म भस्मासुर उमेदवार ।
हुन त आजकाल नमस्कार गर्न पनि मन लाग्दैन । गरे पनि कसले पत्याउनु ? सुण्ड, मुण्ड,बिचौलिया, बेइमानी ,देखि गुण्डासम्मलाई नमस्कार गरियो । सायद छुटेका आफ्नै बाआमा मात्रै हुन् । लाउकेदेखि ठ्याउकेसम्मलाई अंगालो हालेर हिँडियो । ‘ब्राण्डेड ख्वाउनोस्, भोली हजुरलाई बोक्नुछ’ भन्नेहरूसँग मीत लाएर प्रचारप्रसारमा गइयो ।
एकातिर बडो संबेदनसिल भयर आफ्नै पार्टी का लाई ब्यबस्थापन गर्न ठिक्कै, कोहि आफू भन्दा बढी मरिमेटेर लागेका छन उनीहरुको गुन कसरी तिर्ने होला भनेर सोच्छु। कोहि टिकट पाइन भन्दै भड्काउदै हिड्ने , उनिहरुलाइ फकाउन लाग्नु पर्ने , कोहि हिड्न त हिड्ने तर मनले नहिड्ने सिर्फ हिड्नलाइ हिड्ने , कतै हामिलाइ वास्ता गर्दैन भनेर भन्ने लाई समाल्न धौ, कोहि उनिहरुलाइ धेरै हामिलाइ थोरै भन्ने लाई मिलाउन धौ, अझ हामी पनि तेहि पार्टी को हो हाम्रो होटलमा आयन खायन खुवायन भन्ने हरु लाई त झन चित्त बुझाउनै धौ। यसो सोच्छु म पार्टी संगठन र तेस्को नीति सिद्धान्त को आधार मा चुनाव लडेको छु कि निर्दलिए रुपमा स्वतन्त्र ! सबै भार आफैले थेग्नुपर्ने।
एउटा चुनाव ती खाना पाइयन , वास्ता गरेन र टिकट पाइयन भन्ने हरु चुनाव लडेको हेर्ने रहर छ र तिनीहरु को आत्मै गलानी हुने गरि सहयोग गर्न।
भन्नेले त मासुभात खुवाएर पनि हार्यो भने, (मैले सबै लाई भन्न खोजेको होइन तर बहुसंख्यक यस्तै भैसके ।) कसैलाई पुगेहोला कसैलाइ पुगेन होला ,सबै तिर हेर्न मैले भ्याइन, जिम्मा देकाले के गरे कुन्नी?। खासमा मासु भात मात्रै नभएर अचार, सलादको व्यवस्था पनि थियो । मासु नखानेलाई पनिर पनि छँदै थियो । जनताले चुनाव हुनु अघि सम्म मासुभातकै व्यवस्था मन पराए त के गर्नु ? तर भोट पो कहाँ हाले क्या मालुम? अझ हाम्रो मा त गठबन्धन नभयर फाइदा भोरे तिनै पार्टी ले टन्न खुवायरे, सायद गठबन्धन भयको भय उनिहरुलाइ घाटा हुने रैछ । जे भयछ ठिकै भयछ। राम्रै भएछ। ।
जनता पनि कसका हुन ,कस्ता हुन कुन्नी । १५ दिनसम्म घरमा नखायर सबैकोमा मासुभात खाएपछि भोट हाल्ने लाइनमा देख्दैदेखिनँ । बल्ल थाहा भयो, भोटर लिस्टमा त नामै रहेनछ ।
अरुले पनि खुवाएकै हुन् हुन त । टोलमा खसी अभाव भएपछि मैले दुई छाक कुखुरा खुवाएको थिएँ । त्यसकै असर पनि हार मा सहयोगी हुनुपर्छ । सोही झोकमा पछि हरूवा पार्टी पनि खुवाएँ । भोट हाल्ने, नहाल्नेदेखि लालाबालासम्म आएर रमाई रमाई खाए र आउँदो पटक जिताउँनुपर्छ भन्दै गए।
आजकाल चोकचोकमा सुन्छु हारको कारण त गन्हाउने बोको भयर पो होरे अनि एक दिन तेहि बोको पनि नभयर कुखुराको परेछ, अर्को दिन मासु चर्को भएर अरे । तेल बढी थियो अरे । रोस्ट अली डढेको, मासु अली गलेको अरे ।
के गर्ने हजुर एउटा ले खुवायपछी अर्कोले खुवाउनै पर्यो, कतै भोट दिन्नन कि भन्ने डर, चुनाव लडेपछी डरै डर। कतै बाट खबर आउँछ उनिहरु( फरक पार्टी ) आयर खुवयर गए तिनीहरु आयका छैनन्न हाम्रो भोट नचाहिने रैछ कि क्याहो यो कुरा भन्दिनु उस्लाइ। कतै बाट फोन आउँछ आज केटा हरुले बस्ने भनेका छन कहाँ बसम? के ब्यबस्ता गरम? फेरि दौडेर गयो बेबस्था गरिदियो । फेरि भोट हाल्ने अघिल्लो दिन उनिहरुले त 1500 को दरले दिने भनेका छन रे हजुर हरुले त 2000 बनाइदिनु होलानी? एउटा राजनीति र समाज सेवा गर्न निस्केको मान्छे यो सुनेर उस्को दिमाग के होला? सायदै कसैले कल्पना गर्लान् !
भोलि को यो हाम्रो समाज साच्चै कस्तो होला परिकल्पना समेत गर्न सक्दिन म। हुनुपर्ने र गर्नुपर्ने एउटा हो र हुन गइरहेको अर्कै जस्तो लाग्छ। आफैमा कन्फ्युजन अनि बिरोधाभाष ।
चुनाव को दौरान केही जनताको अपबाद बाहेक शिक्षा ,स्वास्थ , बाटो घाटो , खानेपानी बिजुली , सिचाइ कृषि , सम्भाबित बिपत्ति, गरिबी, छुवाछूत अन्धबिस्वास बारे खासै उचित सल्लाह र ध्यान पाइन। केही ले युबा हो केहिगर्छ कि भन्ने सोचेको पाए, अब हामी युबा पनि उमेरले मात्र युबा होइन, बुद्धि , बिचार , बिबेक र राजनीतिक तथा सामाजिक हिसाबले युबा हुनु पर्ने देखेको छु। जुन भोलि हामिले यहि समाज मा लामो जीवन जिउनु छ, र आजको हाम्रो क्रियाकलाप ले भोलि को समाज र हाम्रो जीवन पद्धति को विकल्प दिन सकोस।
नजिक का छरछिमेक , आफन्त र तिन्का आँगनमा हिँड्दै हिँडिनँ । बरू झुक्किएर बाटाको कुकुरलाई ‘नमस्कार एक भोट मलाई है’ भनेँ हुँला । किनकी ढुक्क भए, बिश्वास मा परे उनिहरुले मलाई भोट हालिहाल्छन बरु त्यो समय अन्तै समय बिताउछु भन्ने , खै! हालेकी हालेनन। सँधियारलाई केही सोध्दै सोधिनँ ।
सायद तेसकै श्राप पो लाग्यो कि।
तेहा कोहि खुसी होलान कोहि पक्कै दुखी होलान , त्यो समाज मा मेरा पनि त कोहि अफ्ना पक्कै होलान।
काम गरेकै समाज हो, नाम चलेकै समाज हो।
चारपटीका मान्छे जम्मा गरेँ, पेट्रोल, बियर का बोत्तल, बाँडे, बाइक सर्भिक गर्नै पर्यो , आफ्नो साधन छैन चलाउने सीप छैन उनीहरुको बुई चढेँ, अनी आफैँलाई भासमा गाडेँ । मसँग रहुञ्जेल ‘जीत हजुरकै हो’ भन्दै गीत गाए, सहरको एउटा घडेरी तिनैको सल्लाह मा बेचे ।
उता वास्तविक जनताहरू जो समाज को चिन्तन गर्छन् उनिहरु विकास नपाएर ,नभयर वाक्क दिक्क भएका छन् । सबै पार्टी को यो क्रियाकलाप देखेर अचम्मित छन । अहिले यसरी जितेर गयर भोलि के गर्ने होलान भनेर चिन्ता गरेको पाउछु। कहिलेकाही त यसो सोच्छु अन्यथा कसैलाइ नलागोस, हार्ने को त एउटा घडेरी गयो जित्ने को पनि पक्कै केही न केही गयकै होला, भोलि पाच बर्स सम्म केही न केही त पक्कै गर्ने नै होला , भ्रष्टाचार , अनिमियता गरेर के को पाप? के को अभिछाप? तेस्को ब्याज समेत उठाउनु पर्छ, र भोलि को चुनाबको खर्च पनि । ती जनता आज मासु भात मा बिक्ने, दुई चार हजार मा बिक्ने उम्मेद्बार लाई रित्याउने अनि भोलि समाज को बिकास चाहिने? जहाँ लगानी हुन्छ तेस्को उपर गर्दा पाप लाग्दैन बरु समाज नबनेपनी त्यो खर्च गरेको ब्यक्ती (उम्मेद्बार) आर्थिक चपेटा बाट वचन सकोस। जहाँ एउटा् उम्मेद्बार तेहि समाज मा कतै न कतै तिनै जनता को बर्सौ देखि काम गरेको हुन्छ, चुनाव एउटा प्रक्रिया हो तेसमा सामेल हुन्छ,उस्लाइ थाहा छ हार जित सामान्य प्रक्रिया हो , जितेपनि लुट्ने केही होइन तेहि समाज र तिनै जनता को काम गर्ने हो, हारेपछी आफ्नो काम अनि प्रयास छ दै छ । तर यहाँ यो चुनाव र प्रक्रिया लाई यति असामान्य र भास बनाइन्छ कि जित्ने ले सन्सार जितेजस्तो हार्ने ले सन्सार हारे जस्तो। हार्न लाई कोहि तयार नहुने , नैतिक अनैतिक जे गरेर भयपनी जित्नैपर्ने? चुनाव जित्नै लाई साम दाम दण्ड भेद जे पनि गर्ने भए , पार्टी पद्धति , नीति निष्ठा, नैतिकता क्षमता योजना सपना किन चाहियो? के ती मासु भात, दुई चार पैसा मा बिकेर भोट दियका ले जितेकालाइ भोलि आखामा आँखा हेरेर योजना माग्न सक्छन? यहा त हामी उम्मेद्बार (नेता)पनि उस्तै जे गरेरै भएपनी जित्नु छ जनता पनि उस्तै जे गर्छन तेस्मा खुसी छ्न, रमायका छन, भोलि को समाज र बिकास को के चिन्ता ?
कसैले भन्लान हारेपछी यसो लेख्यो उसो लेख्यो, बिश्वास गर्नुहोस,यो मेरो हार को प्रतिक्रिया मात्रै होइन जित्दै गर्दा पनि यो प्रक्रिया र प्रवृत्ति बारे केही कुरा उठाउने सोच मा थिए, हार्दै गर्दा अझ सजिलो भयो यी कुरा गर्न बस यत्ती हो।
तेसै अनुसार दलित र गरीबका नाउँ पारेर रिण काडेर आफ्नै पार्टी का ,आफ्नै वरिपरि का, आफ्नै नातेदार आफ्नै गुठीयार, मोही, गोठालोलाई चुनावनजिकमा पैसा बाड्ने ,महङ्गो महंगा सपनाको र्याल कडाउने, । आखिर चुनाव त हारियो, सिमित ब्यक्ति हरु चुनाव को बेला चुपचाप बस्ने कैयौं कुरा जानकारी मा हुदा हुँदै पनि शेयर नगर्ने , होरा हेर्ने, मनले हारोस भन्ने चाहाने हारी सकेपछी तिनैले बढी यस्ले यसो गर्यो ,उस्ले उसो गर्यो ,यहाँ यो भयन तेहा त्यो भयन तेस्ले तेसो भन्यो ,तेलाइ तेले बिगार्यो भन्ने को लाइन छ। कृपया मलाइ अब यी कुरा नसुनाउनुहोस । जित्ने एउटै ले हो जोले जितेपनि, बरु जित्ने लाई समाज बिकास को लागि काम गर्ने सहजता र सहयोग गरौ साथै सामुहिक खबरदारी पनि, यहाँ ब्यक्तिगत रुपमा कोहि कसैको नराम्रो हुनु छैन, हुनु हुदैन । मैले त जित्ने लाई माला अबिर लगाइदियर बधाई सहित सुभकामना दियर घर आए, मलाइ थाहा छ त्यो मेरो कर्तव्य हो, लोकतन्त्र को मूल्य र मान्यता पनि। बरु अब जित्ने ले के गर्छन कसरी गर्छन् हेर्न बाकी छ, खबरदारी पनि र सहयोग पनि गर्ने नै हो।
अन्धबिस्वास ले कतै न कतै हाम्रो समाज मा जरा गाडेकै छ, जनता को चेतना , शिक्षा , बिकास र सभ्यता ले हो यस्लाइ फाल्ने तर हामी र हाम्रो समाज कहाँ छ माथी नै उल्लेख गरिसके। आजकल म आफू झोक्राएको देखेर पत्नीकै सल्लाहमा दुबै झाँक्रीकहाँ पुग्यौं र मैले पाच सय थालीमा राखि भनेँ “लौ न धामी बा, के लाग्यो? गाउले लाग्यो कि? पश्चिमा जाग्यो कि पूर्विया जाग्यो ? पारी वारि , तल माथी के लाग्यो? मलाई निको गर्दिनु पर्यो ।”
झाँक्रीले फ्याट्ट बोले “ रातभरि हिडेर कालो मसान ले छोयछ बाबु तीन दिन सम्म लगातार आज एउटा कालो लोकल कुखुराको भाले, भोली कालो बोका, पर्सी नचलेको राँगाको बली दिनुपर्छ अनि देवता को छेउमा प्योर तीन पानीको बोतल राखिदिनुपर्छ।
जता गए नि खसी, बोका, कुखुरा अनि रक्सी । अब अर्को घडेरी बेचेर भए पनि उपचार त गर्नै पर्यो ।
जय नेपाल, लालसलाम, अभिबादन।