चर्चित सामाजिक सन्जाल फेसबुकको नामा अब परिवर्तन हुने

 चर्चित सामाजिक सन्जाल फेसबुकको नामा अब परिवर्तन हुने


केही समयअघि फेसबुकले नाम बदल्नेबारे सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चा चलेकाे थियो। फेसबुकले आफ्नो वार्षिक सम्मेलनमा कम्पनीको नाम परिवर्तन गर्ने भन्ने खबरहरु पनि आइरहेका थिए। सामाजिक सञ्जालमा भएको यस्तो बहसलाई फेसबुकले भने सहि नभएको बताएको थियो। तर, बहस चलेको ९ दिनपछि त्यो सहि सावित भएको छ। सामाजिक सञ्जाल कम्पनी फेसबुक अब ‘मेटा’ नाम बाट चिनिने भएको छ। 

कम्पनीले नाम परिवर्तन गरेपछि फेसबुक अकाउन्टमा कस्तो असर पर्छ? फेसबुकको हिस्साका रुपमा रहेका इन्स्टाग्राम र ह्वाट्स्एपमा यसको के असर पर्छ? के मेटाका लागि प्रयोगकर्ताहरुले छुट्टै अकाउन्ट बनाउनुपर्छ? यस्ता तमाम प्रश्नहरुको जवाफ दिने प्रयास हामीले गरेका छौँ। 

सबैभन्दा पहिले फेसबुकको नाम किन बदलियो र यसको असर कस्तो हुन्छ भन्ने बारे चर्चा गरौँ। फेसबुक एउटा यस्तो कम्पनी हो जुन इन्स्टाग्राम, ह्वाटसएपजस्ता कयौँ कम्पनीहरुको अभिभावक (प्यारेन्ट) कम्पनी हो। त्यसैले सिइयो मार्क जुकरबर्गले साना–ठूला सबै प्ल्याटफर्महरुलाई एउटै कम्पनीको मातहतमा ल्याउन चाहन्थे। त्यसैका लागि उनले ‘मेटाभर्स’ तयार गरेका हुन्। मेटावर्स अब ९३ कम्पनीको प्यारेन्ट कम्पनी बनेको छ। प्रविधीको सुरुवात आफूहरुले गरेकाले प्रविधिको प्रतिस्पर्धामा आफूहरु पछि हट्न नहुने जुकरवर्गको बुझाइ छ। यही कारणले मेटाभर्सको तयारी गरिएको थियो। पछिल्ला केही महिनादेखि फेसबुक कुनै न कुनै रुपमा विवादमा पर्ने गरेको छ। फेसबुकका पूर्व कर्मचारीहरुले कम्पनीको नीतिलाई लिएर गम्भीर खुलासाहरु गरेका छन्। कयौँ मिडिया कम्पनीहरुले फेसबुकलाई ‘फेकबुक’को संज्ञासमेत दिएका छन्। यस्तो अवस्थामा नाम परिवर्तन गरेपछि कम्पनीको नकारात्मक प्रचार कम भएर जाने बताइएको छ। मेटावर्समा फेसबुकले मात्र नभएर माइक्रोसफ्ट जस्ता ठूला कम्पनीहरुले पनि लगानी गरीरहेका छन्। 

मेटाभर्स के हो र फेसबुकले यही नाम किन रोज्यो?

भर्चुअल रियालीटिको विकसित  रुपलाई मेटाभर्स भनिन्छ। सामान्य रुपमा भन्नुपर्दा मेटाभर्स एक महशुस गर्न सकिने दुनियाँ हाे। यो प्रविधिको प्रयोग गरेर भर्चुअल पहिचानसहित डिजिटल संसारमा प्रवेश गर्न सकिन्छ। याे एउटा यस्ताे समानान्तर संसार हाे जहाँ तपाईँको अलग पहिचान हुन्छ। त्यस समानान्तर संसारमा घुमफिर गर्ने, सामान किन्नेदेखि लिएर आफ्ना साथी तथा आफन्तसँग भेट गर्न पनि  सकिन्छ। भविष्यमा यस प्रविधिको अझ उन्नत भर्सनमा वस्तुहरुलाई छुन तथा गन्ध पनि लिन सकिन्छ। साइन्स फिक्सनका लेखक नील स्टीफेन्सनले सन् १९९२ मा आफ्नो उपन्यास ‘स्नो क्रयास’ मा सबैभन्दा पहिले मेटाभर्स शब्दको प्रयोग गरेका थिए। 

तपाईँका लागि केही पनि परिवर्तन हुँदैन

मेटाभर्स नाम हुनाले तपाईँको लागि केही पनि परिवर्तन हुने छैन। यसले तपाईँको फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्राम अकाउन्टमा कुनैपनि असर गर्देन। आ–आफ्नो लग इन आइडी तथा पासवर्डले यी सबै सामाजिक सञ्जाल पहिलेकै जसरी प्रयोग गर्न सकिन्छ। आगामी दिनमा कम्पनीले फेसबुक, ह्वाट्सएप, इन्सटाग्राम जस्ता एपहरु मेटाभर्ससँग जोड्ने सम्भावना पनि रहेको छ। अथवा, एउटै लग इन तथा पासवर्डले प्रयोगकर्ताले सबै एपको प्रयोग गर्न सक्नेछन्। यसले जुन प्रयोगकर्ताले यी एपहरुमध्य कुनै एप कयौँ दिनसम्म नखोलेपनि सो एप सधैँ खुला रहने हुनाले कम्पनीलाई बढी फाइदा हुनेछ। 

फेसबुकले कम्पनीको नाम परिवर्तन गरेर मेटाभर्स राखे पनि नयाँ कम्पनीको संरचना पुरानोको जस्तै हुने कि नहुने भन्ने बारे भने जानकारी दिइएको छैन। नयाँ कम्पनीले केवल आफ्नो नाम र अनुहार मात्र परिवर्तन गरेको हो कि व्यवसायको मोडलमा नै परिवर्तन गरेको हो? प्रश्न अनुत्तरित नै छ।

Previous Post Next Post