खडानन्दका चुट्किलाहरु - जीवन भट्टराई

 पेट मिची मिची हाँस्नुपर्ने खडानन्दका चुट्किलाहरु - जीवन भट्टराई 

खडानन्द र पत्नीको बिचमा अलि अगाडिदेखी ठाकठुक चलिरहेको थ्यो ।

खडानन्द ---- यस्तै हो भने म तिम्लाई छोड्दिन्छु .........!

पत्नी --- पर्दैन , तिम्ले किनिदिएको स्कुटी छँदैछ , म आफैं गइहाल्छु नि ...........!!!



खडानन्द बाइकमा सवार थिए , ट्राफिक जाममा फसे , हेल्मेट बाहिरैबाट यसो टाउको कन्याए जस्तो गरे । पछाडिबाट अर्को मान्छे करायो ।

मान्छे --- ओ दाजु , टाउको चिलायो भने हेल्मेट निकालेर  कन्याउ न , हेल्मेट बाहिरबाट  पनि कन्याइन्छ त .........................?

खडानन्द --- भाइ तिमी बढी बाठो हुन नखोज त , अब तिम्लाई खुट्टाको तिघ्रामा चिलायो भने पाइण्ट नै खोलेर कन्याउँछौ र .....................?????



जाडोमा नुहाउन भनेपछी मरुँला जत्तिकै गर्ने खडानन्दले अस्तिको मकर संक्रान्तिका दिन नुहाउने निधो गरे ।

खडानन्द --- यता सुन त ......!

पत्नी --- के हो ? भन न ...........!

खडानन्द --- म नुहाउन पस्दैछु , ४ मिनेटमा बाहिर निस्किन्छु , बाहिर निस्किन भने बाथरूमको ढोका फोरेर बाहिर निकाल्नु है मलाई ............!!!



अस्तिको चुनाबको कुरा हो । खडानन्द भोट दिन गए । मतदान कर्मचारीले जब अौंला पक्डेर कालो मसी लगाउन खोज्यो ।

खडानन्द --- सर , यो अौंलामा लगाएको कालो कति दिनमा जान्छ होला ............?

कर्मचारी --- बस्छ होला हौ लगभग डेढ दुई महिना जति त ................!

खडानन्द (टाउको झुकाउँदै) --- ल त सर , टाउकोमा झ्याप्पसँगले खन्याइदिनुस त त्यो कालो , त्यसका बाजेको मेहेन्दी लगायो १५ दिन पनि टिक्दैन भन्या ...............!!!



खडानन्द र आठ कक्षामा पढ्ने छोरा ।

छोरा--- बुबा , हाम्रो स्कुलमा अङ्ग्रेजी पढाउने एउटी  म्याडम साह्रै राम्री हुनुहुन्छ ...............!

खडानन्द --- हैट त्यसो भन्नू हुँदैन छोरा , म्याडमहरुलाई आफ्नै मम्मी सम्झिनु पर्छ .........!

छोरा --- थाहा छ मलाई , तपाइँ त सधैं आफ्नै बारेमा त सोच्नुहुन्छ नि ..................!!!



खडानन्द ससुरालीतिरका सँग यति रिसाएका थिए कि कोहि घरमा आए पनि वास्तै गर्दैनथिए । एकदिन उनको सालो आइपुग्यो घरमा ।

पत्नी --- मेरो भाइ आएर बस्या छ घरमा, कमसेकम उसलाई खानाको बारेमा त सोध ...............!

खडानन्द ---- भाइ, तिमिले खाना खाएरै आयौ कि ? अब उतै घरै गएर खान्छौ .................???



खडानन्द बैंकमा मेनेजर भएका थिए । एकदिन छेवैको होटलमा गए । होटल साहुलाई नै सोद्धैथिए उनी ।

खडानन्द --- नास्तामा के के छ ..............?

साहु --- नास्तामा , छ हजुर सबैथोक छ , समोसा तरकारी  , परौठा , भेज ननभेज चाउमिन , मम , फ्राइ मम , छोला , पुरी सब्जी .............!

खडानन्द ---- अँ , मलाई परौठा र सब्जी पठाइदिनुस न टेबल नम्बर ४ मा ......!

साहु --- अहिले त सबैथोक सकिएको छ हजुर ..............!

खडानन्द --- अनि अघि त्यत्रोबेर के बकबक गरेको त ............?

साहु --- हो हजुर , म जब एटिएम कार्ड लिएर हजुरको बैंकमा जान्छु नि , एटिएम मेशिनले भाषा शाशा , मेरो एकाउण्ट नम्बर , पिन नम्बर, रिसिप्ट चाहियो कि चाहिएन, सबकुरा सोध्छ र लास्टमा भन्छ , "No cash "

  त्यो बेला मलाई कस्तो लाग्छ होला हजुर ..................!!!!



खडानन्द र हरिबोलको कलेज टाइम ।

हरिबोल--- ओए खडे , फेसबूक install गरिछस् त , चुट्किला लेखेर पठा न ...............!

खडानन्द --- पख एकछिन , परीक्षा आइसकेको थाहा छैन साले .....? म पढेर बसिराको छु ............!

हरिबोल(एकछिन पछि )--- अँ , राम्रो छ जोक, अर्को पनि पठा न .................!!!



खडानन्दले प्याथोजी ल्याबमा ब्लड ग्रुप चेक गर्न दिएका थिए ।

खडानन्द --- कुन ग्रुपको रैछ बहिनी, मेरो रगत ....................?

बहिनी--- तपाइको ब्लड ग्रुप T Positive ...........!

खडानन्द --- हँ? यो कस्तो ब्लड ग्रुप हो फेरि ..................?

बहिनी --- दिनको २०/२५ कप चिया पिउँछु भन्नुभाको हैन ? त्यही भएर होला नि ...............!!!!!



खडानन्द र पत्नी

पत्नी --- I  love you .............!

खडानन्द---हँ, अरु केही नयाँ छ भने सुनाउ ...........!

पत्नी---नयाँ छ नि, मेरो पेटमा बच्चा छ ..................!

खडानन्द --- अरु केही नयाँ ..................?

पत्नी--- हँ, अर्को अझ नयाँ कुरो छ, बच्चाको बाउ तिमी होइनौ ........................!!!!



खडानन्द त्यो बेलाको नगद दस लाखमा सहभागी भए । प्रश्न सोद्धैथिए , चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ ।

मदनकृष्ण ---- अँ त खडानन्द जी , यो प्रश्नको उत्तरको लागि तपाईंले साथिलाई फोन गर्न सक्नुहुन्छ .......................!

खडानन्द --- मेरो साथी हरिबोललाई फोन लगाइदिनुस .................!

मदनकृष्ण --- कम्प्युटरजी , उहाँको साथी हरिबोललाई फोन लगाइदिनुस .....!

(खडानन्दतिर फर्किएर )

तपाइँलाई के लाग्छ खडानन्द जी , तपाइँको साथिले यो प्रश्नको उत्तर दिन सक्नुहोला ...........?

खडानन्द --- उत्तर त मलाई नै आउँछ सर , तर त्यो हरामी गधाले म बाट १६,७५०/- रुपैयाँ लगेको आज ठ्याक्कै ८ महिना १७ दिन भयो , मैले गरेको फोन कहिल्यै उठाउँदैन...............!!!



खडानन्द र हरिबोल भेट भए ।

खडानन्द --- हाम्रो देशमा सामाजिक भेदभावको एउटा उदाहरण सुन्छस हरि ..............?

हरिबोल--- के हो .....? भन्न त .........!

खडानन्द ---- मिसेज राणाको पति ड्रिंक गर्नुहुन्छ , सरलाजीको पति मदिरा पान गर्नुहुन्छ ।

  कैलीको बुडो रक्सी खान्छ , जँडयाहा छ ..........!!!



खडानन्द र हरिबोल ।

खडानन्द --- म यो देशमा एउटा क्रान्ति ल्याउन चाहन्छु ...छिट्टै ..........!

हरिबोल ---- बहुलाइस कि क्या हो ? कस्तो क्रान्ति ..................?

खडानन्द --- मकरसँक्रान्ति , माघ १ गते ...........!!!



खडानन्द घरमा बसिरहेका थिए ।

कवाडीवाला आयो ।

कवाडी--- हजुर , पुरानो कागजहरु छ भने दिनुस ..........!

खडानन्द --- अहिले हैन , मेरी पत्नी माइत गएकी छन् ..........!

कवाडी ---- ल ठिक छ हजुर , उसो भए खाली बोतलहरु नै दिइहाल्नुस ........!!!



खडानन्द अलि अघि र हरिबोल अलि पछि बाटोमा काम्दै हिंडिरहेका थिए , यो ठिहिर्‍याउने ठण्डीमा । खडानन्दले भुईंमा केहि भेट्टाए र हातमा उठाए ।

खडानन्द --- थुक्क साले गधाहरु ...............!

हरिबोल --- किन चिच्याको ? के भयो ............?

खडानन्द --- मर्न नसक्या गधाले दिसा पनि ठ्याक्कै समोसै जस्तो गरेछ , त्यसका बाजे ...............!!!



खडानन्द ९ कक्षामा पढ्दा ।

शिक्षक --- चिया बनाउने सरल तरिका के हो ? कसलाइ आउँछ ...............?

खडानन्द --- मलाई आउँछ सर ..........!

शिक्षक --- स्याबास, लु भन् त .........!

खडानन्द --- आफ्नो सबभन्दा सानो भाइ या बहिनीलाई छेउमा बोलाएर एक थप्पड  लगाउने अनि "जा , चिया बनाएर ले ......." भन्ने.......!!



खडानन्दले लेडीजको लागि जुत्ता चप्पल पसल खोले र साइनबोर्डमा लेखाए ।

 "जुत्ता चप्पलको मुल्यमा ७० प्रतिशत छुट , तर २ मिनेटभित्र मन पराएर लिइहाल्नेलाई मात्र".....



बिक्रम सम्वत २०८७ मा खडनन्द र खडानन्दकी बुढी आमा मेट्रो रेल चढेर कतै जाँदैथिए ।

आमा --- यी सबैले जनैको धागो किन कान- कानमा सिउरेका बाबू ...........?

खडानन्द --- त्यो जनै हैन आमा , त्यसलाई एयरफोन भन्छन् ..............!!!



खडानन्दलाई अङ्ग्रेजी नयाँ बर्षमा यति धेरै शुभकामना म्यासेज आए कि उनी same to you लेख्दा लेख्दै यति अभ्यस्त भए , त्यतिकैमा हरिबोलको म्यासेज आयो ।

हरिबोल(म्यासेज)--- मेरी पत्नी हिजो घरबाट भागी यार ..............!

खडानन्द(reply )--- Same to you ............!!!!



अविवाहित खडानन्दले एउटी युवतीको नम्बर कताबाट पाएर कल गरे ।

खडानन्द--- तिमी सिङ्गल हो, हैन .................!

युवती--- होइन त हजुर, मेरा दुइजना दाजु र एउटा भाइ छन् .......................!!!!



खडानन्द केटी हेर्न गए , बिहेको लागि ।

केटि चिया बनाउन गइन भित्र । चिया बनाएर बाहिर लिएर आउँदा खडानन्द फोनमा गफ गर्दैथिए ।

खडानन्द(फोनमा)---अँ सर , विनोद चौधरीजीलाई भन्दिनुस है , त्यो जुन एक करोड बाह्र लाखको गाडीको कुरो भाको छ नि , त्यसमा एकपैसा पनि कम हुँदैन रे भनेर..................!

(उता केटी उसलाई समेत ल्याएको चिया पनि आफैं पिइरहेकी थिइन् )

खडानन्द --- ओहो sorry ,फोनमा गफ गर्दा गर्दै यता त ध्यानै पो गएनछ ...........!

केटी ---- त्यो त ठिकै छ , तर सरलाई यो हाम्रो गाउँमा कुनै पनि टेलिकम कम्पनीको network   छैन भन्ने कुरा पनि हेक्का नभए जस्तो छ ..................!!!!



खडानन्द बस यात्रामा कतै जाँदैथिए । यौटी युवती बसभित्र पसिन् ।

युवती --- खुरुक्क उठ्नुस त , यो महिला सिट हो ...........!

खडानन्द --- ए हो .......?(उठ्दै) , म त तपाइँ त जवान युवती पो भनेको त , महिला पो हो ..........?

(यात्रा भरी सिट खाली नै रह्यो तर ती युवती सिट्मा बसिनन्)



खडानन्द पोखरा गए । पर्सिपल्ट बिहान पत्नीले म्यासेज पठाइन् ।

पत्नी (SMS )--- तिमी पैसा तिरेर जे कुरा खरिद गर्छौ नि , म यहाँ दानमा दिन्छु ।

(खडानन्द त्यसैदिन बेलुका टुप्लुक्क घर आइपुगे)



खडानन्द  चोक छेउको चौतारोमा बरबराइरहेका थिए जाडोमा काम्दै । हरिबोल आइपुगे ।

हरिबोल--- के भो हौ खडे ? किन बरबराएको ...........?

खडानन्द ---- साला , गर्मीमा , अक्षय तृतीयामा सर्वत बाँडे जस्तो यो जाडोमा कसैले रक्सी बितरण कार्यक्रम राखे कस्तो मजा हुन्थ्यो ..............!!!



खडानन्द भोजनालयमा छिरे ।

खडानन्द --- भाइ , थुक्पा पिलेटको कसरी हो ?

भाइ --- ५० रुपैयाँ पिलेट ............!

खडानन्द ---- अनि झोलको .............?

भाइ ---- झोलको पैसा पर्दैन .........!

खडानन्द --- ए, लु एक पिलेट तातो झोल ल्याउ त , साह्रै जाडो भो हौ आज ...........!!!



खडानन्द कक्षामा ।

बिर्खे --- I am going भन्या क्या हो सर .......?

खडानन्द --- म जाँदैछु............!

बिर्खे --- भनेर त जानुस् सर ...........!

खडानन्द --- मैले भनिहालें नि , म जाँदैछु ..........!

सबै विद्यार्थी --- नभनी कसरी जानुहुँदोरैछ , हामी पनि हेरुम त , यत्रो फिस तिरेर पो पढ्या छम त , त्यसै पढ्या  छम र हाम्ले ............!!!



खडानन्दले फेसबूकमा status अप्डेट गरे ।

खडानन्द (status )

     "पत्नी चाहियो"

५ जना महिलाले like गरे ।

comment मा ८६७ जना पुरुष आए ।

comments ---- मेरी पत्नी लैजा ............!

खडानन्द (सबै comments को एकमुष्ट reply )---- साले गधा हो , मैले "पत्नी चाहियो ?" भन्न खोज्या , प्रश्नबाचक (?) चिन्ह छुटेछ ............!!!


नेता खडनन्द ३१ डिसेम्बरमा एउटा जनसभालाई सम्बोधन गर्दैथिए ।

खडानन्द ---- आज अङ्ग्रेजीको कति साल हो जनसमुदाय ..................?

जनसमुदाय --- २०१७............!

खडानन्द ---- भोलि कति साल हुन्छ ............?

जनसमुदाय --- भोलि २०१८ .........!

खडानन्द --- अब तपाइँहरु आफैं भन्नुस , देश अघि बढिराखेको रैछ कि रैनछ त ...................?????



खडानन्द र सानो छोरा

छोरा--- बुबा, आज नयाँ बर्ष हो ...............?

खडानन्द--- हो त छोरा, आज English को नयाँ बर्ष , अनि बैसाखमा चाहिँ नेपालीको नयाँ बर्ष ......................!

छोरा---- ए बुझें, अनि Math को नयाँ बर्ष चाहिँ कहिले नि बुबा .........................????



खडानन्द र पत्नी कोठामा ।

पत्नी --- खडु , उ त्यो झ्यालको पर्दा लगाइदेउ न , पल्लो घरको छिमेकीले मलाई हेर्‍या हेर्‍यै गर्छ ...................!

खडानन्द --- लगाउँदिन , अब उसैले आफ्नो झ्यालको पर्दा लगाउँछ ....................!

पत्नी--- किन ............?

खडानन्द --- मैले पनि उसकी पत्नीलाई हेर्न शुरु गरिसकें ...................!!!!



खडानन्द कक्षामा ईतिहास पढाउँदै ।

खडानन्द --- २००७ सालको क्रान्ति माथी प्रकाश पार ................!

बिर्खेले कापीको पानामा "२००७ सालको क्रान्ति " लेख्यो , खडानन्दका छेउमा गयो , गोजिबाट nokia मोबाइल निकाल्यो र त्यसको flash light ले कापीको पानामा देखायो .......!

बिर्खे ---- हेर्नुस सर "२००७ सालको क्रान्ति " माथी प्रकाश ...............!!!!



खडानन्दले TV खोलेर त्यतिकै छोडेछन कोठामा । खडानन्द बाहिर बरण्डामा थिए ।

खडु पत्नी (चिच्याउँदै)--- हैन हौ , त्यो TV त कोठामा एक्लै बोलिराको छ त ...............?

खडानन्द --- अब के गर्नु त , त्यही TV भित्र पसेर सङ्गै बोल्न मिलेन त मैले ..............!!!



खडानन्द कक्षामा ।

खडानन्द --- ओए बिर्खे, मैले पाठ पढाइराख्या बेला किन गफ गर्छौ तिमिहरु ....................?

बिर्खे---- हामिले गफ गरिराख्या बेला किन पाठ पढाउनुहुन्छ त सर .........................????



खडानन्द जागीरको लागि अन्तरबार्ता दिन गए ।

interviewer --- नाम के हो .....?

खडानन्द --- खडानन्द शर्मा........!

interviewer --- कति सालमा जन्मिनुभाको ...............?

खडानन्द --- खै हजुर , सानैमा जन्मेको म त , त्यत्रो कुरा याद गर्ने कहाँ भाको थिएँ र हजुर म ...............!!!



खडानन्द आफ्नी नव दुलहीका साथ पहिलोपटक  ससुराली गए । बाटोमा पर्ने बजारमा एउटा ब्युटी पार्लर देखियो ।

दुलही --- बिहेमा मलाई सिंगार्ने ब्युटी पार्लर यहि त हो नि ........!

खडानन्द --- ए हो ........?

(खडानन्द भोलिपल्ट चुपचाप ब्युटी पार्लर आए र पार्लर साहुनीलाई एउटा iphone 7 को गिफ्ट प्याक दिएर गए । खडानन्द गइसकेपछि पार्लर साहुनीले प्याक खोलेर हेरिन् , त्यसमा Nokia 1100 थियो र सँगै एउटा सानो पर्ची थियो र पर्चीमा लेखिएको थियो :-

  ''Same feeling here"......)



अविवाहित खडानन्द मन्दिर गए । तर भगवानको सामुन्ने उनको लागि एउटी पत्नी मिलाइदेउ भनेर सिधै भन्न लाज लाग्यो । घुमाइफिराइ कुरो गरे

खडानन्द --- हे भगवान , मैले मेरो लागि केही माग्या छैन प्रभो , बस , मेरी आमाको लागि एउटी सुन्दर र गुणवती बुहारी मिलाइदेउ प्रभो ..................!

भगवानले 'तथास्तु' भने ।

(खडानन्दका भाइको १५ दिनभित्रमा बिहे भयो



खडानन्दकी gf र साथी ।

खडु gf --- बुझिस, मेरो ब्वाइफ्रेण्ड खडानन्दको कसैले कपालको एउटा रौं पनि उखेल्न सक्दैन .......................!

साथी--- हो र ? निक्कै बहादुर छ कि क्या हो .....................?

खडु gf --- होइन, तालुखुइले छ ........................!!!!



खडानन्द औषधि पसलमा गए

खडानन्द--- भाई, मलाई गर्भ निरोधक औषधि दिनुस न .........................!

पसले --- कुन चाहिँ कम्पनीको दिउँ  हजुर.................?

खाडानन्द ---- राम्रै खाले दिनुस न, तपाईंकि बहिनीको इज्जतमा दाग पनि नलागोस र तपाईंलाई मामा बन्नबाट पनि रोकोस ............................!!!!



काठमाडौमा बस्थे खडानन्द । अस्तिका दिन रत्नपार्कतिर यसो टहलिन निस्किएका खडानन्द दिउँसो १:४० बजेतिर कोठामा आइपुगे ।

खडानन्द --- आज कुनचाहिँको भाग्य राम्रैसङ्ग खुल्ने भो ......................!

पत्नी--- कसरी, के भयो र .................

खडानन्द --- माथी छतमा, घाममा तिमिसङ्ग बसेर मजाले खाने भनेर ३० रुपैयाँको बदाम लिएको थिएँ , पोकै छुटेछ बसको सिटमा .......................!!!!



खडानन्द र हरिबोल ।

खडानन्द--- जाडोमा एउटा कुरो चाहिँ निक्कै समस्या नै छ है ...................

हरिबोल--- के समस्या ....................?

खडानन्द --- छायाँमा बस्यो जाडो हुन्छ , घाममा बस्यो, फेसबूक चलाउन मोबाइलको डिस्प्ले नै देखिंदैन.................!!!!



ख्डानन्द र हरिबोल ।

खडानन्द --तँलाई एउटा साँचो घटना सुनाउँछु, सुन्छस ....................

हरिबोल---- सुना न त .......................!

खडानन्द ---- तीन महिना अघिको घटना हो , कुशाहानजिक एउटा २० किलोको बच्चा जन्मियो रे , १० मिनेटपछि त्यो बच्चा उभिएर हिंड्न थाल्यो रे, भोलिपल्टदेखी मज्जाले दौडिन थाल्यो रे, १५ दिन पछि बच्चाको वजन ४० किलो पुग्यो रे ...........................!

हरिबोल--- हैट, हैन होला ....................!

खडानन्द ---- हो हौ , रामभगतको भैंसीले बच्चा जन्माएको रे ........................!!!



खडानन्द  होटलभित्र पसे ।

खडानन्द -- भाइ चारवटा समोसा देउ त ।

भाइ--- खाने कि प्याक गरिदिउँ दाइ ............?

खडानन्द --- अँ , खाने हो , प्याक गर्देउ न .................!!!



खडानन्द र हरिबोल

खडानन्द -- आज बजार गएको, साह्रै उल्लु भएर आइयो यार .....................!

हरिबोल--- कसले बनायो हौ उल्लु ...................?

खडाननन्द---एउटा साइनबोर्डले यार , साइनबोर्डमा लेख्या रैछ, " रु ११००/- मा जिन्दगीभरी बसेर खानुस"

स्वाट्ट  भित्र पसेको, कुर्सी बिक्री गर्ने ठाउँ पो रैछ यार ..........................!!!



खडानन्द र हरिबोल भेटमा ।

हरिबोल --- के गर्दैछस खडु ...............?

खडानन्द --- काम गर्छु हौ एउटा अफिसमा , म भन्दा तल पनि निकै मान्छेहरु काम गर्छन् ................!

हरिबोल --- हैन हौ हाकिम नै भइस कि क्या हो तँ त .................?

खडानन्द --- हैन पिउनको काम गर्छु , मेरो अफिस सातौं तल्लामा छ , मुनि अरु छैठौं तल्ला सम्म पनि अरुअरु अफिसहरु छन्  , मान्छेहरु काम गर्छन् ..............!!!!



खडानन्द र हरिबोल ।

खडानन्द --- मेरी पत्नी साह्रै आज्ञाकारी र बुझ्झकी यार  ...........!

हरिबोल --- हो र .............?

खडानन्द --- अँ , यो जाडोमा चिसो पानीले भाँडाकुँडा माझ्दा मेरो हात फुट्छ भनेर होला , पहिले नै ठुलो भाँडोमा पानी तताएर राख र त्यसैले भाँडाकुँडा माझ है, भन्छिन् यार................!!!



खडानन्द र हरिबोल गफैगफमा ।

खडानन्द --- impossible भन्ने शब्द मेरो dictionary मै छैन ..............?

हरिबोल -- ठूलो Oxford English dictionary किनेर ले न , त्यसमा भेटिन्छ कि ..........!!!



खडानन्द र पत्नी सब्जी बजारमा ।

पत्नी--- ५ किलो हरियो केराउ लिउँ ...............?

खडानन्द --- अँ , लेउ न .............!

पत्नी --- लिउँ  कि नलिउँ ? भनेर सुझाब माग्या हैन मैले , छोडाउन सक्छौ कि सक्दैनौ भनेर सोधेको ..................!!!



खडानन्द र हरिबोल धेरै पछि भेट भए ।

खडानन्द --- तँ आज भेटिन्छस जस्तो चाहिँ लाग्या थ्यो मलाइ .............!

हरिबोल --- हो र ? कसरी ........?

खडानन्द --- राती सपनामा कुकुर देख्या थिएँ हौ मैले ................!!!!



खडानन्द उदास र हतास मुखाकृती बनाएर छुरीलाई पानीमा उमाल्दैथिए । हरिबोल आइपुगे ।

हरिबोल --- किन पानीमा उमालेको यो छुरी ..............?

खडानन्द --- आत्महत्या गर्नलाई यार , साह्रै तनाव भो जिन्दगीमा ....................!

हरिबोल --- अनि उमालीरहनु पर्छ त यसरी ...................?

खडानन्द --- चुप लाग न यार स्टेरिलाइज्ड गर्या नि इन्फेक्शन हुन्छ भनेर ..........................!!!!!



खडानन्द कपडा पसलमा तेश्रो पटक चोरी गरेकोमा पक्राउ परे ।

प्रहरी --- एउटै पसलमा ३/३ पटक किन चोरी गरिस ....................?

खडानन्द --- चोरी त पहिलो पटकमा नै गर्‍या हो हजुर पत्नीले लगाउने कपडा , दोश्रो र तेश्रो पटक त त्यो कपडा ठिक नभएर साट्न गा´को हजुर.............!!!



खडु पत्नीले खडानन्दलाई कल गरिन् ।

पत्नी--- कहाँ छौ तिमी ? अफिसमै हो नि .......................?

खडानन्द--- अनि अफिसमा नभएर कहाँ हुन्छु त म ...? किन यस्तो डराए जस्तो स्वरमा फोन गर्‍या नि ........................?

पत्नी--- केही हैन, हाम्रो घरमा काम गर्ने केटी कसैसङ्ग भागिछे ...........................!!!!



खडानन्द र हरिबोलको गफगाफ ।

खडानन्द --- मान्छेको सोच भनेको जहिले पनि उच्च हुनु पर्छ हरे ......................!

हरिबोल--- हो त यार .....................!

खडानन्द ---- त्यही भएर म जहिले पनि केही सोच्नु पर्दा घरको छतमा एनसेलको टावर राख्या छ , हो त्यो टावरको पनि टुप्पामा चढेर सोच्ने गर्छु ............................!!!!



खडानन्द सुटबुट लगाएर तम्तयार भएर बस्या थिए । हरिबोल आइपुगे ।

हरिबोल--- हैन हौ, यो तयारी कहाँको लागि हो .....................?

खडानन्द--- भूषण दाहलले अघि कान्तिपुर TV मा "तपाइँ तम्तयार रहनुस, म तपाइँलाई हङ्कङको सयर गराउने छु" भन्या थिए, त्यसैले........................!!!!



स्वामी खडानन्दको प्रवचन ।

खडानन्द --- पहिले पहिले छोड्नैपर्ने कुराहरु छ वटा थिए,  काम , क्रोध , लोभ, मोह , ईर्ष्या , अहंकार ,

अब अहिले त झन आठवटा कुरा छोड्नु पर्ने भाको छ भक्तजन .....................!

भक्त--- दुइटा कुरा के के थपिए त बाबा ................?

खडानन्द--- फेसबूक र ट्वीटर ......................!!!



खडानन्दको फर्सी जस्तो छोरो र खडानन्द ।

छोरो--- बुबा, म दाइजो नलिइकन बिहे गर्छु , म एउटा उदाहरण बनेर देखाउँछु यो समाजलाई ......................!

खडानन्द--- दाइजोको कुरा छोड्दे छोरो, पहिले यो भन्, तँलाई छोरी चाहिँ कसले दिन्छ .........................?????



खडनन्द मत हालेर बाहिर निस्किए ।

हरिबोल--- भोट हालेको खडे ............?

खडानन्द---- अँ, हालेको ..........!

हरिबोल ---- के मा हालेको ..........?

खडानन्द ---- बाकसमा ..........!

हरिबोल---- कुन पार्टीलाई ? भनेको गधा ....!

खडानन्द --- अघि राती खाएको जाँड पार्टीलाई............!!!



खडानन्दको सानो छोरो रोइरहेको थियो ।

खडु पत्नी--- किन रोएको छोरो ..............?

छोरो--- बाबाले मलाई किस गर्नुभएन ........!

खडु पत्नी--- तैंले १ देखि १०० सम्मको गिन्ती सुनाइनस् होला अनि ....................!

छोरो--- के त्यसो भए पल्लो घरको पार्वती आन्टीले चाहिँ सुनाउनुभाको थ्यो र .......................?????



खडानन्दको घर राजमार्गको छेउमा थियो । राजमार्गको छेउमा ट्रक रोकिराखेको देखे भने खडानन्द साह्रै अत्तालिन्थे , डराएको मुख बनाउँथे ।

हरिबोल-- ट्रक देखेर किन यत्ती साह्रो अत्ताल्लिएको तँ .........................?

खडानन्द -- मेरी पहिलेकी पत्नीलाई यस्तै ट्रकको ड्राइवरले अपहरण गरेर लग्या थ्यो , कहिँ फिर्ता ल्याइदिने हो कि भनेर डर लाग्छ नि ..........................!!!!!


खडानन्दका चुट्किलाहरु - जीवन भट्टराई
यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url