भन्ने अर्थ लाग्ने यो शब्दको राजनीतिक र साँस्कृतिक अर्थ भने व्यापक छ । कसैलाई आमरूपमा नष्ट गर्नुप¥यो भने उसले यौनका सवालमा गरेको सम्झौता वा रोमान्सलाई बाहिर ल्याउने षड्यन्त्रलाई कम्प्रोम्याट भनिन्छ । रुसी भाषासँग सम्बन्धित कम्प्रोम्याटको प्रयोग राजनीतिमा नयाँ होइन । तर, जनताले बुझ्ने गरी अर्थात् नांगोरूपमा कम्प्रोम्याटको प्रयोग पछिल्लो चरण हुन थालेको छ ।

नेपालमा कम्प्रोम्याट

तत्कालीन सभामुख कृष्णबहादुर महरा कम्प्रोम्याटबाट शिकार भएका सबैभन्दा उच्चपदस्थ व्यक्ति हुन् । उनी र रोशनी शाहीबीचको विवाद पार्टीको मूलपंक्तिका लागि नयाँ थिएन । पार्टीमा उजुरीसमेत दिइएको बताइन्छ । तर, सुनुवाइ गरिएनछ । जब कुरा सार्वजनिक भयो, कृष्णबहादुर महरालाई पदमुक्त हुन निर्देशन दिइयो । त्यसपछि महरा प्रकरणलाई विशुद्ध अदालती विषयका रूपमा मात्र हेरियो । केन्द्रीय नेतृत्वमा रहिसकेको र संवैधानिक ओहोदामा रहेको व्यक्तिमाथिको आरोप विशुद्ध अदालती प्रसंग मात्र हो ? अझ कम्युनिष्ट पार्टीका लागि त्यो ‘बुर्जुवा’ अदालती विषयभन्दा आन्तरिक छानबिन, सजायँ वा न्यायको विषय हुनु पथ्र्यो । तर, अहिलेसम्म आन्तरिक छानबिन गरिएको छैन, पार्टीमा एजेण्डासमेत बनेको छैन ।

महरा प्रकरणको वर्षदिन नपुग्दै अर्का नेता नारायणकाजी श्रेष्ठमाथि कम्प्रोम्याटको तरवार झुण्डिएको छ । सार्वजनिक भएको भिडियोमा श्रेष्ठ दोषी हुने कुनै आधार देखिँदैन, न त उनी आफू प्रत्यक्ष लेनदेनमा रहेको बुझिन्छ । तर, उनको स्वकीय सचिव रहिसकेकी सुसन कर्माचार्य मुझिएको विषय रहेकाले श्रेष्ठ पनि दोषी रहेको स्थापित गर्न खोजिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीका कटु आलोचकको रूपमा देखिएकाले उनको विरुद्ध ओली समर्थकहरू खुलेयाम लागेका छन् । अविवाहित श्रेष्ठ कम्युनिष्ट नैतिक र आदर्शवादी हुनुपर्ने बताउने गर्छन् । उनलाई नैतिकता र आदर्शवाद यही हो भनेर आमरूपमा खिसिट्युरी गरिएको छ । नारायणकाजी लेनदेनमा सहभागी छन् वा छैनन्, उनीसँग नाम जोडिएका महिला पात्र र उनको सम्बन्ध विशुद्ध कमरेड्ली वा अरू केही ? यसबारे सायदै कहिलै छानबिन होला । तर, यो विषयलाई लिएर कमरेडहरूले छेडखानी हान्न नारायणकाजीलाई सायदै कहिल्यै छाड्नेछन् ।

एकले अर्कोलाई सिध्याउन प्रयोग गरिएको र हालै अदालती प्रक्रियाबाट बिट मारिएको अर्को कम्प्रोम्याट हो –शेरधन राई र बालिका खड्काको सम्बन्ध । बालिकाले आफूमाथि यौन शोषणसमेत भएको भनी राईविरुद्ध पार्टीमा निवेदन दिएकी थिइन् । त्यसबारे आधिकारिक छलफल नै भएन । केटी नै उस्ती भन्ने मनोविज्ञान शीर्ष नेतृत्वमा देखियो । खड्का न्यायको माग गर्दै अदालत पुगिन् । पछि अदालतमा खड्काले अर्काको लहैलहैमा लागेर आफू राईका बिरुद्ध लागेको भन्दै पश्चातापपूर्ण लिखित निवेदन दिएपछि कुरा टुँगियो । अर्का नेता कृपाशुर शेर्पाको उक्साहटमा खड्का राईविरुद्ध खनिएको राई पक्षको दाबी छ । केन्द्रीय तहका दुई नेताबीचको यो स्तरको दाउपेच हुँदा पनि साविकको नेकपा एमालेमा कुनै आधिकारिक एजेण्डा बनेन । अहिले नेकपालाई यस्ता कुरा गर्ने फुर्सद नै छैन । पूर्वप्रधानमन्त्री रहिसकेका माधव नेपाललाई अख्तियार लगाउने भय सिर्जना गरिएको छ । अख्तियार प्रमुखलाई नेपालविरुद्ध मुद्दा चलाउन प्रधानमन्त्री ओलीले दबाब दिएको बताइन्छ । प्रचण्डमाथि हेग पु¥याउने डर देखाइन्छ ।

भनिरहनुपर्दैन नेकपाका हाइकमाण्डदेखि सेल कमिटीका सदस्यसमेत कम्प्रोम्याट प्रयोग गर्ने होडमा वा कम्प्रोम्याटको शिकार हुने जोखिममा छन् । एउटा गुटकाले अर्को गुटकालाई सिध्याउन मात्र होइन आफ्नै गुटभित्र पनि खत्रा दाउपेच हुन थालेका छन् । कुनै बेला एउटै थालमा खाने भनिएका, दाइभाइसरह ठानिएकाहरूबीच श्रीमती खोसेको बात लागेको प्रसंग नेकपावृत्तमा तात्तातो छ । या यो त्यसै सेलाउनेछ या त ऐनमौकामा कम्प्रोम्याट बनाइनेछ । नेकपामा विषय नीतिगत रूपमा उठान गर्न छाडिएको छ । कसैलाई सिध्याउन वा बनाउनका लागि मात्र विषय उठ्न थालेजस्तो देखिँदै गएको छ । नेकपा साइजमा जति विशाल छ उत्ति नै कमरेड्लीपन खुम्चिएको छ । कम्प्रोम्याटको बिगबिगी बढेको छ ।

Previous Post Next Post