'म मरेको दिन' कविता - मीना श्रेष्ठ

'म मरेको दिन' कविता - मीना श्रेष्ठ

म मरेको दिन

म आगनमा लमतन्न तेर्सिएर

फ़ेरि नब्युझिने चिर निन्द्रामा निदाएको बेला 

खुशी हुनेछन ,एक हुल हावाका झोकाहरु

उत्सब गर्नेछन् ,धर्ती छाड्ने गरि नाच्नेछन,

म बाट मुक्त हुन खोज्ने सासहरु,


गुणगान गाउने छन् र 

ग्यालरी बाट राम्रो तस्वीर सहित पोस्ट्याउने छन् 

तिम्रो गुण कहिल्यै भुल्ने छुइन भनी

जसले म बाचुन्जेल मेरो गुण कहिल्यै देखेनन,

जसलाई मैले बाचुन्जेल बैगुनीलाइ गुण मात्र लाए भनीरहे,


म मरेको दिन 

जो म जीउँदै हुँदा मेरो अनुहार देखिएला कि भनेर तर्किनेहरु

मेरो आगनमा आएर कात्रो हटाइ मेरो अनुहार हेर्ने छन्

 र भन्ने छन् कि किन यस्तो गर्यौ?किन यति चाडै ?


म मरेको दिन 

के खायौं ?कुन चामलको भात खायौं नसोध्नेहरु 

कुन पिडाले मृत्यु संग अंगालो मार्यौ? सोध्ने छन् ,

आँसुका बर्षा ल्याउदै बिलौना र गुनासोका भकारी खोल्दै 

भन्ने छन् कि, किन भनेनौ कि ,

यत्ती हृदय उध्रीयो भनेर 

बाचेको धर्ती यति काप्यो भनेर 


म मरेको दिन खुशी हुनेछन्,

एक हुल मान्छेहरू 

ती अप्रीयजनहरु जो मेरा आफ्न्तै हु भन्ने गर्थे

म मरेको दिन उत्सब गर्नेछन् 

ती नजिकिएका सम्बन्धहरु

जो मलाई सम्झी अकारण दुखी हुन्थे 

कुनै समय मेरो धड्कन सुन्नेहरु

सम्बन्ध मक्किएको अनुभुत गराएर

मेरो मुटु अन्तिम धड्किएको सुन्न चाहन्थे ।


- मीना श्रेष्ठ


Previous Post Next Post