अनिवार्य नेपालीको प्रश्न पत्र नमुना - कक्षा ११

कक्षा ११ अनिवार्य नेपालीको प्रश्न पत्र नमुना

कक्षाः ११                                                                                       
पूर्णाङ्कः १००
उत्तीर्णाङ्कः ३५
विषयः अनिवार्य नेपाली                                                                 
समयः ३ घण्टा    

सबै प्रश्नहरुको उत्तर दिनुहोस्ः

१. कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः

क) उच्चारण स्थान र प्रयत्नका आधारामा तलका वर्णहरुलाई चिनाउनुहोस्ः  ५

      ग, झ, व, ह, ल

ख) तल दिइएका शब्दका अक्षर संरचना र सङ्ख्या देखाउनुहोस्ः

स्याल, कमल, अन्याय, विशेषता, आज्ञाकारी

२. शुद्ध गरी पुनर्लेखन गर्नु होस्ः ५

जापान, भारत र नेपाल एशिया महादेशमा छन भन्नु होस् त ! भूटान र वङ्गलादेश कुन महादेशमा पर्छन् सत्ते कुरा के हो भने यि पनी यही महोदशका मुलुक हुन् ।

३. तलको अनुच्छेदमा रेखाङ्कित पदहरुको शब्दवर्ग पहिचान गरी लेख्नु होस्ः ३

गाउँमा एक जना बुढा रहेछन् । एक दिन उनलाई भेट्न अर्का बुढा मान्छ् आएछन् तर भेट हुन सकेनछ । गाउँलेहरुले कठै ! बिचराले दुख मात्र पाए भनेछन् ।

४. भविष्यत् कालको प्रयोग गरी आफ्नो लक्ष्यका बारेमा वर्णन गर्नुहोस् । (४ वाक्यमा मात्र)  २

५. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः  २×३=६

क) तलको अनुच्छेदबाट तिन वटा उपसर्ग व्युत्पन्न शब्द र तिनवटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्ः

दिनभर काम गरेकाले हामी थकित भई चौतारीमा बसेर आराम गर्दै थियौं । जुनेली रात रमाइलो थियो । कसैको मनमा कुभावना तथा बदनियत थिएन । हामीले कसैलाई दुर्वाच्य बोलका पनि थिएनौं तर अकस्मात् एउटा जँड्याहा हाम्रो छेउमा आयो र हामीलाई आक्रमण गर्ने दुष्प्रयास ग¥यो । पहिले त हामी छक्क प¥यौं । किन आक्रमण गर्न लागेको होला भनी जिज्ञासु नजरले हे¥यौं । तर प्रतिकारमा नउत्रिए घाइते हुने डर थियो । हामीले होसियार भएर आफ्नो बचाउ गर्ने निधो ग¥यौं ।

ख) तलको अनुच्छेदबाट तिन समस्त शब्द र तिन द्वित्व शब्द खोजी समस्त शब्दलाई विग्रह गर्नुहोस् र द्वित्व शब्द दोहोरिएको अंश छुट्याउनुहोस्ः

आफ्नो जन्मभूमिलाई चुपचाप विदेशीको कृपापात्र बनाउन खोज्नेहरुको देश कहिल्यै आत्मनिर्भर हुँदैन । आल्तुफाल्तु कुरामा अनमोल समय बिताउने मुलुकले अग्रगति लिंदैन । आपसी झैझगडाको जालो चटाचट काट्तै अविश्वासका खाडलहरु रातारात पुरेर जब धर्तीपुत्रहरु स्वाबलम्बी बन्छन् तब जनताको भाग्योदयका ढोकाहरु घ¥याकघुरुक खुला हुन्छन् । कृषिक्रान्ति गरेर लहलह बाली झुलाउन सके, पर्यटन क्षेत्रको विकास गरेर नेपालीका हातमा विदेशी मुद्रा छनछन बज्ने व्यवस्था मिलाउन सके, स्वदेशी डाँडाकाँडामा पाइने अनमोल जडीबुटीले जनस्वास्थ्य र रुग्ण अर्थतन्त्र सबल पार्न सके यहाँ न बेरोजगारी रहन्छ न त गरिबी नै । यसका निम्ति केवल दूरदर्शी नेतृत्व र क्रियाशील युवाजोसका खाँचो छ ।

ग) तलको अनुच्छेदबाट छ वटा सन्धियुक्त व्युत्पन्न शब्द पहिचान गरी तिनको सन्धि विच्छेद गर्नुहोस्ः

घरेलु अत्यावश्यक सरसामान किन्न मानिसहरु बजार जान्छन् । बजारको भिडभाडमा कहिलेकाहीँ वयोवृद्ध तथा केटाकेटीहरुलाई अप्ठ्रो पनि हुन्छ । यस्तै हुलमुलमा चोरीको बिगबिगी हुन्छ भने रक्स्याहरुले पनि बाटाघाटामा दुख दिन्छन् । सडक पेटीका व्यापारीले सोझासाझा गाउँलेहरुलाई सक्कली माल भनी नक्कली माल बेचेर ठग्छन् ।

६. कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः ५

क) तलको अनुच्छेदलाई पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गम परिवर्तन गरी वाक्य ढाँचा समेत मिलाई पुनर्लेखन गर्नुहोस् ।

एक दिन एउटा युवक टुँडिखेलमा हिँडि रहेको रहेछ । एउटी युवतीले उसलाई बोलाइछ । युवती त्यो युवक जता जाने हो त्यतै जाने रहिछ । उसलाई त्यस युवकले चाहिँ चिनेको रहेनछ । चिनजानपछि त्यस युवकले त्यस युवतीसँग भेट्दा सङ्कोच नमानी कुरा गर्न थालेछ ।

ख) वाक्य ढाँचा सहित एक वचनबाट बहुवचनमा परिवर्तन गर्नुहोस्ः

म कक्षा १०+२ पढ्ने विद्यार्थी हुँ । कलेजमा मेरो एक जना मिल्ने साथी छ । साथी मलाई मायामात्र होइन, सहयोग पनि गर्छ । म दिनहुँ बाटामा उसलाई भेट्छु । ऊ पनि सधैं मलाई भेट्ने प्रयास गर्छ ।

७. कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः  ६

क) ले, लाई, बाट, द्वारा, देखि र मा विभक्ति लागेका भिन्न भिन्न कारकको प्रयोग भएका छ वटा वाक्यमा कुनै घटनाको वर्णन गर्नुहोस् ।

ख) तलको अनुच्छेदका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस्ः

मेरो बहिनी पोखराको मणिपाल कलेजमा डाक्टरी पढ्छ । मेरी भाइ चाहिँ सात कक्षामा पढ्छे । तपाइँ पोखरा जान्छस् ? जाने भए हिँड् । म पनि बहिनी भेट्न पोखरा जाँदै छ । हामी दुबे सँगै जालास् ।

८. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः  २×४=८

क) तलका जटिल वाक्यहरुलाई आठ वटा सरल वाक्यमा छुट्याउनु होस्ः

तपाइँलाई सूर्याेदयको दृश्य हेर्ने मन छ भने नगर कोट जानुहोस् । नगर कोटबाट सूर्याेदय राम्ररी हेर्न पाइन्छ भने वरपरको दृश्य पनि देखिन्छ । जुन मान्छेले नगर कोटको भ्रमण गर्छ उसले सूर्याेदयको दृश्य हत्तपत्त बिर्सदैंन । नगर कोटले पर्यटन व्यवसाय बढाएको छ र स्थानीय मानिसहरुका लागि आय आर्जनको बाटो पनि खुलाएको छ ।

ख) आवश्यक कुरा थपघट गरेर तलका वाक्यहरुलाई वाच्य परिवर्तन गरी पुनर्लेखन गनुहोस्ः

सप्ताहान्तमा साथीहरुसँग सहर गइन्छ । सहरमा सिनेमा हेरिन्छ । दुई चार दिन त्यहीं बसेर रमाइलो गरिन्छ । आफूलाई चाहिने सामान किनिन्छ । अर्काे हप्तातिर मात्र घर फिरिन्छ । सहरका रमझमबारे घरमा बेलीबिस्तार लगाएर सुनाइन्छ । सानो यात्रा वृत्तान्त लेखेर पत्रिकामा पनि छपाइन्छ । अर्काे सप्ताहान्त कसरी मनाउने भन्ने विषयमा पुनः सोचिन्छ ।

ग) तलका वाक्यहरुलाई एउटै वाक्यमा संश्लेषण गर्नुहोस्ः

चराले आफ्नो गुँड आफैं बनाउँछ । मुसाले आफू बस्ने प्वाल आफैं खन्छ । मूक प्राणीहरु आफ्नो आश्रय स्थल आफैं बनाउँछन् । चेतनशील मानव हामीले आफ्नो देश आफैं बनाउनुपर्छ ।

९. तलका अनुच्छेद पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नुहोस्ः  १०

वातावरण भन्नाले त्यस्तो प्राकृतिक प्रक्रिया (कृत्रिम प्रक्रिया पनि हो) जसले कुनै पनि ठाउँको उन्मुक्त दृश्यको निर्माण गरेको हुन्छ । जस्तैः पसलको वातावरण भन्नासाथ बेच्न राखिएका विभिन्न सामानहरुको दृश्यका साथै बेच्ने तथा किन्ने मानिसहरुको तस्विर हाम्रो मस्तिष्कमा तयार हुन्छ । त्यसै गरी स्कुलको वातावरण भन्नाले पढ्ने, पढाउने शिक्षक तथा विद्यार्थी, कक्षाकोठाहरु, कुर्सी, टेबुल, कालो पाटी, किताब, कलम, खेल मैदान आदिको बोध हुन्छ । त्यस्तै गाउँको वातावरण भन्नाले साधारणतः थोरै मानिस, माटाले पोतेका थोरै घर, वरिपरि गाईभैंसी र भेडाबाख्रा बाँधेको, हाँस कुखुरा पालेको, दाउरा घाँस तथा परालको थुप्रो, अलि पर खोला, इनार वा कुवा आदिको झलक र सहरी वातावरण भन्नासाथ चिल्ला सडक, उज्यालो बिजुली बत्ती, सुकिला लुगा लगाएका मानिस, मोटर गाडी गुडेको, उद्योग कलकारखाना र त्यसबाट निस्केको धुँवाको मुस्लो, राम्रा तथा अग्ला घरहरु आदिको झलक जस्ता कुरा बुझिन्छन् ।

यसरी ‘वातावरण’ शब्दको प्रयोग धेरै अर्थमा भए पनि यो खास गरी यस अन्तर्गत खोलानाला, हावापानी, माटो, ढल, ताल, सागर, महासागर, मरुभूमि, वन जङ्गल, हिमाल आदि पर्दछन् ।

वातावरण खास गरी सजीव र निर्जीव दुई आधारभूत तत्वहरु मिली बनेको  हुन्छ । निर्जीव तत्व भन्नाले  घाम वा ऊर्जा, हावा, पानी, माटो तथा जीवलाई आवश्यक पर्ने तत्वहरु बुझिन्छन् । सजीव तत्व भन्नाले सूक्ष्म जीवाणुदेखि ठुलठुला जनावरका साथै बोट बिरुवा जस्ता पृथ्वीका सम्पूर्ण प्राणी तथा वनस्पतिहरुलाई बुझिन्छ । निर्जीव तत्वहरुको निश्चित समानुपातिक संरचनाका आधारमा निश्चित वातावरण तयार भएको हुन्छ । त्यही वातावरण अनुसार सजीवहरुको सृष्टि हुन्छ । त्यसै कारण सजीव र उसको वरपरको वातावरण वा निर्जीव तत्वहरु बिच अदृश्य वा अप्रत्यक्ष किसिमको घनिष्ठ अन्तरसम्बन्ध भइ रहन्छ । यही अन्तरसम्बन्धलाई पारिस्थितिक प्रणाली भनिन्छ । यस किसिमको पारिस्थितिक प्रणालीको अध्ययन गर्ने शास्त्रलाई पारिस्थितिक शास्त्र भनिन्छ ।

प्रश्नहरु

(क) वातावरण भनेको के हो ?

(ख) गाउँ र सहरको वातावरणमा के फरक छ ?

(ग) वातावरणका सजीव र निर्जीव तत्वहरु के के हुन् ?

(घ) पारिस्थितिक प्रणालीले कस्तो अन्तरसम्बन्धको अध्ययन गर्दछ ?

(ङ) ‘समानुपातिक’ र ‘पारिस्थितिक प्रणाली’ को अर्थ लेख्नुहोस् ।

१०) तलको अनुच्छेद पढी मुख्य मुख्य मुख्य पाँच बुँदा टिपोट गर्नुहोस्ः ५

कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ । सय पङ्क्तिमा लेख्दा पनि जुन कुरा भन्न सकिंदैन कविले तयसलाई एकै पङ्क्तिमा अझ राम्ररी भन्न सक्तछ । प्रभातका एकै किरणमा सारा रङ र रुपको कस्तो रमाइलो ढोका उघ्रन्छ । एकै धर्के प्रिया मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ । आमाको एउटै काखमा आशीर्वादका अनन्त फूलहरु फक्रिन्छन् । स्रष्टाको कलाको तेस्रो आँखाले अर्कै रुप र अर्कै अभिप्राय देख्दछ । एक जना अन्तरिक्ष यात्रीले भनेका थिए– यहाँबाट मैले सृष्टि सौन्दर्यको जो विचित्र रङ र आभा देखेको छु, त्यसको वर्णन म गर्न सक्तिनँ, यसका निम्ति त कवि नै चाहिन्छ । सृष्टिमा जे जति छ, त्यति नै यति विचित्र छ कि त्यसको भाषा पाइँदैन, परन्तु कविका विचित्र वाणीमा त्यसको महिमा मुखरित हुन्छ । बैशाखी रातमा कुहुकुहु गर्दै कोइली मानौं विस्मय र आश्चर्यमय भई पखेटा खोलेर उडे झैं उड्छे र वसन्तलाई बोलाउँछे । बिहानी पख सूर्यका किरणलहरु जसरी छिरबिराएर आउन थाल्छन्, त्यसरी नै धोबिनी चरीका कलकण्ठबाट उसका चिरबिर वाणीहरु चिरबिरिन थाल्छन्—जहाँ अरु एक शब्द पनि बोल्न सक्तैनन्, कवि त्यहाँ सहस्र सुन्दर, सहस्र सरल शब्द बोल्न सक्तछ ।

११) कुनै एक प्रश्नको उत्तर दिनुहोस्ः   ५

क) आफ्नो घरमा एउटा टेलिफोन लाइन जडान गरि दिन अनुृरोध गर्दै स्थानीय दूर सञ्चार कार्यालयलाई सम्बोधन गरी एउटा निवेदन लेख्नुहोस् ।

ख) झाडा पखालाबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य समबन्धी विषयलाई समेटी स्थानीय स्वास्थ्य केन्द्रले तयार पार्ने एउटा सूचना लेख्नुहोस् ।

१२. आफ्नो विद्यालयमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका सबै कुरा समेटी १५० शब्दसम्मको एउटा प्रतिवेदन तयार पार्नुहोस् ।  ५

अथवा

‘बढदो महङ्गी’ शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।

१३. तल दिइएका मध्ये कुनै एक शीर्षकमा एउटा निबन्ध लेख्नुहोस्ः  १०

क) मेरो पृथ्वीः मेरो देश

ख) नेपालको आर्थिक विकासमा पर्यटन उद्योगको भूमिका

ग) मेरो जीवनको लक्ष्य

१४. ‘तलका निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर लेख्नु होस्ः  ५+५=१०

स्वास्नीमान्छेलाई लोग्नेमान्छे र लोग्नेमान्छेलाई स्वास्नीमान्छे साथी बनाउन अप्ठ्यारो पार्ने एउटा ठूलो कारण सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानी पनि हो अर्थात् हामी सिद्धान्तलाई व्यावहारिक रुप दिने प्रयत्न गर्नुको सट्टा त्यसको खालि गुन गाएर हिँड्छौं । हामी न्यायको माहात्म्य गाउँछौं तर स्वयम् अन्याय गर्नबाट पछि सर्दैनौं । हामी विश्व बन्धुत्व र देशभक्तिको बयान गर्छाैं तर खुद मानवताको विपरीत र देश भाँड्ने काम गरेर हिँड्छौं । हामी साम्प्रदायिकताको निन्दा गर्छाैं, आर्थिक समानता र स्त्री पुरुषको समानताको ओड लिन्छौं तर आफैं साम्प्रदायिक भावना अनुसार चल्छौं, आफैं स्त्री पुरुषको समाना र आर्थिक समानताको उल्टो हिँड्छौं । हाम्रा सबैजसो सिद्धान्त र व्यवहारमा यस्तै ठुला ठुला विरोधाभाषहरु देखिन्छ ।

प्रश्नहरुः

क) सिद्धान्तलाई पूजा गर्ने हाम्रो बानीले के कुरामा अप्ठयारो पर्छ ?

ख) न्याय सम्बन्धी हाम्रो दृष्टिकोण र व्यवहार कस्तो छ ?

ग) हामीले दिने देशभक्तिको नारा र देशप्रतिको हाम्रो काममा के कस्तो भिन्नता छ ?

घ) स्त्री र पुरुष बिचको समानताका सम्बन्धमा हाम्रा भनाइ र गराइमा के कस्तो बेमेल देखिन्छ ?

ङ) यस निबन्धांशले स्त्री र पुरुषबिच कस्तो सम्बन्धको अपेक्षा गरेको छ ?

१५. कुनै दुई प्रश्नको उत्तर दिनुहोस्ः   २×५=१०

क) तलको कवितांश पढी सोधिएका प्रश्नहरुको एक, दुई वाक्यमा उत्तर दिनुहोस्ः

तिमी मेरो उत्पीडन बुझ्दैनौ

म तिम्रो उत्पीडन बुझ्छु

आऊ आज हामी उत्पीडनहरु साटासाट गरौं

हामी मानसिकताले एकाकार होऔं

हामी एक अर्काेविना बाँच्न सक्ने प्राणी होइनौं

म तिम्रो हात दह्रो गरीसमाउँछु

तिमी मलाई तिमी पुगेको ठाउँसम्म पु¥याऊ

त्यहाँ, जहाँ तिमीलाई मैले

सभ्यताको आदि कालमा पु¥याइसकेकी थिएँ ।

प्रश्नहरुः

अ) यस कवितांशमा ‘तिमी’ र ‘म’ ले कस–कसलाई सङ्केत गरेका छन् ?

आ) ‘तिमी मेरा उत्पीडन बुझ्दैनौ’ भनी कसलाई भनिएको हो ?

इ) उत्पीडनहरु किन साटासाट गरिनुपर्दछ ?

ई) नारी र पुरुषबिचको सहयात्रा किन आवश्यक छ ?

उ) ‘तिमीलाई मैले सभ्यताको आदिकालमा पु¥याइसकेकी थिएँ’ भन्नुको तात्पर्य के हो ?

ख) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्ः

‘‘यो सबै सङ्गत गुनको फल । ठुला बडाको सङ्गतको विष त महामारी फैले झैं पो फैलन्छ त । यसले हामी जस्ताको त प्राणै चुस्छ । त्यो घरको हावाबाट जति सक्यो परै राख भन्यो, मान्दिनौ तिमी ।’’

‘‘यो क्या, छोटाहरुको छिमेक रे, हाम्रो दिदीआमाले भन्या । यहाँका छोटाहरुको सङ्गतले म बिग्रिएँ रे क्या, त्यसलै हामी घर सरेको ।’’

प्रश्नहरुः

अ) माथिका भनाइ ककसका हुन् ?

आ) माथिका पहिलो र दोस्रो उद्धरणमा वक्ताको दृष्टिकोणमा के भिन्नता छ ?

इ) ‘ठूलाबडाको सङ्गतको विष त महामारी फैलिए झैं पो फैलिन्छ त’ भन्नुको तात्पर्य के हो ?

ई) दिदीआमाको व्यवहारका कारण बाल्यप्रेममा बाधा पुगेको छ भन्ने कुराप्रति तपाइँ सहमत हुनुहुन्छ ? हुनुहुन्छ भने किन ?

उ) छोटा र बडाको समाज नहुनका लागि के हुनु पर्ला ?

ग) तलको निबन्धांश पढी सोधिएका प्रश्नहरुको उत्तर दिनुहोस्ः

भौतिक शरीरको सौन्दर्य जीवनको सम्पूर्णता होइन, मान्छेको मन चाहिँ कदापि कुरुप हुनु हुँदैन । सहरको स्पर्शले यस शरीरलाई कुरुप बनाए पनि मन भने तिमीले जस्तो बनाइ दिएकी छौ, त्यस्तै छ । त्यसैले त म तिमीभन्दा यति पर बसे पनि तिम्रै मायाले द्रवीभूत भएकी छु र यी प्रत्येक अक्षर रुपमा पग्लिँदै झरि रहेकी छु ।

प्रश्नहरुः

अ) ‘भौतिक शरीरको सौन्दर्य जीवनको सम्पूर्णता होइन’ भन्नुको तात्पर्य के हो ?

आ) निबन्धकारका दृष्टिमा मान्छेलाई शरीर वा मन केले सुन्दर बनाउँछ र किन ?

इ) निबन्धकारको मन किन नफेरिएको हो ?

ई) निबन्धकारको सुनखानीप्रतिको माया कसरी पग्लिएको छ ?

उ) ‘कुरुप’ र ‘द्रवीभूत’ शब्दको अर्थ के हो ?

१६. ‘नेपालै नरहे’ कविताको मूल भाव लेख्नुहोस् । ५

Previous Post Next Post