22 Jul 2021

G(old) समाज

आज चुरोट खान भनेर क्याफे छिरेको थ्ये, ३-४ जना केटिहरु चुरोट तान्दै रैछ्न। छ्या!!! खत्तम भै सकेछ्न आजकलका केटिहरु.. 

अस्ति राती साथीहरु संग बारमा बसेर रक्सी खादै थ्ये, तेहा पनि केहि केटिहरु लाजैमर्दो गरि रक्सी खाँदै थ्ये। छि!!! राती राती रक्सी खादै हिड्ने केटिहरु, गतिला परिवारका त पक्कै होइनन् ...

मेरो केटिहरु घुमाउने कला देखेर केटाहरु पनि डाहा गर्छन्, जे होस् ठुलै शान छ केटाहरु माझ। अरु सब ठिकै हो, मेरो घर नजिककी एउटि केटि राम्रै होलि जस्तो लाग्थ्यो तर मैले ३-४ जना केटाहरु संग हिडेको देखी सके.. हेर्दा मात्रै सोझी, खत्तमै रैछे त्यो केटि पनि । 

अस्ति पट्याएर एउटि केटिलाई night stay को लागी होटेलमा लिएर गएको थ्ये, तेहि होटेलमा मेरै कजेल कि एउटि केटिलाई तेस्को बोइफ्रेन्ड संग रुममा छिरेको देखे। टोईट!!! त्यो केटी पनि खत्तमै रैछे, कजेलमा केटाहरुलाई त सुनाउनै बाकी छ यो कुरा। कलेज कै एउटा केटीलाई निकै मनपराउथ्ये, त्यो केटिको बारेमा बुझ्दै गए, पहिलै स्कुल र कलेजमा गरि २ जना केटा संग ब्रेकअप भैसकेको रैछ । तेस्तो केटि पनि के गतिलो होलि र,.. 

यसो केटाहरु संग रमाइलो गरेर ३-४ दिन पछि, आज घर पुगेको मात्र थ्ये, कहाँ साथीहरु बराल्लेर बसेकी हो कुन्नी, बहिनी घर ढिलो आको देखेर रगत ताती हाल्यो, रीसको झोकमा दिए २-४ झापड। छोरी मान्छे भएर कम्सेकम आफ्नो ठाउँमा त बस्नु पर्छ । 

आजकलका केटिहरु त सारै बिग्रेका देखे, मेरा दिदि बहिनी तेस्ता भको भए, कसम हात खुट्टा भाचेर राखिदिन्थ्ये ।


प्रतिक्रिया दिनुहोस