गौतम बुद्ध को हुन् ?
गाैतम बुध्द जीवन चरित्र
भगवान गाैतम बुद्धकाे जन्म विक्रम पूर्व ५०६ मा भएकाे थियाे।हाल नेपालकाे कपिलवस्तु जिल्लाकाे लुम्वीनी भन्ने ठाउमा उनकाे जन्म भएकाे थियाे।उनकाे आमाकाे नाम मायादेवी र पिताकाे नाम शुद्दाेदन थियाे।उनकाे जन्म ईक्ष्वाकु वंशिय श्रेत्रीय शाक्य कुलमा भएकाे थियाे। गाैतम गाेत्रीय परिवारमा जन्मेका वालककाे,वालक जन्मेकाे सात दिनमा उनकि आमा मायादेवीकाे निधन भयाे।वालककाे पालन पाेषण मायादेवीकी साैतेनी आमा गाैतमीले गरिन। वालककाे नामाकरण संस्कार गरियाे र वालककाे नाम शिद्दार्थ राखियाे।गाैतम गाेत्रीय शाक्य कुलका वालक सिद्दार्थ गाैतम भनेर चिनिन थाले।
राज कुलमा जन्मेका वालक सिद्दार्थ सानै देखी दयालु स्वभावका थिए।उनी वाल्य कालमेै भगवान भक्ति सेवा तथा दिन दूखीकाे सेवामा रमाउने थियाे।उनका पिता राजा थिए,तर वालककाे स्वभाव राजकाज र कर्म भन्दा पृथक थियाे।याे देखेर बाबू शुद्दाेधनलाई ठूलाे चिन्ता थपियाे।वालकाे स्वभाव राजकाज,सुख सुविधा ,तथा युद्द तालिम अभ्यास एवं शस्त्र विद्या भन्दा मानिकाे सेवा,दीन दूखिकाे सेवागर्ने उनिहरु संग रमाउने,भक्तिमार्गमा नै रमाउन थाल्याे।पिता लाई चिन्ताले सताई रहेकाे थियाे,कतै मेराे छाेराे याेगी,वैरागि तथा सन्यासी त हुदैन ? पिताले उनलाई ,ऐश आराम,भ्रमण तथा विभिन्न राजा तथा राज्यकाे महिमा तथा आफ्नाे राज्यकाे हित,कल्याण,प्रजा पालन, आदि सिकाउन खाेजेे।उनी घाेडचढिमा पारंगत थिए।साथिहरु संग वालक शिद्दार्थ आफुु भन्दा साथिलाई जित्न लगाएर खूसि हुन्थे।वाटाेमा विरामि,असहाय,अशक्त देखेमा वालम गाैतमले उनिहरुकाे किन त्यस्ताे भयाे भनेर जिज्ञाशा राख्दथे र उनीहरुलाई सहयाेग गर्न नपाएमा दूखी हुन्थे।वालक उमेरमा नै गाैतमलाई सांशारिक माेह माया भन्दा पृथक स्वभाव रहेकाे थियाे।
छाेराकाे यस्ताे चरित्र देखेर पिताले उनकाे विवाह गरिदिए।शिद्दार्थ गाैतमकाे विवाह १६ वर्षकाे उमेरमा यशाेधरा नाम गरेकी राजकुमारी संग भयाे।उनकालागी भाेग विलास,महल,बगैँचा तरह तरहका सुख सुविधा तथा भाेग विलासकाे प्रवन्ध गरियाे।विवाह पछि यशाेधराले वालककाे जन्म दिईन,गाैतम छाेराकाे पिता वने।छाेराकाे नाम राहुल राखियाे। शिद्दार्थ गाैतममा चरम करुणा भरिएकाे थियाे।उनलाई मानिस किन दूखि हुन्छ, किन वालक वृद्द हुन्छ, मानिस किन जन्मन्छ,जन्मेर किन दूख पाउदछ, किन विरामि हुन्छ,फरक फरक प्राणि किन भए,मानिस किन राेगि हुन्छ,किन मर्छ र कहाँ जान्छ ? यस्ता प्रश्न मनमा आईरहने कारण उनकाे मन राजकाज,भाेगविलास,तथा छाेरा छाेरी तर्फ थिएन। अरुकाे सेवा गर्न पाउँदा निकै खुसि हुने करुणा,दया माया,प्रेमले भरिएकाे मन सधै उपकार कल्याणमा नै रमाउने गर्दथ्याे।
शिद्दार्थ गाैतमले एक दिन रातमा त्याे विशाल,राजधानि,राजदरवार ,महल,सम्पत्ति,धन,श्रीमती,दूधेवालक राहुल सहित दरवार त्यागेर निस्के ।यसलाई महाभिनिष्क्रमण पनि भनिन्छ।गाैतम हातमा कमण्डलु लिएर भिक्षा मागेर खान थाले,उनी निकै अशान्त थिए।परम ज्ञानकाे खाेजिमा धेरै ठाउमा गए,धेरै जना संग अध्यन गरे तर उनलाई शान्ति भएन।उनले याेग,सामाधि पनि सिके तर यसले पनि शान्ति मिलेन।उनी घाेर तपस्यामा वसे तपस्याकाे साताै वर्षमा उनलाई ज्ञान खुल्याे।उनले घाेर तपस्या गरेकाे ठाउँ भारतकाे गयामा हाे ।
त्यस ठाउलाइ वाेध गया भनियाे।उनी पिपलकाे रुख मुनि वसि तपस्या गरेका कारण साे पिपलकाे नाम वाेधी वृक्ष भयाे।जुन ठाउमा ज्ञान प्राप्त गरे त्याे ठाउँ वाेध गया भयाे।वैशाख पूर्णिमाकाे दिनमा शिद्दार्थ गाैतमलाई ज्ञान प्राप्ति भयाे।यसपछि शिद्दार्थ गाैतम ,गाैतम बुद्धकाे रुपमा चिनिन थाले।आफुले पाएकाे ज्ञानका आधारमा प्रवचन दिन थाले यसै क्रममा गाैतम बुद्द भारतका काशीमा पुगे।काशिकाे सारनाथमा वसेर प्रवचन र ज्ञानकाे विस्तार गरे।आषाढ शुक्ल पूर्णिमामा उनले आफ्ना ५ जना साथिहरुलाई अनुयायि वनाए र धर्म प्रचारका लागि खटाए।
उनले ओमकाराे पासना,ध्यान,याेग,तथा आर्यसत्यकाे प्रचार गरे।उनका उपदेशका सार सत्य वचन वाेल,चाेरि नगर,हिंशा नगर,अरुकाे कल्याण गर,कसैलाई दूख नदेउ भन्ने मुख्य वचन हाे।उजका उपदेश र प्रवचन त्रिपटक भन्ने ग्रन्थमा रहेका छन। गाैतम बुदलका ४ आर्यसत्य निम्नानुसार छन्।
याे संसारमा दूख छ,याे नै सत्य हाे।
दूखकाे कारण पहिचान गर्नु, दूखकाे कारण,अज्ञान हाे र चाहना हाे सांसारिक चिजमा माेह,त्यसलाई पाउने ईच्चा हाे।यहि नै दूखकाे मूल कारण हाे।
दूखकाे अवस्यंभावि निवारण वा दूख हटाउन सकिन्छ वा दुखकाे नास छ भन्ने ज्ञान ।
दूख निवारणकाे मार्ग- याे दूख निवारण गर्न याेग ध्यान र तप जरुरी छ।यसलाई अष्टाङ्ग याेग भनिन्छ।
यसरी भगवान गाैतम वुद्दले आफ्ना अनुयायी मार्फत,संसारभर सत्य, अहिंशा र शान्ति र दूखकाे कारण र निवारणकाे उपाए सिकाए।मानिसमा समता,शान्ति ,एकता तथा सदाचारकाे नियम सिकाए।उनका वाणी सवै त्रिपिटक ग्रन्थमा समावेश गरिएकाे छ।यसरी जीवनकाे ४५ वर्ष सम्म धर्मकाे प्रचारगरि ८० वर्षकाे उमेरमा,वैशाख शुक्ल पूर्णिमाकाे दिनमा देहान्त भयाे।