को हो प्रकाश पौडेल र मंसिर ४ मा किन प्रकाश पौडेल?

को हो प्रकाश पौडेल र मंसिर ४ मा किन प्रकाश पौडेल
को हो प्रकाश पौडेल र मंसिर ४ मा किन प्रकाश पौडेल

प्रकाश पौडेल को हो? मंसिर ४ मा किन प्रकाश पौडेल ?

रमेश गुरुङ "बिप्लब"

बिपत्तिमा साहारा बन्ने केटो , दुखिको हात थाम्ने केटो, आवाज बिहिनको आवाज बोल्ने केटो, राष्ट्रिय  अन्तर्राष्ट्रिय  राजनैतिक घटनाक्रम को हेक्का राख्ने केटो, हाम्रो पुस्ताको नजरमा सचेत युवा हो र उ सक्षम नेता हो। उस्ले बर्तमानको बोझ बोक्न सक्छ। हाम्रा अग्रज कम्रेडहरुको नजरमा उ वहाँ हरुको उत्पादन हो।

यदि उ तपाईंहरुको सजिव उत्पादन हो भने मान्नुहोस तपाईंले उचित तापमान दिएर, कोरलेर जन्मियको चल्ला हो, उ उड्न सक्षम भै सक्यो र उ उड्न चाहन्छ उड्न दिनुहोस कृपया पखेटा काट्न नखोजिदिनु।

यदि उ निर्जिव उत्पाद्न हो जस्तो लाग्छ भने एमाले पार्टी र हाम्रो समाज एउटा भट्टी हो जहाँ  उस्लाइ ततायर पिटेर सहि आकार दियर धारिलो हतियार बनाउनु भयो  अव हाम्रो राजनिती र समाजमा  भएका थुप्रै बिसङ्गतिको जरा काट्नु पर्छ। उस्लाइ त्यो काट्न दिनुहोस। कृपया उस्लाइ खिया लाग्न नदिनुहोस। कुल्चियर हिड्न खोजे खुट्टा काट्न सक्छ महोदय।

मेरा आदरणिय शिक्षक गणेश सुवेदी प्राय भन्नू हुन्थ्यो।

"शिक्षक कोइला हो र बिध्यार्थि फलाम हो। जसरी  कोइलाले ततायको फलाम कोइला भन्दा कयौ गुणा तातो हुन्छ त्यसैगरि तिमीहरु म भन्दा सफल र सक्षम बन्नु पर्छ।"

आदरणिय अग्रज महोदय यहाँ हरुले ततायको केटो अहिले प्रकाश बनेको छ कम्रेड प्रकाश  कृपया उस्लाइ चिस्याउन र छेक्न नखोज्नुहोस 

जसरी बूढो माउ पङ्क्षी र जवान पङ्क्षी बिच  उडान भर्ने क्षमताको फरक छ जसरी कोइला र तातिएको फलाम बिच तापमान  फरक छ त्यसरिनै हजुर हरु र  प्रकाश बिच राजनैतिक सक्षमता को फरक छ, बर्तमानको बोझ बोक्ने क्षमताको फरक छ!

तपाईं जतिनै सौर्यवान भयतापनी बर्तमानको बोझ बोक्न सक्नु  हुदैन तसर्थ बर्तमानको बोझ हामिलाइ नै बोक्न दिनुहोस। यति भन्दै गर्दा यहाँहरुलाइ अपमान गर्न खोजेको होइन मैले। प्रकाश जहाँ छ त्यहा पुर्याउनलाइ तपाईं हरुले जल्नु भयको छ त्यस्को लागि हार्दिक नमन्  अव उसको काधमा हात राखेर भन्नुहोस बाबू अघिबढ।

कृपया टिकट हत्त्याउम दौडधुप नगरेकै बेस किन भने पुरै जीवन समाज र राजनितिमा लगाउनु भयको तपाईं हरुले आराम गर्नु पर्दछ र जस्ले आर्थिक ब्यबसायिक पुजि कमाउनु भयो वहाहरुले उत्पादन मुखी उध्योगमा लगानी गरि आर्थिक क्रान्ति गर्नुपर्दछ।

कार्यकाल पूरा गरे पछि प्रकाश पनि हजुरकै उध्योगमा काम गरेर जिबिका चलाओस र नया योजना र त्याग सहित आउने नया  पुस्तालाइ पालो देवस यहि छ कामना। तपाइकै उत्पादन सहि अवत खुसी हुनुहोस कि आफ्नो उत्पादनले तहल्का पिट्दै छ।

Previous Post Next Post