को बन्ला काठमाडौं महानगरपालिकाको मेयर?

काठमाडौं महानगरपालिका मेयरमा कस्को सम्भावना कति, को बन्ला काठमाडौंको ?

काठमाडौं,

निर्वाचन नजिकिदै जाँदा देशैभरका स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । यहिबीचमा चर्चाको केन्द्र रहेको काठमाडौँ महानगरपालिकामा दर्जन बढि आकंक्षी देखिएका छन । उम्मेदवारको टुंगो नलाग्दै महानगरका परम्परागत प्रतिस्पर्धी दलहरू एमाले र कांग्रेसबीच यसपटक पनि कडा टक्कर हुने सम्भावना देखिन्छ । चुनावी सगरगर्मी बढ्दै जाँदा काठमाडौँ महानगरको मेयरमा दावेदारी गर्नेको सुची पनि लम्बिईदै गएको छ ।

हाल दर्जन बढिले आकंक्षा प्रस्तुत गर्दा त्यो सूचिमा पूर्वमन्त्री देखि प्रहरी तथा नायकदेखि गायकसम्म अटाएका छन । २०७४ सालमा सम्पन्न निर्वाचनको नतिजा हेर्न हो भने पनि यो संख्या अझै बढ्ने देखिन्छ । निर्वाचन आयोगको तत्थ्याङ हेर्दा गत निर्वाचनमा काठमाडौं महानगरमा २८ जनाले मेयरमा प्रतिस्पर्धा गरेका थिए भने १ मात्र मत पाएका उमेद्धार समेत थिए । सो निर्वाचनमा स्वतन्त्र उमेद्धार रहेका भगवान गिरीले १ मत पाउँदा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९ सय १३ मत सहित मेयरमा विजयी बनेका थिए । शाक्यले कांग्रेसका उमेद्धार राजुराज जोशीको भन्दा १९ हजार ६ सय ४४ बढी मत पाएका थिए ।

त्यस्तै उपमेयरमा १३ जनाको उमेद्धारी रहेकोमा कांग्रेसकी हरीप्रभा खड्गी ५८ हजार ९ सय ५२ मत सहित निर्वाचित बनेकी थिईन । जसले काठमाडौमा प्रमुख प्रतिस्पर्धी दलहरुमा एमाले र कांग्रेस रहेको प्रष्ट हुन्छ । यहि परिणामका कारण एक्लाएक्लै उठ्दा एमालेलाई जित्न गाह्रो देखिदैन । तर सत्तारुढ दलहरूबीच गठबन्धन बनेको अवस्थामा विभाजित एमाले हतासमा छ । विशेषत वडा नम्बर ७ र १५ मा अन्यत्रभन्दा ज्यादा एकीकृत समाजवादीले एमालेको शक्ति क्षयीकरण तथा झण्डै ७ हजार मतको क्षती हुने एमालेको विश्लेषण छ । तर महानगरमा जित्ने हैषियत भने एकीकृत समाजवादीले बनाईसकेको छैन। काठमाडौको नतिजाको विश्लेषणले पुरातन शक्ती र वृद्ध भन्दा विकल्पिक र युवालाई विश्वास गर्नेको संख्या पनि निर्णायक अवस्था मै रहेको देखाउछ । गत निर्वाचनमा मेयर पदमा विवेकशील नेपाली दलकी रन्जु दर्शना र साझा पार्टीका किशोर थापाले ल्याएको मत यसैको उदाहरण हो ।

उनीहरुले क्रमश २३ हजार ४ सय ३९ र १८ हजार ४ सय ९६ मत प्राप्त गरेका थिए । जुन तेश्रो तथा चौथो धेरै मत हो । वैकल्पिक शक्ती भनिएकाहरुको बैचारिक स्खलन र दयनीय अवस्थाका कारण यो संख्याले युवा र भिजन भएको उमेद्धारलाई साथ दिने सम्भावना छ । अन्य स्थानीय तहका भन्दा शिक्षितको बसोवास रहेको काठमाडौका मतदाता अन्य य स्थानको दाँजोमा स्वतन्त्र, हकी र केही हदसम्म आवेगी छन् । तत्काल कुनै मुद्दा उठ्न सक्ने र त्यसले चुनावी लहर नै एकातिरबाट अर्कोतिर मोडनसक्ने सम्भावना र विगतमा विकल्पमा देखिएको उछालका कारण युवाहरुमा मेयरको आकांक्षा अझ बढेको छ । वडागत रुपमा हेर्दा गत निर्वाचनमा ३२ वडामध्ये १७ वडामा एमालेले र वाँकि १५ ओटा वडामा कांग्रेसले विजय हासिल गरेको थियो ।

त्यसैले कांग्रेसले काठमाडौमा दावी गर्दै आएको छ भने स्वतन्त्र युवाहरु पनि परिवर्तनको मतको आशामा चुनावमा होमिएका छन । तर देशभरका ६ महानगरपालिका मध्ये सबैभन्दा बढि मतदाता रहेको काठमाडौमा विगतको मतलाई विग्रन नदिई थपिएका २१ हजार बढि मतदातालाई पनि आर्कषित गर्ने चुनौती पनि उत्तिकै देखिन्छ ।

Post a Comment

Previous Post Next Post