टोमेटो सास/केचप, यस्ता छन् हानीहरु यसैले यी ४ कुराहरु याद गर्नै पर्छ

टोमेटो सास/केचप किन हानिकारक ?

सास/केचप, धेरैजसो परिकारमा स्वाद बढाउन प्रयोग गरिन्छ । तर, केचप प्रयोग गरिरहँदा जो कोहिको मनमा उठ्न सक्छ, ‘यो खानु ठीक कि बेठीक ?’

टोस्ट, बर्गर, सलाद, ब्रेड,फ्रेन्च फ्राइ सबैमा केचप अनिवार्य जस्तै हुन्छ । केचप बिना यी खानेकुरा स्वादिलो लाग्दैन । धेरैले भन्छन्, केचप फाइदाजक हुन्छ । केचपमा गोलभेंडाको अधिक प्रयोग हुन्छ । त्यही कारण हामीलाई लाग्छ, गोलभेंडाबाट तयार भएकाले केचप खान ठीक हुन्छ । तर, अधिक मात्रामा केचप सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ, खासगरी बच्चाका लागि । भनिन्छ, लामो समयसम्म केचप प्रयोग गर्दा त्यसले स्वास्थ्यमा निकै गंभिर समस्या निम्त्याउँछ । कसरी ?

चिनीको मात्रा :

सास/केचपमा २५ प्रतिशत चिनी हुन्छ । केचअपको स्वाद त मीठो हुन्छ तर, त्यसमा चिनीको मात्रा धेरै हुन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा बढ्छ । किनभने अन्य स्रोतबाट पनि हामी चिनी प्राप्त गरिरहेका हुन्छौ । त्यसैले कमर्शियल केचअप एकदमै कम मात्रामा सेवन गुर्नपर्छ । चिनी शारिरिक समस्या ल्याउनमा धेरै जिम्मेवार भएको अध्ययनहरुले देखाएका छन् ।

बच्चामा केचपको लत :

अक्सर बच्चा केच पभनेपछि हुरुक्कै हुन्छन् । उनीहरुमा केचपको लत नै लाग्छ । यसरी बच्चाको जिब्रोमा केचपको स्वाद बसेपछि त्यो छुटाउन गाह्रो हुन्छ । जबकी यसलाई नियन्त्रित मात्रामा सेवन गराइएन भने स्वास्थ्यमा हानी गर्छ । यसैले कहिलै पनि बच्चाहरुलाई केचपको लत बसाउने काम नगर्नुहोस् । त्यस्तै आवश्यकता भन्दा बढि केचप प्रयोग गर्नु हुदैन भन्ने कुरा आफु पनि सम्झिनुहोस् र बच्चाहरुलाई पनि सम्झाउनु होला । यसो गर्दा केचपबाट हुने हानी कम हुन्छ ।

सोडियमको मात्रा :

केचपमा सोडियमको मात्रा एकदमै बढी हुन्छ । हामीलाई अन्य स्रोतबाट पनि सोडियम प्राप्त भइरहेको हुन्छ । केचअपले अतिरिक्त सोडियमको मात्रा बढाउँछ । यसले गर्दा हाम्रो शरिरमा हुने सोडियमको मात्रालाई फरक पार्दछ । यसैले केचपको मात्रा घटाएर हामी आफ्नो शरिरमा हुने कुनै पनि हानी कम हुन्छ जसको कारण सोडियमको मात्रा बढि भएर हुने गर्दछ ।

मोटोपन बढाउँछ :

सास/केचप, फ्रुक्टोस कर्न सिरपको मात्रा बढी हुन्छ । यसले मोटोपन र मधुमेहको खतरा निम्त्याउँछ । हामी सबैलाई थाहा भएकै कुरा हो कि मोटोपनले हाम्रो शरिरमा के कस्तो अफ्ठ्यारो बनाउँछ । यसैले मोटोपन कम गर्न पनि आवश्यक हुन्छ । यस्तोमा मोटोपन बढाउने कारणका रुपमा हुने केचपको खपत सके सम्म कम गरेको नै राम्रो हुन्छ ।

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url