आशल केटी बन्न सुधार गर्नुपर्ने महत्वपुर्ण ५ बानि ब्यबहारहरु

 

आशल केटी बन्न सुधार गर्नुपर्ने महत्वपुर्ण ५ बानि ब्यबहारहरु

सामान्यतया छोरी मान्छेहरु सबैकुरा पर्फेक्ट चाहान्छन। अनि धेरैजना केटी मान्छेहरु आफ्नो पार्टनर माथि रोकछेक गर्न अनि आफ्नो हैकम जमाउन पाउँदा पनि खुशी हुन्छन। यसरि यदि तपाइंलाई पनि हरेक कुरामा आँफुलाई जिताउने अनि माथि राख्ने बानि छ भने त्यसलाई सुधार गरि हाल्नुहोस नत्र तपाइंको पार्टनरले तपाइँ संग दुरी बढाउन समय लाग्दैन। केहि केटि मान्छेका खराब बानीहरु हुन्छन्, जुन केटा मान्छेलाई पटक्कै मन पर्दैनन्। आउनुहोस त्यस्ता बानिहरुको बारेमा जान्नुहोस।

नखरा देखाउनु

यदि तपाईं पनि बिना मतलबमा आफ्नो पार्टनर माथि  अहमता देखाउनु हुन्छ भने त्यसलाई सुधार गरि हाल्नुहोस। छोरा मान्छेलाई बिना सित्तिमा नखरा देखाउने केटि मान्छे बिल्कुल मन पर्दैन। यदि तपाईंको प्रेमी तपाइंलाई कतै घुन जान या अन्य केहि कुराको लागि आग्रह गर्छ भने उसलाई चित्तबुझ्दो उत्तर दिनुहोस् न कि सन्किएर “जान्न म त, तिमि मात्र जाउ” जस्तो रुखो उत्तर नदिनुहोस।

देखावटी गर्नु

केटा मान्छेलाई यस्ता केटि मन पर्दैनन् जो आफ्नो नाम, पैसा, धनि नातेदार, ठुलो परिवार, बिदेशमा रहेका दाजुभाई आदिको बारेमा प्रदर्शन गर्न रुचाउछन् । केटा मान्छेलाई सरल केटीहरु मन पर्छन्। आफु संग भएका कुराहरुको बढाई चढाई गरेर उसलाई सुनाउनेले उसलाई ग्लानि हुनसक्छ। धन सम्पति, रुप, तागत आदिको धाक लगाउने बानि केटा मान्छेहरुलाई मन पर्दैन। यदि तपाईंमा पनि यस्ता बानि छन भने सुधार गरिहाल्नुहोस। यसले तपाइंलाई असल जीवन साथि पाउन मद्दत गर्छ।

कुरौटे बानि

केहि केटीहरु अरुको जिन्दगीको बारेमा कुरा गर्न माहिर हुन्छन्। उनीहरु सानातिना कुराहरुलाई पनि तन्काएर ठुलो बनाउन र अरुलाई सुनाउन सिपालु हुन्छन।  यस्ता केटीहरु संग केटा मान्छेहरु सम्बन्ध गाँस्न मन पराउदैनन। आफ्नो साथि, परिवारका सदस्यहरुको व्यक्तिगत जीवनको बारेमा चर्चापरिचर्चा गरि रहने बानि केटा मान्छेलाई मन पदैन। यस्ता केटीहरुले भविष्यमा पनि आफ्नो परिवार र जीवन साथीका कुराहरु अरु संग गर्न सक्छन अनि सम्बन्ध नै धरापमा पर्न सक्छ। कुरौटे बानीले आफ्नो सम्बन्ध मात्र हैन अरुको जिन्दगि अनि परिवार पनि बिगार्न सक्छ । यस्ता बानि भएका मान्छे संग जोकोही पनि टाढा रहन खोज्छ। अझ जीवन साथि छान्दै गरेको केटाले त यस्ती केटि मन पराउने कुरै भएन।

रुन्चे बानि

केहि केटिहरु यस्ता  हुन्छन जो आफ्नै बारेमा मात्र सोचिरहन्छन्। उनीहरुलाइ आफ्नै समस्या मात्र ठुलो लाग्छ। त्यस्तै साना साना कुराहरुमा नै रुन थालि हाल्छन। यस्तो बानि भएका केटिहरुलाई केटा मान्छे आफ्नो जीवन साथि बनाउन चाहदैनन्। आफ्नो जीवन साथि भावनात्मक रुपमा सवल होस् भनेर कसले चाहदैन र ? यस्तो अवस्थामा जुनसुकै कुरामा पनि रुन थालि हाल्ने केटिलाइ जीवन साथि बनाएर आफ्नो लागि भार थप्न कुनै केटा मान्छे चाहदैनन्। जस्तो कि केहीबेर टाढा हुँदैमा रुन थाल्ने, कसैले सानो कुरा केहि बोलिदियो कि रुन थाल्ने, यस्ता बानीले सम्बन्ध कहिल्यै दह्रो हुन सक्दैन। यसले एकअर्काको लागि समस्या मात्र थप्ने काम गर्छ । त्यसैले यदि तपाईं पनि रुन्चे स्वाभावको हुनुहुन्छ भने त्यसलाई सुधार गरिहाल्नुहोस। यस्तो स्वाभाव भएकी केटिलाइ केटाहरु मन पराउदैनन।

दिक्क लाग्ने गरी प्रश्न सोध्नु

केहि केटीहरु हुन्छन जो आफ्नो ड्रेस, मेकअप जस्ता सानातिना कुराहरुको बारेमा पनि हरेकपल प्रश्न गरि रहन्छन्। जस्तो कि, पार्टनर कुनै कुरामा ब्यस्त भएको बेला पनि, मा कस्ती देखिएकी छु? मेरो लागि के ल्याइदिने? तपाइँ कि बहिनीले मेरो बारेमा के भन्छे? यस्ता कुराहरुले आफ्नो पार्टनरलाइ दिक्क लगाउन सक्छ। यस्ता कुरा गर्ने हुदैन भन्ने हुदैन। तर हरेक कुराको लागि उपयुक्त समय हुने गर्छ। त्यस्तो समयको बिचार गर्नुपर्छ, न कि  जुनसुकै बेला पनि त्यस्ता सानातिना प्रश्न गरि रहने। यदि तपाइंको पनि यसरि बारबार सानासाना कुरामा प्रश्न गर्ने बानि छ भने सुधार गर्नुहोस, किनकि केटा मान्छेलाई यस्ता बानि भएकी केटि मन पर्दैन।


यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url