RRR - आर आर आर को तिन दिनको कमाइ अहिले सम्मकै धेरै

आरआरआर [RRR] को तिन दिनको पाँच सय करोड

आरआरआर [RRR] को तिन दिनको पाँच सय करोड


दक्षिण भारतीय फिल्म ‘आरआरआर’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ। एसएस राजामौली निर्देशित फिल्मले विश्वभरबाट तीन दिनमा पाँच सय करोड भारू कमाइसकेको छ भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तीन दिनमा विश्वभरबाट पाँच सय करोड कमाउँदै फिल्मले नयाँ रेकर्ड कायम गरेको हो। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै दुई सय करोड भारूभन्दा बढीको व्यापार गरेको थियो। भारतका विभिन्न भाषामा बनेको यो फिल्मले हिन्दी संस्करणबाट पनि राम्रो कमाइ गरेको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शका अनुसार, हिन्दी संस्करणमा आरआरआरले पहिलो दिन १९ करोड भारू कमाएको थियो। पछि यसको कमाइ बढ्दै हालसम्म साढे ९१ करोड कमाइसकेको छ। 

‘बाहुबली’ बाट राम्रो चर्चा कमाएका निर्देशक राजामौलीको नयाँ फिल्म आरआरआर हालसम्मकै महँगो बलिउड फिल्म हो। निर्माणमा मात्र साढे चर सय करोड भारू खर्चिएको छ। 

फिल्मले अहिले संसारभरका दर्शकको माया पाउनुको साथै समीक्षकबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ।चर्चित दक्षिण भारतीय अभिनेताद्वय रामचरण र एनटिआरको मुख्य भूमिका रहेको फिल्ममा आलिया भट्टको पनि छोटो तर प्रमुख भूमिका छ। यसबाहेक अजय देवगनलाई पनि फिल्ममा देख्न सकिन्छ।

फिल्मले भारतको सन् १९२० को पृष्ठभूमिमा ब्रिटिस शासनविरूद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ। ब्रिटिसहरूले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस सिपाही कसरी एकअर्काका साथी बन्छन् र ब्रिटिस शासनविरूद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url