शिक्षा प्रणालीमा पूर्वीय दर्शनको प्रयोग


पूर्विय दर्शनअन्तर्गत चीनियाँ, भारतीय, कोरियन, थाइल्यान्ड, म्यान्मारका दर्शनहरु पर्दछ्न् । यी मध्ये भारतीय  र चीनियाँ दर्शन श्रेष्ठ छन् । हाम्रो हावा पानी र आधार सुहाउँदो दर्शन पुर्वोय दर्शन नै हो । त्यसमा पनि हाम्रो नेपाल र भारतीय दर्शन अन्तर्गत हिन्दुवाद र हिन्दु दर्शनका न्याय, योग, मिमाङ्सा, साख्य, वेदान्तजस्ता आस्तिक र जैन, चार्वक, आजिविक, श्रवण, अबिध्या जस्ता नास्तिक प्राचिन भारतिय दर्शनको जगमा छौ ।

जैन, कन्फुसियस, ताओ, मोहि, कोरियन, चाइनिजजस्ता छिमेकी दर्शनको ठूलो झुकाव छ हामीमा । हाम्रो यस बुद्धको जन्मभूमि नेपालमा हरेकको कण कणमा बुद्ध दर्शनका अहिंसा र शान्ति हाम्रो पर्याय हुन् । मनको शान्ती हाम्रो जीवनशैलीको उपज हो । जुन बिकसित भनिएका राष्ट्रमा अत्यन्त कम मात्रमा पाइन्छ। भनिन्छ, त्यहाँ आधा भन्दा बढी मानिसाहरु डिप्रेसनमा छन् । सबै थोक भएर पनि मनमा अशान्ति हुदा आहात छ्न् । भौतारिदै हामीकहाँ आउछ्न् । जुन हामीसँग पहिल्यै देखि सुरक्षीत छन् । हाम्रो दर्शन कला जीवनपद्द्ती हाम्रो अमुल्य निधि हुन् ।

यहाँ पूर्विय दर्शनमा जीवन, जगत,शिक्षा, कला साहित्य, बिज्ञानका श्रेष्ठतम दर्शन छ्न् ।

हिन्दु धर्म दर्शन मात्र होइन यसमा ज्ञान,बिज्ञान, कला साहित्यका दर्शन छन् । हामीसँग शिक्षा दर्शन सम्बन्धी भगवत गीतामा "पृथ्वीमा ज्ञान भन्दा शुद्ध चिज केही छैन" वेदमा "शिक्षा त्यो चिज हो जसले ब्यक्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ" भनिएको छ भने शंकरचार्यले "आत्मानुभूती नै शिक्षा भनेका छ्न् ।" 

आज भन्दा पाँच हजार बर्ष पहिला नै उपनिषद् मा "शिक्षा स्वतन्त्रताको लागि हो" भनेर उल्लेख गरिएको पाइन्छ । "निष्काम कर्म गर "को मूल संदेश दिएको गीताको महिमा विश्वभरी आज पनि सान्दर्भिक छ ।

बुद्धका चार आर्य सत्यहरु- पहिलो-संसारमा दु:ख छ, दोस्रो-दु:खको कारण छ । तेस्रो- दु:खको निवारण छ । चौँथो- निवारणका लागि अष्टंगिक मार्ग छ। बुद्धका अष्टांग मार्ग सम्यक् दृष्टि, सम्यक् संकल्प,सम्यक् वाक,सम्यक् कर्मान्त,सम्यक् आजीवन ,सम्यक् ब्यायाम सम्यक् स्मृति र सम्यक् समाधि हुन् । प्रज्ञा, शिल र समाधिलाई बुद्ध धर्मका त्रिरत्न तथा श्रेष्ठ मार्ग मानिन्छ । यी सत्य हुन् यीनिहरुले समग्र जीवनको यथार्थ बोकेको छ र गन्तब्य देखाएको छ । 

बुद्ध दर्शनले दुख छ । बुझ्नु भन्छ । विद्यार्थीलाई दु:खको ज्ञान देऊ । सामना गर्न सिकाऊँ । स्वयं उसले निवारणका उपाय खोज्न दिनु भन्छ । बुद्धको प्रमुख सिद्धान्त हो- 'कोहि अर्कोलाई स्वत: प्रमाण नमान, आफै बुझ्ने कोशिस गर । 'त्रिपिटकले कारण खोजी गर्न प्रेरित गर्छ । सहि विवेकको प्रयोग गरि स्वशिक्षा ग्रहण गर भन्छ । त्यति मात्र कहाँ हो र ? शान्ति र प्रेमको मार्ग देखाउने र अनुभुत गराउने यो दर्शन बैज्ञानिक दर्शन हो । यसैलाई आधार नमान्दा, पालना नगर्दा दिनदिनै  विश्वभरी अशान्ति र घृणा बढ्दैछ ।

वेदको निष्कर्ष, गीताको मुल संदेश, बुद्धका चार आर्य सत्य र अष्टाङमार्ग पाट्यक्रममा र शैक्षिक प्रणालीमा समावेश नगर्दा र शिक्षाको दार्शनिक आधार नमानेर पश्चिमा दर्शनलाई आधारमान्दा इमानदार, शुद्द आचरण र चरित्रवान नागरिक कसरी तयार हुन्छ?अहिले त्यही भएको हो नत्र नपढाउने शिक्षक ,उपचार नगर्ने डाक्टर,नीति नभएको नेता, धर्म नभएको पुजारी, नपढ्ने बिद्यार्थी, काम नगर्ने कर्मचारी, परनिर्भर कृषक कसरी भए ? र यत्रो अशान्ति र हिंसा कहाँबाट आयो ? 

बिज्ञानले पनि पदार्थको सबैभन्दा अति सुक्ष्म कण क्वार्जको चलाएमान स्वाभाव अध्ययन गर्न गार्‍हो भएर गड पाटिकल्स नाम दिएर अध्ययन जारी राखेको छ । त्यसैलाई हिन्दु धर्मको गायत्री  मंत्र- "ॐ भू: भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो योनः प्रचोदयात्" को ध्यान गरी तेस्रो नेत्र खोलेर त्यो भन्दा अति सुक्ष्म  आत्माको दर्शन गर्ने अभ्यास हजारौं बर्ष पहिलेदेखि गर्दै आइरहेको छ । सबै सत्य तथ्य प्रमाणित गर्ने सकिन्न कतिपय अनुभवको स्तरमा प्रमाणित हुन्छ्न् । मनुस्मृतिमा "धृती: क्षमा दमोस्तेय सोच इन्द्रिय निग्रह:धीर्बिद्या सत्यमक्रोधी दशंक धर्म लक्षणम्" भनिएको छ ।

मानिसमा धैर्य, उपकार ,संयम, चोर्नु नगर्नु,पवित्रता,शुद्ध आचरण,विवेक र यथार्थ ज्ञान हुनुपर्छ भनिएको छ र उपायाहरु पनि सुझाइएको छ । जुन बिज्ञान सम्वत छ्न् । अपरिहार्य छन् । ब्यक्तिले त्यी बिशेषता हासिल गर्न सक्दा त्यसले नै दृर्घकालिन, शान्ति,  खुसी र आनन्द मिल्छ । बृहदारण्यक दार्शनिक उपनिषदमा "ॐ असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय । मृत्योर् माऽमृतं गमय । ॐ शान्तिः शान्तिः शान्तिः ॥" भनिएको छ। जसको अर्थ हुन्छ:"असत्यबाट सत्यको नजिक लौजाऊ । अंधकारबाट प्रकाशको नजीक लैजाऊ ।। मृत्युबाट अमरताको नजीक लैजाऊ।" यो नै जीवनको लागि उत्तम मार्गदर्शन हो । बास्तवमा हामीसँग यस्ता दर्शनको भण्डार नै छ । बाहिर ल्याउन र प्रयोगमा ल्याउन नसकेको मात्र हो ।

पूर्वीय प्राचीन शिक्षा आदर्श मनुष्य बनाउने ध्येयले ज्ञान र उपदेश  दिइन्थ्यो । असल चरित्र र बिशुद्द आचरण निर्माणको लागि जोड दिइन्थ्यो । हो,त्यसैको हो आज खडेरी परेको छ । तपाईं देख्नुहुन्छ कोहि इमानदार मान्छे ? एकाद वाहेक सबै कामचोर र भष्टाचारी नै भष्टचारी छन् । विद्वान भनाउदाहरु नै ज्यादा नक्कली छ्न् । बुद्धिजीवी भनाउदाहरु नै शोषण गर्छन । मनी माइन्डेट र स्वार्थी छ्न् अरु को त के कुरा ?

म भन्छु, यो सबै हामीले अङ्गिकार गरेको शिक्षा प्रणालीको उपज हो । इमान्दार नभएर हो ।

आज राष्ट्रको आफ्नो पहिचान दिने र त्यसवाट जीवनरस लिने शिक्षाको आवश्यकता छ । आज स्वदेशी शिक्षा, जीवनमूल्य एवं स्व भाषा संस्कृतिप्रति आत्महीन भावबाट नागरिकलाई बचाइएन भने भोलि ठूलो दुर्घटना हुनेछ । स्वदेशीप्रति हीनता तथा विदेशीप्रति अतिरिक्त आकर्षण पैदा गराउने बर्तमान शिक्षाले राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरतालाई नष्ट गर्दै गइरहेको ऎना जस्तै छर्लङ्ग छ । यो गम्भीर कुरा बुझ्नु धेरै आवश्यक छ ।

पूर्विय दर्शनको जगमा उभिएको शिक्षाले मात्र हामी सामथ्र्यवान् र समृद्द नागरिक बन्न सक्छौ भन्ने कुरा घाम जस्तै प्रष्ट छ । जुन पश्चिमाहरुको प्राचिनको र तत्कालको पूर्विय दर्शनप्रतिको आकर्षण र मोहलाई हेरे पनि थाहा पाइन्छ । उनिहरु पनि आदर्शवान  र स्वस्थ नागरीक बनाउन  असफल रहे। डिप्रेसनको सिकार हुन पुगे । र हामीलाई बनाउन खोज्दैछन्।त्यसैले बेलैमा हामी शैक्षिक स्लो पोइजनको रुपमा आएका टाई जनित अङ्ग्रेजीको भूत, भाषिक र ब्यक्तिबादी सोचको भूत,अङ्ग्रेजी जीवनशैलीको मोह, त्यस सगै आएको बर्थ डे र न्यू इयर ह्विस्की र अमेरीकाको स्वर्गीय आनन्दको सपनालाई बेलैमा त्यागेनै भने कतिपनि स्वभिमानी रहने छैनौँ । 

वर्तमानमा, सहजतामा र निजतामा बाचेनौ भने कहिले पनि समृद्ध हुने छैनौ । बिस्तारै हाम्रो धार्मिक,सामाजिक, सास्कृतिक र बातावरण परिचय गुमाउनेछौँ । 

उनिहरुको सिको गर्दा त्यसको प्रभाव हामो जीवनपद्द्तिमा पर्दै जादैछ । हामी हामी हुन छोडेर उनिहरु जस्तै हुने हाम्रो इच्छालाई त्यागेनौ भने हामी पनि अन्ततः उनिहरु जस्तै एक्लिदै गएर डिप्रेसनको सिकार हुनेछौ । त्यो हजारौं बर्ष लगाएर हाम्रो ऋषि र महर्षिले दिएको ज्ञान, भावना र ईश्वरको आवाजको खिलापको परिणाम हुनेछ । कहिल्यै पनि हामी हाम्रो दर्शनबाट च्यूत हुनु हुदैन् -चाहे घर जतिनै सुनको थुप्रोको लोभ देखाउन् ।

हाम्रो वैदिक प्रणालीले सदा मानवीय सोच उत्कृष्ट बनाउने र उसको स्तर अझ माथि उठाउन जोड दिएको छ । अहिले मात्र बिज्ञानले पत्तालगाएको सूर्यको ध्वनी ॐ हाम्रो सदियौँ देखिको उर्जाको मुल मन्त्र छ । प्राचीन ऋषिहरूले विकसित गरेको साह्रा चिन्तन नेपाली पाठ्यक्रम, विद्यालय र विश्वविद्यालयमा अतिक्रमीत छ। पुरानामा भएकोमा पनि निकालिएको जो स्थिति छ । संकुचनमा छ। त्यो आध्यात्मिक कोरा ज्ञानलाई अफिम र मुल्यहिन हो भनेर पोको पारेर कुनामा थन्काइएको स्थिति छ । नकारात्मक भाइव सिर्जना गर्ने प्रयत्न गरिएको छ।हामी हरेक चिजमा नाफा र रिटनका लागि प्रयोग भएका छौँ।त्यही कारण मुक्त हुने छैनौँ।यहि पारा र तरिकाले।

पछिल्ला शैक्षिक दार्शनिक र बिचारकहरु- गिजुभाई,श्री अर्बिन्द,सर्वपल्ली राधा कृष्णन,रविन्द्रनाथ टैगोर,महात्मा गान्धी, रजनिस ओशो, जे कृष्णमुर्ती सदगुरु, भानुभक्त,रामाजानुनले दिएका योगदान र दर्शन पनि शिक्षा क्षेत्रका हाम्रा अमुल्य निधि हुन्।त्यसको प्रयोग र जगेर्ना गर्नुपर्छ।उनिहरुले देखाएको बाटो हिडेमात्र हाम्रो कल्याण हुन्छ।

हामी ग्लोबल भिलेजमा छौँ । किताबहरु अब इकिताव भएका छन्। शिक्षकको ठाउँ रोबोर्टले लिइरहेको छ । ज्ञानको श्रोत गुगल भएको छ। वास्तविक भन्दा अवास्तविक संसार फराकिलो भएको छ।उत्तराअधुनिकबादले खप्प निल्न लागेको छ।मान्छे रोबोर्ट बन्ने तयारीमा छ।जीन संसोधित बालक जन्मने तयारीमा छ।ए आई को अतिरिक्त मेमोरी लगाएर मान्छेको दिमागि सिमा तोडिन खोजिदैछ। मान्छे अमर बन्ने ध्याउन्नमा लागेको छ।जति जति यी र यस्ता प्रगतिमा छ त्यति त्यति नै मन अशान्त बन्दैछ। मानव जीवनको एकमात्र महान बिशेषता गुमाउदै छ।त्यो आधुनिक बिज्ञान र प्रविधिले स्थापित गर्न सक्ने देखिदैन्।त्यसको लागि पुर्विय दर्शनको प्राचिनतम्  पद्धति अवलम्बन नगरी धरै छैन्। आधुनिक बिज्ञान र प्रबिधिलाई पनि नकार्न नै सकिँदैन।यहाँ जिवनपद्द्तिमा आधुनिक बिज्ञान प्रबिधि  र पुर्विय दर्शनको फ्युजन आवश्यक छ।

हामी ब्यक्तिबादी मात्र होइन समग्रताबादी,भौतिकबादी मात्र होइन आध्यात्मबादी,अबस्तविकबादी मात्र होइन यथार्थबादी, पदार्थबादी मात्र होइन चेतनाबादी, अनिश्वरबादी मात्र होइन ईश्वरवादी हुनुको विकल्प छैन्। जीवन समग्रताबाट चल्छ।हामीलाई एकीकृत मानवतावादी हुनु छ।हामी सगँ भएको धर्म र बिज्ञानलाई परिस्कृत र प्रयोगिक रुपमा अंगाल्नु छ। असल नागरीक र चरित्रवान भएर शान्त र समृद्द हुनुछ।

यसको लागि प्राचीन ग्रन्थ वेद, उपनिषद्,गीता, त्रिपिटक, रामायण महाभारत, कौटिल्यको दर्शन, जातक, पन्चतन्त्र, मनुस्मृति वा समग्र पूर्वीय साहित्य, ज्ञान र विज्ञानलाई आधुनिक समयमा बिज्ञान र प्रविधिसगँ जोडेर नवयुवासम्म पुर्‍याउन शिक्षा प्रणाली र पाठ्यक्रममा कसरी समायोजन गर्न सकिन्छ भन्ने चिन्तनको बहस चौतर्फी  हुनु जरुरी छ । शिक्षक, बिद्यार्थी, ज्ञान, उत्पादन, बिज्ञान, विधि र पद्धतिलाई  दर्शनले निर्दिष्ट गरेबमोजिम  मन वचन र कर्मले निष्ठ भइ लागि पर्नुपर्ने आवश्यकता देखिन्छ।हाम्रो ज्ञान ,लुकेको बिज्ञान र धर्म सम्यतालाई प्रयोगिक पक्षमा ढाल्नुपर्छ। रजनिस ओशोले जुन हाम्रो धर्म र बिज्ञानको कनेक्सन गरे र प्रयोगिक पक्षको ब्याख्या गरे त्यसको आत्मसात गर्नैपर्छ।

पूर्विय दर्शनलाई शिक्षाको आधार मानेर त्यो अनुसार पाठ्यक्रम पाठ्यपुस्तक शिक्षण विधि र पद्धतिहरु आधुनिक ज्ञान बिज्ञानलाई समेत समेटेर निर्माण गर्नुपर्छ।  यसको नेतृत्व तत्काल सम्बन्धित विश्वविद्यालय, विद्यालय र विद्यापीठले लिनुपर्छ। यहाँका प्राध्यापक,शिक्षक, बुद्धिजीवी, बिद्द्वान, दार्शनिक, बैज्ञानिक, धर्मशास्त्री र सस्कृतीबिदहरुले लिनुपर्छ। बर्षौ बर्ष बहस चलाइनुपर्छ। ढिलो हुन् लागिसक्यो। चाडैं एकजुट हौँ र कार्य शुरु गरौँ।


Post a Comment

Previous Post Next Post