सकम्बरी: अभाव देखि प्रभाव सम्म [Sakambari by Prakash Saput]

सकम्बरी: अभाव देखि प्रभाव सम्म

सकम्बरी: अभाव देखि प्रभाव सम्म [Sakambari by Prakash Saput]
सकम्बरी: अभाव देखि प्रभाव सम्म [Sakambari by Prakash Saput]




गीत संगीतका माध्यमबाट चर्चित प्रकाश सपुत जो नेपालीहरुक मन मन मा बस्न सफल छन् उनै प्रकाश सपुतले नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक गरेका छन्। दर्जनौ लोकप्रिय गीतहरुका सर्जक प्रकाश हरेक सिर्जनामा समाजका बिकृति बिरुद्द संदेश प्रवाह गर्ने गरेका छन। यो गीत प्रकाश सपुतको आफ्नै स्वर, शब्द र संगीतमा तयार भएको छ। गीतमा प्रकाशलाई वर्ता गन्दर्भले साथ दिएका छन्। 

गीतमा अभावले मान्छेलाई के-के सम्म गराउन बाद्य बनाउँछ भन्ने संदेश समावेश छ। एउटा गीतभित्र विभिन्न समस्या बाध्यता समावेष गरेका छन्।  सकम्बरी हेर्ने र सुन्ने सबै दर्शक श्रोताहरुका लागि मोरंजन साथसाथै ब्यबहारिक संदेश पनि समावेश गरिएको छ। जीवन्त अभिनय सुमधुर स्वर र समाजको वास्तविक अनुहार प्रस्ट देखाएको यो भिडियोमा सकम्बरीको भूमिका निर्वाह गरेकी मोडल कुसुम शर्मा को अभिनय प्रसंसायोग्य छ।

गीतमा श्रीमतीले छोरीमात्रै जन्माएको भन्दै बुवाले दोस्रो विवाह गरेपछि बहिनी र आमाको लालनपालनको जिम्मा आफ्नो काँधमा आएपछि एक युवती कसरी अवसरबादीबाट शोषणमा पर्छिन् भन्न खोजेको छ। गीतले अर्काको अभावमा खेलेर जिन्दगी बबार्द बनाइदिनेहरू सहरका चोक-चोकमा रहेको यथार्थलाई चित्रण गरेको छ।

गीतको भिडियोमा प्रकाश स्वयंसँगै कुसुम शर्मा, सुनील थापालगायत कलाकारको अभिनय छ। भिडियो निर्देशन पनि प्रकाशकै हो।





कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो 

नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो..

पाउमा लाको पाउजु, हातमा सुनको चुरा 

तिम्लाई कल्लले किन्दियो… फुलमाया ६


जाग्यो रहर पापी शहरको 

छैन सिमाना आफ्नै रहरको

लौ धर्मै मास्ने जहर

लौ रङ्गीन रङ्गीन रहर 

तिम्लाई कल्ले किन्दियो.. फुलमाया..


जोवन साटेउकी धनको आसैले 

बहकायोकि तिम्लाई कसैले

हेर हिड्छेउ पर पर. 

हेर रातै स्कुटर…

तिम्लाई कल्ले किन्दियो.. फुलमाया


धुवाँ सरी मन उड़न दियौर

फुलै सरी तन चुँडन दियौर…

यस्तो आँखा खाने  डाईमण्ड

यस्तो ईमान खाने  घमण्ड 

तिम्लाई कल्ले किन्दियो.. फुलमाया


घाटी निरै डाम के को होलानी 

राती तिरै काम के को होलानी

ओहो मुल्य बढी बढी, 

ओहो मोबाईल टिभी घडी

तिम्लाई कल्ले किन्दियो.. फुलमाया


रस गालैको सुकी जानेछ

आफ्नै आत्माले थुकी जानेछ

यो वैश सधै फल्छ, 

यो जिवन यसै चल्छ 

तिम्लाई कल्ले भन्दियो.. फुलमाया


 Lyrics In English:- 

Kanma Jhumkana Timlai Kalle Kindiyo

Nakko Bulaki Timlai Kalle Kindiyo

Pauma Lako Pauju, Hatma Sunko Chura

Timlai Kalle Kindiyo, Phoolmaya


Jagyo Rahar Papi Shaharko

Chhaina Simana Aafnai Raharko

Lau Dharmai Masne Jahar

Lau Rangin Rangin Rahar

Timlai Kalle Kindiyo, Phoolmaya


Joban Sateuki Dhanko Aashaile

Bahakayoki Timlai Kasaile

Hera Hidchheu Para Para

Hera Ratai Scooter

Timlai Kalle Kindiyo, Phoolmaya


Dhuwa Sari Man Udna Diyaura

Phoolai Sari Tan Chudna Diyaura

Yesto Aankha Khane Diamond

Yesto Iman Khane Ghamand

Timlai Kalle Kindiyo, Phoolmaya


Ghati Nirai Dam Ke Ko Holani

Rati Tirai Kaam Ke Ko Holani

Oho Mulya Badhi Badhi

Oho Mobile TV Ghadi

Timlai Kalle Kindiyo, Phoolmaya


Rasa Galaiko Suki Janechha

Aafnai Aatmale Thuki Janechha

Yo Baisha Sadhai Phalchha

Yo Jiban Yesai Chalchha

Timlai Kalle Bhandiyo, Phoolmaya




यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url